विशेष अङ्गले चर्चित बनाएका सुन्दरी

विशेष अङ्गले चर्चित बनाएका सुन्दरी


4 Fun Foto

सुन्दरी महिलामाथि दृष्टि नलाउने को होला ? धेरैजसो महिलालाई मानिसहरू तिनको सुन्दरताकै कारण विशेष नियाल्ने गर्छन् । महिलाका विशेष वर्ण तथा कद–काठीले पुरुष एवम् महिलाकै पनि ध्यान खिच्ने गर्छ । तर, विश्वको ‘मनोरञ्जन दुनियाँ’मा यस्ता महिला पनि छन् जसले आफ्नो शरीरको कुनै विशेष अङ्गका कारण अत्यधिक चर्चा बटुलेका छन् । ‘लुक्स’भन्दा पनि ‘बडी पार्टस्’का कारण बढ्ता फेमस बन्न पुगेका महिलाको अग्रपङ्क्तिमा रियलिटी स्टार किम कार्दसियन पर्दछिन् । प्रायः कन्ट्रोभर्सियल ड्रेसिङ पहिरिने गरे पनि किमको ज्यादा चर्चाचाहिँ उनको हिप्सकै कारण हुने गरेको छ । दुनियाँले नजर लाएको र अत्यधिक चर्चा गरिदिएकै कारण किमले आफ्नो ‘बट’को पटक–पटक सर्जरी गराएर थप आकर्षक बनाउने चेष्टासमेत गर्दै आएकी छिन् ।

यस्तै, विशेष रातो रङ्गको कपालका कारण चिनिने कलाकार सुन्दरी क्रिस्टिना हेन्ड्रिकको विशेष चिनारी भने उनको ब्रेष्टको स्पेसल लुक्स नै हो । अत्यन्त आकर्षक उनको ‘कव्र्स’का कारण क्रिस्टिना अत्यधिक लोकप्रिय छिन् । सायद यही कारण हुनुपर्छ प्रायजसो सार्वजनिक कार्यक्रममा आफ्नो छातीको अधिकांश हिस्सा खुल्ला छोड्न उनी रत्तिभर हिच्किचाउँदिनन् ।

किमकी सहोदर बहिनी काइली जेनर पनि विशेष अङ्गको निम्ति फेमस छिन् । तर, किमको जस्तो हिपका कारण नभई विशेष चित्ताकर्षक आोठका कारण काइली चर्चामा हुन्छिन् । यस्तो सुन्दर लिप्सको निम्ति उनले विशेष इन्जेक्सनकै प्रयोग गर्ने गरेको अफवाह पनि चल्ने गरेको छ, तर काइली यस्तो अफवाह आफ्नो ओठको सुन्दरतासँग जल्नेहरूले चलाएको आरोप लगाउँछिन् ।

सुपरमोडलको परिचय बनाएकी कायरा डेलेविङचाहिँ उनको लुक्सभन्दा आइब्रोसको निम्ति प्रसिद्ध छिन् । विशेष दृष्टि पर्ने आइब्रोस सेपका कारण उनको अनुहार अत्यन्त आकर्षक देखिन्छ भने गायिका तथा नायिका सिन्डी क्राफोडको ओठमा भएको कोठीले उनको सुन्दरतामा चारचाँद लगाएको मानिन्छ ।
उता २२ वर्षीया मोडल कैट अप्टोनको कब्र्स जति उत्तेजक देखिन्छन् उत्तिकै चर्चा हुने गर्छ तिनको ‘क्लिभेज’ (छातीको चिरा)को पनि । यही कारण उनी आफूले हमेसा सानो आकारको ब्रेस्ट पहिरिने गरेको खुलासा गर्छिन्, ताकि आफ्नो आकर्षक ‘क्लिभेज’ सौन्दर्यपारखीको नजरमा सजिलै पर्न सकोस् । यसैगरी, अर्की मोडल लिया रोबर्टको मुस्कान यस्तो अनुपम मानिन्छ कि विश्वका कैयन मानिस उनको मुस्कानप्रति मरिहत्ते नै गर्छन् ।