वैदिक साम्यवादको शक्ति

वैदिक साम्यवादको शक्ति


हाम्रो वैदिक साम्यवादमा आत्मा–परमात्मा जीवात्मा यो चौरासी लाख योनीमा भौतिक देहधारी रूपहरू आउँछन् । यिनका रूप अनेक छन्, गुण अनेक छन् भने अनुभूति एक छन् । यीमध्ये सबैभन्दा सचेत दानव (राक्षस) र देवता रहन पुगे । दानव पक्ष भनेको आसुरी र देवपक्ष भनेको सात्विक पक्ष हो । यसको समत्व शिव साम्यवाद हो ।

शिवको अर्थ कल्याण हो । शिव र शुभ एउटै विषय हो । यो विषयको प्रथम सुरुवात ‘आचार्य प्रथमो धर्म, आचारहिनम् वेदह’ आचारसंहिताअन्तर्गत विशिष्ट देवता हुन सक्ने मानव स्वरूपमा सम्पूर्ण चौरासी लाख योनीलाई नै सतचित आनन्दले बाँच र बाँच्न देऊ बचाऊ भन्ने दर्शनलाई नै वैदिक साम्यवाद भनिएको हो । यो मूल दर्शन वेदको मूल मान्यता हो ।

वैदिक साम्यवाद ‘सर्वे भवन्तु सुखिनः सर्वेसन्तु निरामया । सर्वे भद्राणी पश्यन्तु मा कश्चिद् दुःखभाग्जन । कर्मण्डे वाधिकारश्ते माफलेशुकदाचन’ कर्मनिष्ठ वैदिक साम्यवाद हो । यसलाई नै इसाईहरूबाट पीडित आत्माको रोदनमा तमोगुणको आश्रय लिएर कार्लमाक्र्स र एंगेल्सबाट क्रिश्चियनहरूको क्रुसेड अपराधको प्रतिरोध वर्गसङ्घर्षको मार्गमा लगेर ‘धर्म अफिम’ नारामा कम्युनिस्ट घोषणापत्रमार्फत साम्यवादको नारा दिए ।

युरोपको परिवेशमा मान्छेको रगत खाने इसाई संस्कारबाट ग्रस्त माक्र्सले वैदिकधार पक्रन नसक्नु अस्वाभाविक होइन । माक्र्सको साम्यवाद अपूर्ण, अपाङ्ग बच्चा हो भने वैदिक साम्यवाद नै मानवधर्म हो । अहिलेका धर्मनिरपेक्षतावादी (नास्तिक) हरू पश्चिमा क्रिश्चियन सांस्कृतिक साम्राज्यवादका अपाङ्ग बच्चाहरू हुन् । यिनको जीवनको सार्थकता समाप्त भइसकेको छ ।

योगी नरहरिनाथको अनुयायीको तर्फबाट भन्नुपर्दा अर्जुन ज्ञवाली र पेसलकुमार निरौलाले लेखन, सङ्कलन र सम्पादन गरेर वैदिक साम्यवादी धारालाई बहसमा ल्याउने कार्यले साम्यवादको नारामा इसाईको झोला बोक्न भ्रमवश लागेकाहरूलाई सत्मार्गमा ल्याउन मद्दत गर्नेछ । ज्ञवाली र निरौलाजीको वैचारिक सङ्घर्ष कुनै योद्धा लडाइँको भन्दा कम छैन । उहाँको यो निरन्तरता र लेखन आगामी दिनमा पनि चलिरहोस् ।

साङ्गठनिक रूपमा यो कृतिले इन्टरनेसनल (क्रिश्चियन) सोसलिस्ट फ्रायडवादी बीपी, काङ्ग्रेस, साम्यवादी नारा दिने माले, मसाल, माओवादी र धर्मको आवरणको मण्डलेमा तात्विक भिन्नता छैन भन्ने पुष्टि गरेको छ । उदारवाद, पुँजीवादलाई वैदिक साम्यवादले खारेज गर्दछ । माक्र्सले पक्रेको अर्थनीति वैदिक साम्यवादकै अनुशरण हो । विभिन्न सम्प्रदायका नाममा शिवत्वमाथि आक्रमण गर्ने स्कोन, साइबाबा, राधेराधे, हरेराम हरेकृष्ण, सन्तकविर, वहाइ आवरणमा (म्लेच्छ) का एजेन्टहरूको गतिविधि हाम्रो संस्कृति विरुद्धका गतिविधि हुन् ।

– योगी बलभद्रनाथ