भिजे-प्रितीको ‘आइ लभ यु’बोलको गीतको म्युजिक भीडीयो सार्वजनिक

भिजे-प्रितीको ‘आइ लभ यु’बोलको गीतको म्युजिक भीडीयो सार्वजनिक


15301259_1360401170639550_624005947_nलण्डन । काठमाण्डौ यूट्युब हिट कपलको रुपमा परिचित भिजे-प्रितीको ‘आइ लभ यु’बोलको गीतको म्युजिक भीडीयो एक कार्यक्रमका बीच सार्वजनिक भएको छ । मुस्ताङ लगायत काठमाडौंका बिभिन्न ठाउँमा शुटिङ गरिएको भिडियोको निर्देशन गायक तथा संगीतकार बिजय घिमिरे स्वयंले गरेका छन् । आकर्षक शैलीमा प्रस्तुत भीडीयोमा घिमिरेको अलावा श्रीमती प्रितीसँगै प्रमिता राना, ज्योत्सना योगीको बेजोड अभिनय रहेको छ ।
सार्वजनिक कार्यक्रममा उपस्थित संगीतकर्मीले घिमिरेले गरेको कार्यको प्रसंसा गरे । अत्याधुनिक प्रविधीको प्रयोग सँगै भिडियो बजारमा ल्याएको छु, मूल्याङकन गर्ने जिम्मा दर्शकलाई नै दिएको छु …घिमिरेले भने । गीतमा शब्द संगीत पनि विजयको नै रहेको छ भने संजीत श्रेष्ठले खिचेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन् । उक्त गितको भीडीयो भने निर्देशक रोहन नेपालीले गरेका छन् यूट्युबबाट नै आफ्नो साङितिक यात्रा शुरु गरेका भिजे-प्रितीको चर्चा दिनानुदिन चुलिँदो छ ।
करिब ३५००० भन्दा बढी सब्स्क्राइबर रहेको उनीहरुको यूट्युब च्यानलमार्फत बिभिन्न शैलीका नयाँ – पुराना गीतको म्यासअप कभर गीतबाट अझ चर्चित छ यो जोडी । लण्डनमा स्थाइ बसोबास गर्दै आएको यो जोडीले गत महिना मात्र नेपाल भ्रमणका क्रममा पोखरासहित करीब आधा दर्जन स्थानमा कार्यक्रम गर्यो, दर्शक स्रोताको अत्यधिक साथ पाएकोमा दङग छन् उनीहरु । आउँदा दिनहरुमा अझ फरक ढंगमा प्रस्तुतभै नेपाली संगीत क्षेत्रमा नयाँ आयाम ल्याउने कुरामा ढुक्क रहेको बताउँछन् घिमिरे । उनी भन्छन्, यो त ट्रेलर मात्र हो आउँदादिनमा दर्शकलाई फरकपन दिन सदा तत्पर रहनेछु ।

-नरेन्द्र बस्नेत