बेलायतमा नाटक “जिगिषा” प्रदर्शनीको अन्तिम तयारी

बेलायतमा नाटक “जिगिषा” प्रदर्शनीको अन्तिम तयारी


IMG_7625csukget-together16लन्डन, फस्ट एजुकेट नेपाल यूकेले आफ्नो दोस्रो प्रस्तुतिको रुपमा नेपाली नाटक “जिगिषा” जित्ने इच्छालाई बेलायतका विभिन्न स्थानहरुमा आउँदो मार्च महिनाबाट प्रस्तुत गर्ने भएको छ । गत शनिवारका दिन लण्डनको नर्थफिल्डस्थित काठमाण्डौ कुजिनमा भएको एक पत्रकार भेटघाटमा उक्त कुरा बताइएको थियो । यसअघि पनि सन् २०१५ को विनासकारी भूकम्पलाई आधार मानेर भूकम्प पीडित नेपाली जनताहरूको व्यथालाई नाटक ” समय दृश्य” मार्फत प्रस्तुत गर्न सफल भएको थियो ।
नाटक “जीगिषा”मा नेपालमा हुने गरेका र भइरहेका महिला र पुरुष बीचको भेदभाव र १० वर्षे जनायुद्धताका घटेका घटनालाई नाटकको माध्यमबाट प्रस्तुत गरिने लेखक तथा निर्देशक सनम कुमार बैरागले बताए । तेन्जी लामा पाख्रिन, दिल घले र भिजन संसार डट कमद्वारा निर्माण गरिएको सो नाटकमा साउण्ड प्रमोद र संगीत, लाइट्समा प्रभाव श्रेष्ठ, कम्प्युटरमा अभिमन्यू बैराग र स्टेजमा अमृत गुरुंगको भूमिका रहको पनि पत्रकार भेटघाटमा जानकारी गराइएको थियो ।
निर्माता टोलीका तेन्जी लामा पाख्रिनद्वारा स्वागत मन्तव्य व्यक्त गरिएको थियो । चलचित्र क्षेत्रमा आफ्नो छुट्टै स्थान बनाउन सफल नायक ध्रुब दत्त तथा नृत्य निर्देशक सुरेश श्रेष्ठ, मोडलको क्षेत्रमा समर्पित अनि नाटक समय दृश्यमा सफल अभिनय गरिसकेकी प्रसुना कंडेल, सन् २०१४ कि मिस टप फाइभ तथा मिस ट्यालेन्ट जित्न सफल शुस्मिता थापा, मोडल विकेश बस्नेत र मनिष श्रेष्ठ जस्ता कलाकारको मुख्य भूमिका रहेको र समय दृश्यमा जस्तो ठूलो टिम यस नाटकमा नरहेको निर्देशक सनम कुमार बैरागले बताएका छन् ।

-नरेन्द्र बस्नेत