लन्डनमा छक्का पन्जा हेर्नलाई तँछाडमछाड

लन्डनमा छक्का पन्जा हेर्नलाई तँछाडमछाड


14572839_581833328690463_1148526014390468669_nलन्डन, नेपाली चलचित्र क्षेत्रमा अत्यधिक सफल र चर्चा कमाउँदै आएको नेपाली हाँस्य चलचित्र छक्का पन्जा १६ अक्टोबर आइतवारका दिन लन्डनस्थित ग्रीन्फोर्ड हलमा दोस्रो पटक प्रदर्शन गरिएको थियो । दर्शकहरुको ओइरो लागेपछि आयोजकहरुलाई व्यबस्थापन गर्न निकै नै हम्मे हम्मे परेको थियो । चलचित्र प्रदर्शन हुनुभन्दा केही दिन अघि नै टिकटहरु बिक्री भइसकेकाले कतिपय दर्शकहरुको चलचित्र हेर्ने चाहना पूरा हुन सकेन ।
14633591_1434914226522281_7509295741568253124_oउक्त चलचित्र गत सेप्टेम्बर १७ का तारिखका दिन अल्डरसटस्थित प्रिन्सेस हलमा पनि भव्य सफलताका साथ प्रदर्शन भइसकेको छ । नेप्लिज इन्टरटेनमेन्ट यूकेका बीरेन खड्का, राजेन गुरुङ, अनिल मल्ल र दीपक खड्का लगायतको पहलमा सो चलचित्रलाई बेलायतमा प्रदर्शनीका लागि ल्याइएको हो । चर्चित हाँस्य कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाद्वारा निर्मित उक्त चलचित्रमा दीपकराज गिरी, प्रियेंका कार्की, शिवहरि पौडेल, जितु नेपाल, बुद्धि तामाङ, केदार घिमिरे (माग्ने बूढो) वर्षा राउत लगायका कलाकारहरु रहेका छन् भने यस फिल्मको निर्देशन दीपाश्री निरौलाले गरेकी हुन् ।
img_0553विशेषगरी रोजगारीका शिलसिलामा वैदेशिक रोजगारमा जानुपर्ने नेपालको परिवेशलाई आधार मानेर निर्माण गरिएको उक्त चलचित्रले धेरैको मन जित्न सफल भएको छ । दर्शकहरुको अत्यधिक माग भएका कारण सो चलचित्रलाई आगामी अक्टोबर २९ तारिखका दिन बलायातको फोक्सटन, आसफोर्ड र फेल्थाममा एकैचोटी प्रदर्शन गरिने आयोजकहरुले बताएका छन् । नेपाली समाजमा घट्दै आएको वास्तविक विषयबस्तुमा आधारित उक्त चलचित्रले बाध्यताबस घरपरिवार छाडेर विदेशमा बस्नेहरुको मनमा भने चिसो पस्न सक्ने धेरैले अनुमान गरेकाछन् । तर चलचित्र हेरिसकेपछि पूर्ण रुपमा सन्तुष्टि प्राप्त भएको सबैले बताउंदै आएकाछन् ।
img_0555
-नरेन्द्र बस्नेत