बीपी–मातृका खटपटको उत्कर्ष

बीपी–मातृका खटपटको उत्कर्ष


sn-karki-5

– स्वयम्भूनाथ कार्की

आत्मवृत्तान्त किताबबाट बीपी र मातृकाको सम्बन्धमा चिसोपन कहिलेदेखि सुरु भयो भन्ने कुराको छनक पाए पनि केही प्रसङ्गहरू अमिल्दा पनि भेटिन्छन् । यस किताबका अनुसार बाल्यकालदेखि नै बीपी दाजुको आलोचक भएकोजस्तो लाग्छ । दाजुले स्कुल जाने भनेर हतारहतार खाएर जाने अनि अन्तै घुमेर बेलुका स्कुलबाट आएजस्तो गरेर आउने गरेको कुरा पनि उल्लेख छ भने मातृकाको तर्क–क्षमताको उदाहरण पनि । हरपक्षमा बोल्न सक्ने कुरा ज्ञानको कमीमा सम्भव हुँदैन । अन्य सन्दर्भ–सामग्री केलाउने हो भने यसको सही स्वरूप पनि प्राप्त हुने थियो, तर यो शृङ्खला लेख्दाको सङ्कल्पले त्यसो गर्न मिलेन । एउटै किताब, एकै व्यक्तिको अभिव्यक्तिको आधारमा विषयवस्तु केलाउने र त्यसै व्यक्तिको अभिव्यक्तिकै आधारमा त्यसै व्यक्तिको राम्रो–नराम्रो कुरा बिना कुनै आग्रह–पूर्वाग्रह राख्ने प्रयत्न गरिएको हो । धेरै सन्दर्भ सामग्रीले गरेका विवेचनको कमी छैन, तर एकै सन्दर्भ सामग्रीले विवेचन गर्ने प्रयास भने कमै छन् ।

मानवको सामान्य स्वभाव हो मिल्दा गुण धेरै देख्ने र नमिल्दा दोष धेरै देख्ने । बीपीले किताब बोल्दाका समयमा नेपाली काङ्ग्रेसमा मातृकाको नाम लिनु पनि अपराध गरेसरह हुने अवस्था थियो । त्यसैले त्यो अवस्थाले मातृकाको विषयमा बीपीको भनाइ, सोचाइ प्रभावित भएको पक्कै हुन सक्छ । तर, भुल्न नहुने कुरा के छ भने चाहे थपना नै होस्, सातसालको क्रान्ति मातृकाकै नेतृत्वमा सम्पन्न भएको थियो । काङ्ग्रेस एकीकरणको बेला पनि मातृकाको असर थियो र त आफूलार्ई भन्दा डेमोक्रेटिककाहरू मातृकालार्ई रुचाउने कुरा बीपीले भन्नुप¥यो । चाहे राम्रो होस् वा नराम्रो नेपाली काङ्ग्रेसको इतिहासमा, क्रान्तिको गाथामा मातृकाको उपेक्षा गर्न सम्भव छैन । बीपी मातृकाको सम्बन्धमा आएको यो धाँजा बीपीको गृहमन्त्री कालमा सतहमा नै देखाप¥यो । आफ्नो गृहमन्त्रीकालमा आफ्नै पार्टीले सहयोग नगरेको र दाजुले मान्छे भड्काएको कुरा उनले उल्लेख गरेका छन् । आफूले राजीनामा गर्नुपरेको कारणमध्ये मुख्य कारणको रूपमा उनले मातृकालार्ई राखेका छन् ।

राणा र काङ्ग्रेसको संयुक्त मन्त्रिमण्डलको पतनपछि मातृकाको नेतृत्वमा काङ्ग्रेसको सरकार बन्यो । यस सरकारको नेतृत्व आफूले पाउनेमा बीपी ढुक्क थिए, तर राजाले पनि मान्दैनन्, नेहरूले पनि मान्दैनन् भन्ने कुरा उठेकाले त्यो के हो भन्ने खोजी गरियो । परिच्छेद ३८ अनुसार ‘एउटा प्रतिनिधिमण्डल राजानेर जाओस् र उनको मनमा के छ, उनले दिल्लीबाट कुनै खबर पाएका छन् कि छैनन् भनेर बुझोस् भन्ने निर्णय भयो ।’ वर्किङ कमिटीका तीनजना गए र राजालार्ई नेहरूले लेखेको चिठी हेरे । आफ्नो खिलापमा भएको थाहा पाएपछि ठूल्दाजुलार्ई नै प्रधानमन्त्री छोड्न तयार हुनैप¥यो । मातृकाले बीपीको आपूmले चाहना गरेको यो दोस्रो पद पनि खोसे । पहिलो नेपाली काङ्ग्रेसको अध्यक्ष पद पनि यसै गरेर खोसिएको थियो ।

मातृका प्रधानमन्त्री भएपछि जुन गोलीकाण्डको कारणले बीपीले राजीनामा दिएका थिए त्यसको जाँच गर्न होराप्रसाद जोशीको अध्यक्षतामा जाँच आयोग गठन गरे । यो सम्भवत नेपालको पहिलो जाँच आयोग थियो । त्यसले तीन दिनमा जाँच सिध्याएर प्रतिवेदन दियो, यो पनि सम्भवत सबैभन्दा छिटो सकिएको एक मात्र जाँच हो । यस प्रतिवेदनले बीपीलार्ई ठाडै दोषी देखायो, तर मातृकाले यो प्रतिवेदन दबाइदिए । यसरी कुनै कुरामा जाँच आयोग बनाएर त्यस प्रतिवेदनलार्ई रद्दीको टोकरीमा मिल्काउने परम्परा पनि नेपालमा बस्यो । विरोधीहरूले यस घटनालार्ई भाइलार्ई बचाउन गरिएको मातृकाको कुकर्मको संज्ञा दिने थिए । बीपीले पनि यसको अपजस नै दिए परिच्छेद ३८ मा ‘यस्तो लाजलाग्दो रिपोर्ट छ त्यो कि ठूल्दाजुसम्मलार्ई त्यसलार्ई प्रकाशित गर्न लाज भयो ।’

मातृका प्रधानमन्त्री भएपछि जुन गोलीकाण्डको कारणले बीपीले राजीनामा दिएका थिए त्यसको जाँच गर्न होराप्रसाद जोशीको अध्यक्षतामा जाँच आयोग गठन गरे । यो सम्भवत नेपालको पहिलो जाँच आयोग थियो । त्यसले तीन दिनमा जाँच सिध्याएर प्रतिवेदन दियो, यो पनि सम्भवत सबैभन्दा छिटो सकिएको एक मात्र जाँच हो । यस प्रतिवेदनले बीपीलार्ई ठाडै दोषी देखायो, तर मातृकाले यो प्रतिवेदन दबाइदिए । यसरी कुनै कुरामा जाँच आयोग बनाएर त्यस प्रतिवेदनलार्ई रद्दीको टोकरीमा मिल्काउने परम्परा पनि नेपालमा बस्यो । विरोधीहरूले यस घटनालार्ई भाइलार्ई बचाउन गरिएको मातृकाको कुकर्मको संज्ञा दिने थिए । बीपीले पनि यसको अपजस नै दिए परिच्छेद ३८ मा ‘यस्तो लाजलाग्दो रिपोर्ट छ त्यो कि ठूल्दाजुसम्मलार्ई त्यसलार्ई प्रकाशित गर्न लाज भयो ।’

मातृका प्रधानमन्त्री भएपछि त यो खटपट यति चुलियो कि जयप्रकाशसम्म पनि मध्यस्थता गर्न आउनुप¥यो । जयप्रकाशको पनि केही लागेन, घुक्र्याए, रिसाए तर बीपी टसको मस भएनन् । अन्ततः नेपाली काङ्ग्रेसमा एक सिद्धान्तको प्रतिपादन भयो सरकारप्रमुख र पार्टी अध्यक्ष एकै व्यक्ति हुन नपाउने । आजसम्म नेपाली काङ्ग्रेसमा त्यत्रो मन्थन भएर प्रतिपादन भएको सिद्धान्तले केवल दुईजनालार्ई छोएको छ, बीपीको निमित्त मातृकालार्ई र गिरिजाको निमित्त कृष्णप्रसाद भट्टराईलार्ई । बीपी, गिरिजा र सुशील यस्ता नाम हुन् जो यस सिद्धान्तभन्दा माथि देखिन्छन् । मातृकाले कार्यसमिति नामावली बीपीलार्ई तयार गर्न भन्थे र त्यसमा अन्तमा आफ्नो केही राख्न संशोधन गर्थे । यसमा पनि बीपीको भनाइअनुसार लिस्टमा पहिले नै मातृकाको मान्छेको नाम पनि राखेको हुन्थ्यो, अनि मातृकाले बीपीको मान्छेको नाम झिकेर अरू राख्दा त आफ्नो एकजना पनि नरहने भयो । यस्तो दुईचोटि भएको भनिएको छ । पहिलोचोटि यस्तो भइसकेपछि दोस्रोचोटि पनि यो सम्भव थियो वा थिएन त्यो पनि महत्वपूर्ण कुरा हो ।

जनकपुर सम्मेलनमा वचनअनुसार मातृकाले बीपीलार्ई सर्वसम्मत अध्यक्ष बनाउन सक्दो गरे । विरोध गर्ने केदारमान व्यथित, भद्रकाली मिश्रहरूको केही लागेन । छोडेर अर्को पार्टी नै बनाउनुप¥यो । तैपनि परिच्छेद ४० मा बीपी भन्छन्, ‘उहाँ यस उत्तेजनाबाट खुसी भए पनि उहाँले यो हङ्गामा गराउनुभएको थिएन ।’ यसरी हरेक कुराको भरसक आरोप नभए पनि खुसी मनाएको छेड आपूmमा आउन थालेपछि मातृका र बीपी एकै सङ्गठनमा रहन असम्भव प्रायः भयो । मातृकाले विशालनगरको विशेष अधिवेशनमा राजीनामा गरेर अर्को पार्टी गठन गरे ‘राष्ट्रिय प्रजा पार्टी’ । त्यो दिन र त्यो घटना नै नेपाली काङ्ग्रेसलार्ई सबैभन्दा नोक्सानको कारक भयो । फेरि लामो सङ्घर्षमा होमिनुपर्ने अवस्था यसैबाट पैदा भयो । बहुदलीय व्यवस्था पुनर्वहाली भएपछि पनि नेपाली काङ्ग्रेसका जति पनि सरकार भए ती अस्थिरताका कारक भए । यसले मातृकालार्ई पनि फाइदा भएन । बीपीमा सङ्गठन गर्ने क्षमता थियो, मातृकामा व्यवस्थापन गर्ने, यसको कुराको प्रमाणलार्ई किताबमा अनेकौँ उदाहरण छन् । मातृकाले आफ्नो पार्टी सङ्गठन बलियो बनाउन सकेनन् भने आजसम्म पनि काङ्ग्रेस पार्टी व्यवस्थापनमा कमजोर को कमजोर नै देखिएको छ । दुई भाइ मिलेका भए नेपाल आजका मितिमा सम्पन्न मुलुक हुने थियो भन्ने धारणा राख्नेको कमी छैन, तर यो एक कल्पना मात्र हो जसको कुनै अर्थ छैन ।