लिलाम गरिँदै हिटलरको फोन

लिलाम गरिँदै हिटलरको फोन


Ramailo 2

जर्मनीका एडोल्प हिटलरको नाम नसुन्ने मानिस कमै होलान् । यस्ता नामी मानिसले प्रयोग गरेका सामानको पनि आफ्नै विशेष महत्व हुने नै भयो । हिटलरले प्रयोग गरेको एउटा टेलिफोन सेटको अमेरिकामा लिलाम हुन लागेको छ । मेरिल्यान्डको एलेक्जेन्डर हिस्टोरिकल अक्सन्समा लिलाम हुन लागेको उक्त फोन यसकारण ऐतिहासिक बन्न पुगेको हो कि दोस्रो विश्वयुद्धको दौरानमा सो फोन डायल गर्दै हिटलरले कैयनलाई महत्वपूर्ण आदेश दिएका थिए । सिमन्स कम्पनीले सन् १९४५ मा निर्माण गर्दा कालो रङ्गको भए पनि पछि रातो रङ पोतिएको उक्त टेलिफोन सेटमा हिटलरको नामसहित स्वस्तिक चिह्न पनि अङ्कित छ । दोस्रो विश्वयुद्ध समाप्त हुनेबित्तिकै हिटलरको घरबाट यो फोन बरामद गरिएको थियो । यो फोन सेट २–३ लाख अमेरिकी डलरमा लिलाम हुने अपेक्षा गरिएको छ ।