‘सलहेस : द पिपुल्स हिरो’

‘सलहेस : द पिपुल्स हिरो’


सलहेस द पिपुल्स हिरो

१५ सय वर्षअघिको ऐतिहासिक कथामाथि फिल्म बन्ने भएको छ । मिथिलाका राजा सलहेसको गाथामाथि ‘सलहेस : द पिपुल्स हिरो’ नामक आवधिक फिल्म निर्माण हुने भएको हो । भोर कम्पनी प्रालिको प्रस्तुतिमा बन्ने यो फिल्मका प्रमुख पात्र सलहेस मिथिलामा राजा जनकपछिको प्रादुर्भाव भएको व्यक्तित्व मानिन्छन् । उनलाई तराईको दुसाध समुदायले अहिले पनि भगवानका रूपमा पूजा गर्ने गर्छन् । ‘लामो समयको रिसर्च पछि हामी फिल्म बनाउने निष्कर्षमा पुगेका हौं,’ फिल्मका निर्माता समेत रहेका रिसर्चर राजकुमार महतोले बताए । फिल्मलाई अमितेश साहले निर्देशन गर्ने भएका छन् । भारतको दिल्लीस्थित एशियन एकेडेमी अफ फिल्म एण्ड टेलिभिजनबाट फिल्म मेकिङ पढेका अमितेश सन् २००० देखि अडियो–भिज्युअल मिडियामा कार्यरत छन् । ६० भन्दा बढी नाटकको निर्देशन गरिसकेका अमितेशले सर्ट फिल्म ‘कमला’ बनाइसकेका छन् । उक्त फिल्मले अन्तराष्ट्रिय फिल्म महोत्सवहरुमा अवार्ड समेत जितेको छ ।