सभ्य मुलुकका महिलाको यस्तो हाल

सभ्य मुलुकका महिलाको यस्तो हाल


Harassment

हालै बेलायतमा गरिएको एक सर्भेले पचास प्रतिशतभन्दा ज्यादा कामकाजी महिला आफ्नो कार्यस्थल या कार्यालयमा यौन दुव्र्यवहारको सिकार हुने गरेको देखाएको छ । विभिन्न उमेर समूहका पन्ध्र सय महिलामाथि गरिएको सर्भेका क्रममा ५२ प्रतिशत महिलाले आफू कार्यस्थलमा यौन दुव्र्यवहारको सिकार हुने गरेको बताए । कुन प्रकारले यौनहिंसाको सिकार हुनुपरेको छ त भन्ने सवालमा पचास प्रतिशतको उस्तैखाले प्रतिक्रिया थियो कि सहकर्मी पुरुषहरू कुनै अर्को महिलाको यौन–प्रकृति या प्रवृत्तिबारेका कुरा अश्लील ढङ्गले सुनाएर सहकर्मी महिलामाथि यौन हिंसा थोपर्दारहेछन् । खासगरी १८ देखि २४ वर्ष उमेर समूहका युवतीले यस्तो दुव्र्यवहारको सिकार हुनुपरेको अनुसन्धानले देखाएको छ । यसरी यौन दुव्र्यवहार झेल्नेमध्ये ३५ प्रतिशत महिलाले कुनै प्रतिरोध नगर्ने गरेको बताए । यस्तो किन त भन्ने अनुसन्धानकर्ताको सवालमा उनीहरूको जवाफ छ, ‘बलात्कार या गम्भीर प्रकारको आक्रमण नभएसम्म हल्काफुल्का छेडखानीलाई सामान्य रूपमा लिएर पचाइदिनु नै उपयुक्त हुन्छ †’ यौन दुव्र्यवहार गर्नेहरूबारे आफ्ना बोस या माथिल्लो तहमा सिकायत गरिँदैन त भनी प्रश्न गर्दा ६३ प्रतिशत महिलाको जवाफ थियो, ‘माथिल्लो तहमा कम्प्लेन गर्नु भनेको कामबाट हात धुनुपर्ने अवस्था निम्तनु या भविष्यमा पनि आफैँमाथि खतरा निम्त्याइनु मात्र हो । जीवनको यो एउटा हिस्सा नै हो भन्ने ठानेर सकभर चुप बस्नु नै उपयुक्त हुन्छ ।’