ब्राड पिटले गरे यस्तो खुलासा

ब्राड पिटले गरे यस्तो खुलासा


Brad-Pitt-Angelina-Jolie

विख्यात हलिउड स्टार ब्राड पिटले सुप्रसिद्ध नायिका एन्जेलिना जोलीसँग विछोडिनुपरेको पीडाले आफू भावनात्मक रूपमा चकनाचुर बनेको र उपचारका लागि विशेष थेरापीको सहारा लिनुपरेको खुलासा गरेका छन् । विछोडको आलो घाउमा मल्हमस्वरूप आफूले दुनियाँ बिर्सेर अन्धाधुन्द हिसाबले मदिरा सेवन गरे पनि अहिले ड्रिंक्सबाट पूरै मुक्ति मिलेको ब्राडको भनाइ छ । सन् २००४ देखि साथ रहेको यो जोडीले २०१४ मा बिहे गरेका थिए भने त्यसको दुई वर्षमै सन् २०१६ मा जोलीले पिटसँग डिभोर्स गरेको घोषणा गरेकी थिइन् । आफ्ना बच्चाहरूमाथि ब्राड पिटले दुव्र्यवहार गरेको आरोप जोलीले लगाएकी थिइन् । यही मामलामा खटपट बढेपछि विश्वविख्यात यो जोडी टुट्न पुगेको थियो । ज्ञातव्य छ, विश्वकै सुन्दरी नायिका कहलिएकी एन्जेलिना जोली आफूले जन्माएका सन्तानका अलावा अन्य थुप्रै बालबालिकालाई आमाकै रूपमा पालनपोषण गरेरसमेत चर्चामा रहँदै आएकी छिन् ।