वीपी कोइराला र राष्ट्रवाद

वीपी कोइराला र राष्ट्रवाद


ratnanidhi-regmi

– ज्यो. रत्ननिधि रेग्मी ‘शुक्राचार्य’

बेलायत वा जापानमा राजा राखेर अन्धविश्वास बढेको त पक्कै पनि छैन । विज्ञान र आधुनिकताको विकास भएकै छ । विपीले राजासित मिलेर तर मारेका भए ९ वर्ष काराबास किन बस्नुपथ्र्यो ? मण्डले र गुण्डाको आक्रमण किन सहनु पथ्र्यो ? जहाँसम्म विपीले राम्रो काम गर्न सक्नुभएन भनियो, मात्रै १८ महिना १७ दिनको छोटो कार्यकालमा के गर्न सकिन्थ्यो र ? तैपनि विपीले राखिदिएको जग आजसम्म पनि परम्परागत रूपमा झाँगिँदै आएको छ । विपीले प्रस्तुत गर्नुभएको ०१६ को कायापलट गर्ने बजेटलाई राजा महेन्द्रले लालमोहर लगाइदिएको भए नेपाल आज सम्पन्न र समृद्ध राष्ट्र बन्ने पक्कै थियो । तर आम नेपालीलाई समृद्ध बनाउने अपराधमा विपीमाथि राजतन्त्रले कठोर डण्डा बर्सायो ।

गत असोज ८ गते शनिबार ३ नं. क्षेत्रका सांसद् श्री रामेश्वर फुयाँलको घर आलापोटमा घुम्ती कवि गोष्ठीको आयोजना गरिएको थियो । सो दिन हामी यताबाट झण्डै ६० जना आलापोट जाने क्रममा जोरपाटी चोकबाट गाडी चढ्यौं । यो ठाउँ गोकर्णेश्वर र सुन्दरीजल हुँदै पनि जान सकिन्छ भने हामीचाहिँ दक्षिणढोका, थली, डाँछीको बाटो गरेर पुग्यौं । गोष्ठीमा कम वरिष्ठ र कनिष्ठ कविहरू ज्यादा थिए । जे भए पनि उत्साही युवाहरूको जमात उल्लेख्य थियो । त्यस दिन बिग्रेका बाटो र नेपालको प्रशासनिक काम गराईको प्रसंगसँगै राजनीतिक नेतृत्वका कमी कमजोरीमाथि पनि टिप्पणी भए ।

आलापोट काठमाडौं खाल्डोभित्रै पर्छ । साँखु, आलापोट र सुन्दरीजल लहरै बसेका छन् । प्राकृतिक दृष्टिले यी ठाउँहरू मनमोहक पनि छन् । सुन्दरीजलको बन्दी गृहमा जननेता विश्वेश्वरप्रसाद कोइरालाले करिब ९ वर्ष बन्दी जीवन बिताउनुभएको थियो । यसकारण पनि सो दिन विपीको प्रसंग उठ्नु स्वाभाविकै थियो । तैपनि यताबाट जानेहरूमा कमैबाहेक अधिकांश वामसमर्थक कविहरू ज्यादा भएकाले विपीमाथि बढी नै आलोचना भएजस्तो लाग्यो । विपीमाथि भएको प्रहारको खण्डन गर्ने ममात्रै हुँदा मेरा प्रतिवादले प्रश्रय पाउने कुरै भएन । केहीले इतिहास बंग्याएको र आगामी पुस्ताका लागि अन्योल खडा भएको प्रसंग प्रस्तुत गर्दा नेपाली लेखक भनाउँदाहरू पुस्तक पढ्दा रहेनछन् जस्तो मलाई अनुभूति भयो ।

विपी कोइराला नेपाली राजनीतिमा सबैभन्दा बढी चर्चित राजनेता हुन् । कांग्रेसको स्थापनासँगै उहाँको चर्चा विशेष रूपमा हुने गरेको थियो र मृत्युपछि पनि उहाँ नै चर्चाको शिखरमा रहनु भयो । प्रायः विपीको चर्चा भइ नै रहन्छ । यस्ता व्यक्तित्वबारे त्यत्रा लेखक भनाउँदा अनविज्ञ रहनु लेखक तथा कविको मर्यादा के नै रह्यो र ? वामपन्थी समूहमा रहँदा म पनि विपीको आलोचक थिएँ, जब म त्यो दासताको चंगुलबाट बाहिर निस्केर स्वतन्त्र भएँ, तब मैले सबै विचारलाई पढ्ने मौका पाएँ । विपीप्रति मैले पनि अन्याय गरेको गरेको रहेँछु भन्ने आज लाग्दैछ । त्यतिबेला अहिलेजस्तो खुला समाज नहुनु र शाही सत्ताले विपीमाथि एकोहोरो आक्षेप मात्र लगाउने र त्यस्ता सामग्रीलाई मात्र प्रोत्साहन गर्ने भएकाले पनि ममा सहज कमजोरी प्रदर्शित भएका हुन् भन्ने आज मलाई लाग्छ । शायद कीर्तिनिधि बिष्टसित घनिष्ठता नभएको भए म पनि विपीबारे कुहिराको कागकै हालतमा रहन्थें हुँला ।

बिष्टको भनाइमा त विपीबाहेक नेपालमा अर्को राजनेता नै छैन । त्यस्तो दूरदर्शी नेता नेपालले पाउनु यसै अहोभाग्य त छँदैथियो तर कुनियतिको चक्रमा त्यो उर्वरता गुमाउनु हामी अभागी नेपालीहरूका लागि महादुर्भाग्य पनि थियो । त्यो दुर्भाग्यको समर्थन गर्ने पनि देशमा थुप्रै रहेछन् भन्ने मलाई लागिरह्यो । केहीले त विपीलाई देश बेचुवासम्मको आक्षेप लगाए । मैले मनमनै सोचेँ, विपीले नेपाल कसलाई बेचेछन् र कसले फेरि उकासेछन् ? मन परेन भन्दैमा कसैलाई देश बेचेको आक्षेप लगाउन पाइन्छ ? फेरि यिनका माउ नेता स्व. मदन भण्डारीले एक प्रश्नको उत्तरमा मन पर्ने नेतामा विपी कोइराला हुन् भन्नुभएको छ, तर श्री भण्डारीले त मन पर्ने नेतामा पुष्पलाल श्रेष्ठ किन भन्नु भएन ? विपीले देश बेचेको भए भण्डारीजस्तो राष्ट्रादी (?) नेताले किन विपीकै समर्थन गर्नुभएको होला ? अनि प्रचण्डजस्ता १० वर्ष युद्ध लडेका र बाबुरामजस्ता पिएच डीधारी नेताले पनि किन बारम्बार विपीकै नाम लिएका होलान् ? यस्ता प्रश्नहरू मेरा मनमा नउठेका होइनन् । फेरि केहीले राजा महेन्द्र नभएको भए नेपालको अस्तित्व नै रहने थिएन । महेन्द्र राजा हुन्, श्रीपेचका कारण देशप्रति समर्पित रहनु उनको कर्तव्य नै हो । तर राष्ट्रवादको हिसाबले विपीसित राजा महेन्द्रको कहिल्यै तुलना हुनसक्ला ? कहाँ हरेक नेपालीलाई सम्पन्न बनाउने ईच्छा राख्ने विपी, कहाँ जनतालाई गरिब बनाएर आपूm मोज गर्ने राजा ? कहाँ राणा शासनबाट राजा र प्रजा मुक्त गर्ने विपी कोइराला, कहाँ आम नेपालीलाई बन्दी बनाएर राज्यको सुखभोग गर्ने राजा ? भनौं भने विपी र नेपाली कांग्रेस नभएको भए नेपालीहरू आजसम्म पनि दासप्रथाबाट मुक्त हुन सक्थे कि सत्तैmनथे ? आजसम्म पनि यसको उत्तर पाउन सकिँदैन ।

mahendra-bp

जहाँसम्म कोशी सम्झौतालाई देश बेचेको भनिन्छ भने त्यस मामिलामा राजा महेन्द्रलाई पनि भनिनुपथ्र्यो । त्यस्ता आक्षेपको खेती गर्नेले कोशीको पुलमा गएर हेरे हुन्छ । त्यहाँ लेखिएको छ श्री ५ महेन्द्रका बाहुलीबाट यस पुलको समुद्घाटन भयो । त्यो पुल कोशी सम्झौताको एक हिस्सा थियो । बाँकी विपी सरकारले भारतसित गरेको सन्धि चतरा नहर हो, जो सत्रसालपछि राष्ट्रवादी राजाका कारण भारतको बोर्डरतिर बन्यो । यदि त्यो बाँध चतराबाट बनेको भए झापासम्म सिञ्चाइ हुन्थ्यो भने अहिले सिञ्चाइको त कुरै छोडौं विराटनगर नै डुबानमा पर्छ । तर पनि राजा महेन्द्रको कनिका खाएका वामपन्थीहरू विपीलाई नै दोषी देख्छन् भने कनिका अभैm राम्ररी पचिसकेको छैन भन्ने अर्थबोध हुन्छ । अर्कोतिर विपीले शुरुआत् गरेको कार्यक्रमलाई नै पञ्चायतले निरन्तरता दिनुबाहेक थप नयाँ कार्य त गरेको थिएन । शताब्दी स्रष्टा श्री सत्यमोहन जोशीले महेन्द्रलाई सबैभन्दा मूर्ख राजा पनि भन्नुभएको छ, मचाहिँ उहाँले जस्तो महेन्द्र महामूर्खै थिए भन्ने ठान्दिनँ । उनी समयलाई चिन्न सक्थे र त्योअनुसारको पासा पल्टाउन सक्थे । पासा पल्टाउने क्रममा कांग्रेसविरुद्ध कम्युनिष्ट उत्पादन गर्ने हुँदा कालान्तरमा राजतन्त्रै गयो । शायद यही दृष्टान्तलाई जोशीले त्यस्तो टिप्पणी गर्नुभएको होला ।

अर्को कुरा विपी नेपालका मात्र होइन दक्षिण एशियाकै ठूला समाजवादी नेता हुनुहुन्थ्यो । यो समाजवाद भनेको मिश्रित अर्थव्यवस्था हो । पञ्चायतले पनि त्यही भनेको थियो । तर विपीले सामन्तवादको अन्त्य गरी प्रतिस्पर्धात्मक राज्य व्यवस्था निर्माण गर्ने संकल्प गर्नुभएको थियो भने पञ्चायत सामन्तवादमा आधारित निरंकुश व्यवस्था थियो । त्यसैले पञ्चायती व्यवस्थाको मिश्रित अर्थतन्त्र लागू हुन सकेन । तर महेन्द्रले कम्युनिष्ट र पञ्चायतलाई सँगै लान खोजेका भने पक्कै थिए । आज पनि प्रश्रितदेखि माधव नेपालसम्मले राजा महेन्द्रको पुनर्मूल्यांकन गरिनुपर्छ भन्ने विभिन्न सन्दर्भमा अभिव्यक्ति दिँदै आएका छन् । ओलीजीले त खाँट्टी महेन्द्रवादी कमल थापालाई महत्वपूर्ण जिम्मेवारी दिएर नूनको गुन तिरेको हाम्रै सामुन्ने ताजा छ । त्यति मात्र होइन २०५१ मा एमालेले सरकार चलाउँदा २०४६ मा भत्काइएको महेन्द्रको सालिक मर्मत सम्भारबाट आफ्नो नौ महिने कार्यकाल आरम्भ गरेको थियो । त्यसैले पनि गिरिजाप्रसाद कोइरालाले एमालेबाट लोकतन्त्र ल्याउन गा¥हो पर्ने भएकाले माओवादीको साथ लिएको जगजाहेरै छ । जे जस्तो भए पनि माओवादीले महेन्द्रवादको पक्षपोषणचाहिँ गरेको छैन । देउवा नेतृत्वको कांग्रेसले यसलाई हेक्कामा राखेको देखिन्छ ।

विपीले राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र र समाजवाद भन्ने अभियान चलाउनुभएको थियो । भलै यो अभैm सार्थक हुन सकेको छैन । विपीको भनाइमा प्रजातन्त्रविना राष्ट्रियता मजबूत हुनसक्दैन । प्रजातन्त्रमा मात्र राष्ट्रवाद फस्टाउँछ । तर पञ्चायतले प्रजातन्त्रविनाको राष्ट्रवाद लागू गर्दा अधिकांश जनता पीडित भए र यो नै राजतन्त्र अन्त्यको अस्त्र बन्यो । सैद्धान्तिक हिसाबले पनि विपीले प्रजातान्त्रिक समाजवादको सूत्रपात गर्नुभयो । समाजवादको आधार माक्र्सवाद पनि हो । माक्र्सवाद स्वयंमा एउटा अन्तर्राष्ट्रवाद पनि हो । यसले आर्थिक समानताको पक्षपोषण गर्दछ । तैपनि मानिसलाई चाहिने नैसर्गिक स्वतन्त्रता यसैबाट प्राप्त नहुने भएकाले प्रजातन्त्र पनि समावेश गरिएको हो । पछि आनदोलनका क्रममा साझा शब्द चयन गर्दा यसलाई लोकतन्त्रको संज्ञा दिइयो । विपीले यदाकदा लोकतान्त्रिक समाजवाद पनि भन्नुभएको छ । जे भने पनि यी सबै डिमोक्रेसी नै हुन् । त्यो समूहमा कसैले विपीले राजासित मिलेर तर् मारेको आरोप पनि लगाए । २००७ मा गद्दारी गरेर आइसकेको गणतन्त्र पनि मासेर राजतन्त्र फर्काएको तथा २०३६ को जनमत संग्रहको नियोजित परिणाम स्वीकारेर गल्ती गरेको आक्षेप गरे । यहाँनिर के बुझ्नु जरुरी छ भने, विपी प्रजातन्त्रवादी भएकाले चुनावलाई स्वीकार्नै पर्दछ, अन्यथा नैतिक संकट आइपर्न सक्छ । अर्कोतिर २००७ मा राजतन्त्रै फाल्दा राजा, राणा एक भई त्यो व्यवस्था उल्ट्याएर हिंसात्मक तथा अराजक स्थिति ल्याउन पनि सक्थे । तैपनि नेपाल देश बनाउने पृथ्वीनारायणका सन्तान भएकाले विपीबाट त्यो कुरालाई हेक्कामा राखेर बढी संयम्ता अपनाइएको हो भन्न सकिन्छ ।

बेलायत वा जापानमा राजा राखेर अन्धविश्वास बढेको त पक्कै पनि छैन । विज्ञान र आधुनिकताको विकास भएकै छ । विपीले राजासित मिलेर तर मारेका भए ९ वर्ष काराबास किन बस्नुपथ्र्यो ? मण्डले र गुण्डाको आक्रमण किन सहनु पथ्र्यो ? जहाँसम्म विपीले राम्रो काम गर्न सक्नुभएन भनियो, मात्रै १८ महिना १७ दिनको छोटो कार्यकालमा के गर्न सकिन्थ्यो र ? तैपनि विपीले राखिदिएको जग आजसम्म पनि परम्परागत रूपमा झाँगिँदै आएको छ । विपीले प्रस्तुत गर्नुभएको ०१६ को कायापलट गर्ने बजेटलाई राजा महेन्द्रले लालमोहर लगाइदिएको भए नेपाल आज सम्पन्न र समृद्ध राष्ट्र बन्ने पक्कै थियो । तर आम नेपालीलाई समृद्ध बनाउने अपराधमा विपीमाथि राजतन्त्रले कठोर डण्डा बर्सायो । जनता गरिब भए भने राष्ट्रवाद बलियो हुँदैन र जनता अधिकारविहीन भए भने पनि राष्ट्र सबल हुँदैन भन्ने तथा असंलग्न र सन्तुलित परराष्ट्र नीतिको वकालत गरेको अपराधमा त्यसबेलाको राजतन्त्रले उहाँमाथि कठोर दण्ड दिएको हो । यी सबको पाप राजतन्त्रले भोगिसक्यो । अभैm पनि भोग्ने क्रममा छ । त्यति मात्र नभएर विपी कुशल साहित्यकार हुनुहुन्छ । विचार र दर्शनमा विपकिो समकक्षी आजसम्म पाइएको छैन । विपी जस्तो अध्येता, विश्लेषक, प्रगतिशील तथा विचारवान् व्यक्तिमाथि भारेभुरे लेखक भनाउँदाले गरेको वाहियात टिप्पणी वा आक्षेप सहन मलाई निकै गा¥हो परेकाले संक्षेपमा यति लेख्ने धृष्टता गरेको हुँ । यदि मैले तल–माथि केही गरेको भए विज्ञ वर्गसित क्षमा पनि माग्दछु ।