सबुको सपना पूरा गर्दै ‘लाहुरे माया’

सबुको सपना पूरा गर्दै ‘लाहुरे माया’


Sabu Rai (1)

गीत–सङ्गीतप्रति सानै उमेरदेखि हुरुक्कै हुने सबु चाम्लिङ राईको सपना ‘लाहुरे माया’ले पूरा गर्ने भएको छ । दर्शक श्रोतामाझ गीति एलबम ‘लाहुरे माया’ प्रस्तुत गर्ने अन्तिम तयारीमा रहेकी सबुको सपना उक्त एलबम सार्वजनिक भएसँगै पूरा हुने भएको हो । मनकुमारी र राजविक्रम राईको कोखबाट खोटाङमा जन्मिएकी उनी काठमाडौंलाई कर्मथलो बनाउँदै गीत–सङ्गीतमा होमिएकी छिन् ।

‘लाहुरे माया’मा शब्द–सङ्गीत गायिका सबु स्वयम्को रहेको छ । एल्बममा जम्मा ६ वटा गीत रहेका छन् । ‘पारिवारिक जमघट लाहुरे भएकाले सबै गीतहरू लाहुरेकै जीवनमा आधारित रहेका छन्,’ उनले भनिन् । एल्बममा रहेका सबै गीतको भिडियो बनाउने तयारी भइरहेको जानकारी पनि उनले दिइन् ।
खोटाङको दिक्तेल बजारमा रहेको ‘रूपाकोट सामुदायिक रेडियो’मा ३ वर्ष र मेघा टेलिभिजन काठमाडौंमा समेत काम गरिसकेकी उनको अर्को परिचय सञ्चारकर्मी पनि हो । पछिल्लो समय भने उनी गीत–सङ्गीतसँगै डिजाइनमा व्यस्त रहेकी छिन् ।