राजनीति छोडौं देशनीति थालौं -मिलन शर्मा

राजनीति छोडौं देशनीति थालौं -मिलन शर्मा


milanअहिले देश लोकतन्त्रमय होइन लोकमानतन्त्रमय भएको छ । नियमित कामको सिलसिलामा चिनेका एकजना वरिष्ठ सरकारी अधिकारीले यस्तो भनेपछि आज म पनि धेरै भावुक बनें र एकपटक फेरि जनआन्दोलन भाग–२ को याद आयो । योभन्दा पहिले खिलराज प्रकरणमा पनि यस्तै सम्झना आएको थियो । कत्रो जन सागर थियो त्यो, मैले मेरो जीवनमा त्यत्रो धेरै मान्छेहरू अहिलेसम्म पनि देखेको छैन । तिनै मान्छेहरूको भीडमा म पनि थिएँ । एकै दिनमा २० किलोमिटरसम्म पैदल हिँड्दा पनि कुनै थकान महसुस भएन । मेरो त एउटा सानो भन्दा सानो सहभागिता मात्र थियो । त्यहाँ त कैयौ साथीहरु शहीद बने, कयौको अङ्ग भङ्ग भयो । केही ज्यँुदा शहीदझै भएर बाँचिरहेका छन् । प्रेस र एम्बुलेन्सलाई समेत बन्देज लगाइएको मानवतारहित सत्ता र त्यसका मतियारहरुले जतिजति त्रूmरता प्रस्तुत गर्छन् त्यति–त्यति जनसागर बढ्दै गयो र अन्ततः शाहीसत्ताले घुँडा टेक्न वाध्य भयो । तिनै मानवतारहित मतियारमध्येका प्रमुख एक भनिएका थिए लोकमानसिंह कार्की जसलाई तिनै दलहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नियुक्त गरेर पनि फेरि उनैका विरुद्धमा हठात महाभियोग प्रस्ताव ल्याएका छन् । यस कार्यले सम्पूर्ण स्वाभिमानी नेपालीको शिर झुकाइदिएका छन् ।

दलहरु आफ्नो स्वार्थको लागि कहाँसम्म गिर्दा रहेछन् भन्ने एउटा ज्वलन्त उदाहरण बनेको छ लोकमान प्रकरण । शाही सत्ताको कप्mर्यू र सुरक्षाकर्मीको गोलीलाई समेत प्रवाह नगरी उर्लेको त्यो जनसागर के अब फेरि कुनै शक्तिले आव्हान गर्दा त्यसरी नै आमजनताको सहभागिता होला ? के मैले फेरि पनि त्यत्रो ठूलो जनसागर देख्न सकुँला ? विश्वासको आधार एकदमै घटिसकेको छ । किनभने जनतामा जुन आशा थियो दलहरुप्रति त्यो लगभग अब समाप्त भइसकेको छ । यो भनेको एउटा सार्वभौम राष्ट्रको लागि खतराको संकेत हो ।

त्यो बेलामा जनतामा आशा थियो कि, अव दलहरु सुध्रिसके । साथै १२ बँुदे सहमतिको कारणले गर्दा जनतामा अर्को आशा थियो– अव युद्ध रोकिन्छ र आफ्नो भूमिमा आफ्नैसरह बाँच्न पाइन्छ, तर यहाँ परिणाम उल्टो भयो । ५ वर्षमा दलहरुले संविधान त के एउटा राम्रो सरकारसमेत बनाउन नसकी सरकारको जिम्मा न्यायालयलाई छोडिदिए । सबै व्यक्तिगत र पार्टीगत स्वार्थमा अल्झिए । आपूm आफ्नो देशमा शक्तिशाली देखिन विदेशीको चाकडी गर्न थाले । नेपाली–नेपाली आपसमा जुट्नुपर्ने बेलामा जातीय राज्यको वीष रोपेर जनतालाई नै एकापसमा भिडाउने काम भयो । फलस्वरुप कत्रो त्याग र वलिदानले ल्याएको र युगमा एकपटक आउने भनिएको संविधानसभा भङ्ग भयो । दोस्रो संविधानसभाको धीमा प्रयासबाट जन्मेको संविधान पनि अहिले तरबारको दुई धारमा उभिएको छ । यद्यपि राजनीतिक दलहरु देश जतासुकै जाओस् तर आपूm र आप्mनो पार्टी माथि हुनुपर्छ भन्ने स्वार्थी मानसिकतामा हलक्कै बढिरहेका छन् ।

पहिलो संविधानसभा भङ्ग भएपछि पनि त्यतिमा मात्र कुरा रोकिएन, बाबुराम सरकारले राष्ट्रपतिले तोकेको सहमतिको पटक–पटकको समयसीमा नटेरेर उल्टो चुनौति दिई राष्ट्रपतिलाई समेत निस्कृय बनाइदिए । यो प्रकरण पछि जनतामा राष्ट्रपति भनेका केही पनि रहेनछन् भन्ने भान स्थापित भयो ।

अब बाँकी थियो जनताको आस्थाको एक मात्र संस्था न्यायालय, त्यसमाथि समेत हमला भयो । शक्ति पृथकीकरण जस्तो संविधानको संवेदनशील सिद्धान्तलाई वास्ता नगरी नागरिक समाज, नेपाल बार एशोसिएशन र कयौ संविधानविद्को कडा विरोधका बावजुद पनि प्रधान न्यायाधीश खिलराज रेग्मीलाई मन्त्री परिषदको अध्यक्ष बनाई संविधानको धज्जी उडाइयो । जसको उपज आज लोकमानसिंह कार्की प्रकरणले विवादको घेरा नाघिरहेको छ । जसले न्यायालय मात्र होइन सु–शासनमाथि समेत हमला गरेको छ ।

यहाँ महत्वपूर्ण कुरा के छ भने लोकमान प्रकरण त खिलराज प्रकरणको एउटा उपज मात्र हो । लोकमान प्रकरणको उपज त हामीले देख्नै बाँकी छ । लोकमानले अख्तियारमा नियुक्त हुने मौका पाएका हुन् । यो भन्दाअगाडि सर्वोच्च अदालतले यस्ता जनचासो र राष्ट्रियताको विषयमा सकारात्मक निर्णय लिएको थियो । तर यसपालि अल्लि फरक भयो । लोकमान विरुद्ध परेको पहिलो रिटले काम नगरेपछि फेरि दोस्रो रिट परेको थियो । सर्वोच्चले दोस्रो रिट दर्ता गर्ने समयमा “रिट हाल्दा विपक्षीको समेत सहमति लिनुपर्ने” दुनियाँमा कतै नसुनेको नियम लगायो त्यो पनि लोकमान विरुद्ध दोस्रो रिट परेकै दिनदेखि लागू हुनेगरी । सोही दिन अर्कै एक जना महिला अधिवक्ताले दायर गर्न खोजेको नेपाल बायुसेवा निगम विरुद्धको रिटमा सर्वोच्चले विपक्षलाई जानकारी गराउन भनेपछि सो को प्रमाण माग्न निगम कार्यालय पुगेकी उनलाई त्यहाँका कर्मचारीले गाली गलौजका साथ हातपातसमेत गरे । यस घटनाले कहिँ कसैबाट न्याय नपाएमा जाने जनताको ठाउँसमेत अब बन्द भएको छ भन्दा सायद फरक नपर्ला । सर्वोच्चका यस्ता शंकास्पद व्यवहार खिलराज प्रकरण अघि मैले देखे जानेको थिइँंन । आज राज्यका सम्पूर्ण अंगहरू स्वतन्त्र नरहेको भान जनतामा परिरहेको छ । यसरी राष्ट्रका अङ्गहरूलाई एकपछि अर्को गर्दै आक्रमण गर्दै जनतालाई अन्योलमा राखेर धमिलो पानीमा माछा मार्ने काम कसले गरिरहेको छ, अब आम जनता नै सचेत हुनुपर्ने देखिन्छ । हामीले खिलराज प्रकरणमा चुपचाप लाग्दा लोकमान प्रकरणको जन्म भयो । अब अहिले पनि चुपचाप लाग्यौं भने थप बर्बादी भोग्नुपर्ने निश्चित छ ।

आखिर किन नेपालमा यस्तो जनभावना विपरीत क्रियाकलापहरू भइरहेका छन् ? जनताले नै आफ्नो ज्यानको माया मारेर जनआन्दोलन, सशस्त्र जनयुद्ध र मधेश आन्दोलनबाट माथि पु¥याइएका नेताले नै किन यति धेरै विश्वासघात गरे ? के उनीहरूलाई अब जनता चाहिँदैनन् ? अवश्य पनि चाहिन्छन् । तर उनीहरूले त्यसो गर्नुमा उनीहरूको स्वार्थ र भ्रम छ । स्वार्थ भनेको उनीहरू पहिले आपूm मोटाउनुपर्छ शक्ति र पैसाले त्यसको लागि उनीहरू विदेशीको चाकडी र विभिन्न सम्झौता गर्छन् । फलस्वरुप लोकमान प्रकरणको उदय हुन्छ । दलहरूको भ्रम भनेको चाहिँ उनीहरूले सोच्छन् कि नेपाली जनता भेडा हुन्, यिनीहरू हामीले जे जे भन्छौं त्यही गर्छन् । हुन पनि हामीले भेडाकै व्यवहार देखाइरहेका छौं । हामी अझै पनि उनीहरूको भाषणमा विश्वास गरेर उनीहरूको पछि लाग्छौं । खासमा हामीहरूले नै नेताहरूलाई चाहिनेभन्दा माथि पु¥यायौं । जबसम्म हामी गलत काम गर्ने दल तथा नेतालाई बहिस्कार गर्न सिक्दैनौं तबसम्म यो प्रवृत्ति कायमै रहनेछ ।

पुराना दलहरूको गैर–जिम्मेवार क्रियाकलापले माओवादीको जन्म भएको कुरा हाम्रा सामू विदितै छ । नयाँ शक्तिमा केही आशा देखेर गैर बामपन्थी र स्वतन्त्र जनताले समेत माओवादीलाई भोट हालेर सबैभन्दा ठूलो दल बनाइदिए । तर माओवादीले जनभावनाको कदर गर्नुको सट्टा विदेशीको भावनालाई कदर गर्न थाल्यो । भारतविरुद्ध सुरुङ्ग युद्धको कुरा गर्ने माओवादी भारतको सबैभन्दा प्रिय पार्टी बन्यो । अरु दल र जनताको भावनालाई वेवास्ता गरेर एक्लै अघि बढ्न खोज्यो । आप्mनो निहीत सत्ताकब्जाको लागि सेनामा घुसपैठ गराउन तत्कालीन सेनापति रुक्मांगत कटवाललाई बर्खास्त गर्ने असफल प्रयास ग¥यो । सोही विन्दुदेखि नेपाली राजनीतिले ट्र्याक चेन्ज ग¥यो र सम्बिधान नबन्ने देखि खिलराज र लोकमान प्रकरणलाई निम्ता दिएको थियो ।

देशमा बसोबास गर्ने सबै भन्दा धेरै जनतालाई ‘अन्य’मा राखेर उनीहरू बाहेकका नाममा नामाकरण गरिने सम्बिधान अनि त्यसका राज्यहरू कति समय टिक्लान् ? त्यस्तो सम्बिधानले जनताको उत्थान होइन जनता–जनताबीच काटमारको स्थिति पैदा गर्नेछ र त्यही स्थितिको फाइदा उठाएर सत्ताकब्जा गर्ने रणनीति माओवादीको हुनसक्छ । किनभने उनीहरू आप्mनो स्वार्थको लागि जे पनि गर्न तयार छन् भन्ने कुरा विगतले प्रष्ट पारिसकेको छ । लोकमानको लागि लोकतन्त्रको तिलाञ्जली तातो उदाहरण हो तर सत्ता कब्जा उनीहरूको दिवास्वप्न मात्र हो । यसले बरु माओवादीलाई पतन गराउनेछ । कांग्रेस, एमालेबाट जनता सन्तुष्ट नहुँदा नयाँ शक्तिस्वरुप माओवादीको जन्म भएजस्तो यसले माओवादीलाई पनि कांग्रेस एमालेलाई जस्तै पुरानो घर्रामा राखेर अर्को नयाँ शक्तिको जन्म दिनेछ ।

नेपालमा वर्तमान राजनैतिक दलहरूबाट देशको उन्नति हुँदैन भन्ने कुरा अब प्रष्ट भैसकेको छ । त्यसैले हामी जनता नै अव अघि सर्नुपर्छ । हामीले नै चाहिनेभन्दा माथि चढाएको हुनाले अव उनीहरूलाई झार्ने जिम्मा पनि हाम्रै हो । त्यो कसरी सम्भव छ भने हामी उनीहरूको पछि लाग्न छोडेर सानो भए पनि कुनै न कुनै काम गरौं ३–४ लाख पर्ने मोटरसाइकल चढेर बेरोजगारी हौं भन्दै सडकमा ¥याली निकाल्नुभन्दा त्यो मोटर साइकल बेचेर सानो कृषि व्यवसाय गरौं चार लाखमा ८ वटा भैसी किन्न पुग्छ ८ वटा भैसी पाल्ने मान्छे ले खाडीमा ज्यान गुमाउनु पनि पर्दैन अनि सडकमा बेरोजगारीको ¥याली निकाल्न पनि फुर्सद हुँदैन । नेताहरू जनताका नोकर हुनुपर्ने तर यहाँ त जनताका मालिक बने । उनीहरूलाई मालिक बनाउनमा मिडियाको पनि उत्तिकै हात छ । दिन रात जतिबेला पनि टि.भी., रेडियो वा पत्रपत्रिका जुन हेरे पनि यिनै नेताहरूको मात्र कुरा ‘सहमतिको लागि बैठक बस्दै’, ‘सहमतिको लागि बसेको बैठक बिना सहमति टुङ्गियो’, ‘सहमतिको लागि बसेको बैठक छिट्टै सहमति गर्ने सहमतिमा टुङ्गियो ।’ अरे भगवान ! यो कहिले नहुने सहमतिको दिनरात पछि लाग्नुभन्दा बरु मिडियाले ‘कोदो कसरी रोप्ने ?’ भनेर सिकाएको भए कैयौं नपाली दाजुभाई खाडीमा ज्यान गुमाउनु पर्दैनथ्यो होला । यदि सहमति भैहाल्यो भने चाहिँ त्यो कुरा जनतालाई सूचित गर्न जरुरी छ ।

नेपालमा राजनीति धेरै भयो । अव राजनीति छोडेर काम गर्नतिर लागौं । आप्mनो काममा व्यस्त रहौं । चुनाबमा भाषण सुनेर होइन दलहरूको छवि, देश विकासका एजेण्डा र ती एजेण्डा कार्यान्वयन हुन सक्ने÷नसक्ने आधार हेरेर भोट हालौं । अरु कसैले स्वीट्जरल्याण्ड बनाइदेला भनेर बस्यौं भने यो देशलाई कंगो र हैटी बनाइदिने छन् । बरु आपैmले नेपाललाई नेपाल नै बनाऔं । जवसम्म हामीले हाम्रो दैनिक जीवनमा प्रयोग हुने सर–समान ३०–४०% सम्म आप्mनै देशमा उत्पादन गरेर आयात घटाउदैनौं तबसम्म यो देश विदेशीले नै चलाउनेछन् । यहाँका दलहरूलाई भोट हालेर मात्र के गर्नु जोसँग देशको तालाचाबी नै छैन । यसैले दलहरुले राजनीति हैन देशनीतिको विजारोपण गर्नु जरुरी छ । अन्यथा जनता शासनको विकल्प खोज्न फेरि जुट्नुपर्ने वाध्यता आइपर्ने छ ।