वनमान्छे होइनन् है यी

वनमान्छे होइनन् है यी


Ramailo 4

शरीरभरी रौँ नै रौँले ढाकिएका यी व्यक्ति चिनियाँ नागरिक हुन्, जसको शरीरको ९६ प्रतिशत हिस्सामा कालो रौँ व्याप्त छ । शरीरमा यसरी बाक्लो रौँ हुनु खास अनौठो कुरा नभए पनि जेन हुआन नामका यी चिनियाँ विश्वमै सर्वाधिक रौँ भएका र वनमान्छेजस्तै देखिने हुनाले मिडियामा छाउन पुगेका हुन् । जेनकी एक प्रेमिका पनि छिन् जोसँग सेल्फी खिचेर सोसल मिडियामा यिनी तस्बिर सेयर गरिरहन्छन् । बाक्लो रौँका कारण विशेष पहिचान बनेर नै आफूले प्रेमिका पाएको बताउने जेन आफ्नो यस्तो रूपप्रति सन्तुष्ट भने छैनन् । छालाको शल्यक्रिया गरेर आममानिसजस्तै स्वरूपमा देखिने तयारी उनले गरेका छन् ।