वीपीको तीन घुम्ती असार १७ गतेबाट देशभर रिलिज हुँदै

वीपीको तीन घुम्ती असार १७ गतेबाट देशभर रिलिज हुँदै


a4लण्डन । विपी कोइरालाको चर्चित उपन्यास “तीन घुम्ती ” मा आधारित चलचित्र आउँदो असार १७ देखि प्रदर्शनमा आउने पक्का भएकोछ । शुक्रबार राजधानीमा गरिएको एक प्रेस मिटमार्फत उक्त कुराको जानकारी गराइएको थियो भने फिल्मको प्रोमो र २ गीत पनि देखाइएको थियो । निर्देशक बाबुराम ढकालद्वारा पर्दामा उतारिएको यस चलचित्रमा एउटै महिलाका तीन भिन्न भिन्न रुपहरु प्रेमिका, पत्नी र आमाको भुमिकाको चित्रण गरिएकोछ । चलचित्र तीन घुम्तीमा नायकको भूमिकामा ध्रुव दत्त र सुशान्त कार्की रहेका छन् भने नायिकाको भूमीकामा गरिमा पन्त रहेकिछन् ।
फिल्ममा लीड कलाकार ईन्दिरा मायाको भुमिका नायिका गरीमा पन्तले निभाएकी छिन् । त्यस्तै पिताम्बर र रमेशको भुमिकालाई ध्रुब दत्त र सुशाङक कार्कीले निभाएका छन् । निर्देशक बाबुराम ढकालका अनुसार लीड कलाकार ईन्दिरा माया र पिताम्बर अनय कलाकारहरुको माध्यमले समाजलाई धेरै कुराको पाठ सिकाउनेछ । जसमा बिद्रोह, संघर्ष र अनुभवलाई यी कलाकारहरुमार्फत पर्दामा प्रस्तुत गरिएको छ । सर्वप्रथम स्व. सुशील कोइरालाको विशेष आतिथ्यमा विभिन्न व्यक्तिहरुको उपस्थितिमा यस चलचित्रको विशेष शो गरिसकिएकोछ भने विदेशका विभिन्न स्थानहरुमा प्रदर्शन भइसकेकाछन र हुने क्रम जारी छ ।
कर्मा प्रोडक्सनको राकेश अद्किया निर्माण रहेको यस फिल्ममा भएका गीतका शव्दहरु कृष्णहरि बरालद्वारा लेखिएकोछ भने संगीत भर्ने काम बसन्त सापकोटाले गरेकाछन् ।कार्यक्रममा बोल्दै निर्देशक बाबुराम ढकालले कडा मेहनतको फल तीन घुम्ती भएको बताएका छन् ।
[youtube width=”720″ height=”420″]http://www.youtube.com/watch?v=z9kJHv1uSI0[/youtube]
a42