महफिलमा शायरहरू

महफिलमा शायरहरू


महफिल काव्य उपासना

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाल च्याप्टरको आयोजनामा हालै मासिक महफिल काव्य उपासना कार्यक्रम सम्पन्न भयो । बबरमहलस्थित ओलम्पिया वल्र्ड कलेजको प्राङ्गणमा आयोजित उक्त कार्यक्रमका गजललेखन क्षेत्रका चर्चित व्यक्तित्वले आ–आफ्नो नेपाली, उर्दू र हिन्दी गजल एवम् कविता वाचन गरेका थिए । काव्य उपासनामा प्रस्तुत हरेक गजल र कवितामा वाहवाही चलेको थियो ।

काव्य उपासनामा डा. सनतकुमार वस्ती, डा. कृष्णजंग राणा, ज्ञानुवाकर पौडेल, डा. विष्णु एस राई, करुण थापा, डा. विश्वमोहन आचार्य, डा. रेणु, गौरी मल्ल, मोहम्मद जफर, मोमिन साह, इम्तियाज वफा, प्रकाश उपाध्याय, मन्दिरा मधुश्री, राजन सिलवाल, अनुपमा करारा, निशा केसी, सुभाषचन्द्र ढुङ्गेललगायतले आफ्ना आफ्ना गजल, कविता र मुक्तक वाचन गरेका थिए ।

हरेक महिना सम्पन्न हुँदै आएको महफिल काव्य उपासनालाई निरन्तरता दिनका लागि ओलम्पिया वल्र्ड कलेज स्थान प्रायोजन गर्ने कलेजका प्रमुख चूडाप्रसाद बस्ताकोटीले कार्यक्रममा नै उद्घोष गरे । कार्यक्रम अनेसास नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न भएको थियो ।

अभिनवको १७४औँ कार्यक्रम
अभिनव साहित्य समाज जोरपाटीले आफ्नो नियमित कार्यक्रम १७४औँ शृङ्खला साउन २९ गते गजल उत्सवका रूपमा मनायो । समाजले साउन र माघ महिनालाई गजलोत्सवका रूपमा मनाउँदै आएको छ भने हरेक माघ महिनामा उत्कृष्ट गजललाई पुरस्कृत गर्ने गरेको छ । समाजका उपाध्यक्ष प्रकाशमणि दाहालको अध्यक्षतामा सम्पन्न उक्त गजल एवम् कविगोष्ठीमा प्रमुख अतिथि डा. शेषराज आचार्य हुनुहुन्थ्यो । कार्यक्रममाथि समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणिले समाजको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो भने घनश्याम प्रसाईंले स्वागत मन्तव्य, परशुराम पराजुली पराशरले वाचित कविता, गीत, गजलको समीक्षा एवम् शारदा पराजुलीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

सो गजल एवम् कविता वाचन कार्यक्रममा बाजुराम पौडेल, डिल्लीराज अर्याल, पीताम्बर भण्डारी, रत्ननिधि रेग्मी शुक्राचार्य, श्यामबहादुर भावुक, पुण्य गौतम विश्वास, मानन्धर अभागी, शीतल गिरी, शालिकराम अधिकारी, बुद्धरत्न शाक्य, प्रदीपरत्न शाक्य, रुद्र अधिकारी, रामकुमार पण्डित क्षेत्री, सुनिता सापकोटा, थरेन्द्र बराल, इन्द्रजित चौलागाईं, शैलेन्द्र श्रेष्ठ, दिनेशकुमार सङ्ग्रौला, गोविन्द नेपाल, ब्रह्मप्रिय प्रेमस्वरूप, उमेश पाण्डे, विमला देव, उमेश पाण्डे, मञ्जुश्री प्रधान, शिवराम खड्का, कुमार अनल, निर्मल पराजुली, प्रकाश बस्नेत गफाडी, श्रीराम पौडेल कुरौटे, हेमन्त शिशिर, सुशील आचार्य, ईश्वर आचार्य, सरु काविया, विलाश रोकाय, अशोक कुँवर, गोपालकृष्ण रिजाल, कृष्ण गौतम, सीता प्याकुरेल, रिहान खान, प्रकाश रम्घाली, उत्तमविचार भेटवाल, लीलाराज दाहाल, उद्धव पोखरेल, सुमन पुडासैनी मित्र तथा लक्ष्मणप्रसाद रूपाखेती आदिले गीत, गजल वाचन गरेका थिए । समाजको आगामी भदौको अन्तिम शनिबार हास्यव्यङ्ग्यको कार्यक्रम हुने जानकारी दिइयो ।