लण्डनमा शिब परियारको शो शुक्रबार हुँदै

लण्डनमा शिब परियारको शो शुक्रबार हुँदै


SHIVA AND SHARMILAलण्डन/ चर्चित गायक शिब परियार र गायिका शर्मिला बर्देवाले यही मे २७ मा लण्डनको हाउन्सलोमा सांगीतिक कार्यक्रम गर्ने भएका छन् । रेडियो राहिनो र अन्सु इन्टरटेनमेन्टले संयुक्त रुपमा हाउन्सलोको फेल्थाम कम्मुनिटी कलेजमा ‘शिव र शर्मिलासंग एक साँझ” आयोजना गर्न लागेको हो ।

नेपाली नयाँ वर्ष मनाउने क्रममा बेलायत आएका शिब परियारले विभिन्न शहरहरुमा आफ्नो प्रस्तुति दिएका छन् । केही साताअघि मात्र पोल्याण्डमा भएको कन्सर्ट सकेर बेलायत आई पुगेका शिबले लण्डनका श्रोताहरुई कार्यक्रममा आउन आग्रह गरेकाछन् ।

आफ्ना चर्चित गजलहरुका साथ आधुनिक गीतहरु पनि गाउने बताउँदै शिबले लण्डनमा यस वर्ष यो अन्तिम शो हुने जानकारी दिए । ‘पागल बनायौ प्रिय’, ‘पिउँदिन भन्दा भन्दै पिलायो साथीले’, ‘क्या दामी भो’, ‘अलिकति नजर तिम्रो’ लगायतका उत्कृष्ठ गीतहरु गाउने छन् ।

यसैगरी सपरिवार लण्डनमा बसोबास गर्दै आएकी गायिका शर्मिला बर्देवाले पनि आफ्नो चर्चित गीतहरु, आँखैमा झल्झली, फूलको जवाफ, तस्बीरमै यस्तो जस्ता सुमधुर गीतहरु को साथै नयाँ गीत पनि प्रस्तुत गर्ने बताईन् ।

कार्यक्रमको उद्घोषण भने मिस यू के नेपाल २०१३ कि बिजेता दुर्गा गुरुङले गर्ने भएकी छिन् । नेपाली मौलिक परम्परागत नृत्य र डीजे चांदको बिशेष सेस्सन कार्यक्रमका बिसेष आकर्षण हुने आयोजकले जनाए ।

कार्यक्रमबाट उठेको रकम मध्येबाट केही रकम लम्जुङ्गका बालबालिकाहरुको लागि सहयोग गरिने आयोजकका तर्फबाट दिनेश कुमार परियारले जानकारी दिए ।
-राइनाे