बालाजु टिम च्याम्पियन

बालाजु टिम च्याम्पियन


Sport Karate

नेपालको बालाजु कराते प्रतिष्ठानले तेस्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उपाधि जितेको छ । बालाजुले ११ स्वर्ण, ६ रजत र ७ कांस्य जित्यो । नेपाल सितोरियो करते डो सङ्घ, शाखा डोजा सामाखुसीद्वारा आयोजित प्रतियोगितामा भारत दोस्रो भयो । भारतले १ स्वर्ण, ६ रजत र २३ कांस्य हात पा¥यो । तेस्रो स्थानमा चित्त बुझाएको श्रीलंकाले १ स्वर्ण, २ रजत र ५ कांस्य प्राप्त ग¥यो । प्रतियोगिताको पुरुषमा भारतका आयुश तिप्रे तथा महिलामा नेपालकी प्राश्ना थापा उत्कृष्ट खेलाडी चुनिए । पुरुषमा नेपालका रसेश महर्जन तथा महिलामा नेपालकै जिया खड्गी उदीयमान खेलाडी घोषित भए । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगितामा बुटवलले अनुशासित टिमको उपाधि हात पा¥यो । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

अन्तर्राष्ट्रिय हाइस्कुल कराते

नेपाल कराते महासङ्घको तत्वावधान तथा नेपाल सितोरियो कराते सङ्घको वार्षिक कार्यक्रमअन्तर्गत अन्तर्राष्ट्रिय हाइस्कुल कराते प्रतियोगिता आयोजना हुने भएको छ । जेठ १३ गते सुरु हुने उक्त प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र भुटानका खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा महिला र पुरुषतर्फ चिल्डे«न क्याडेट, जुनियर, सिनियर एकल काता र टिम काता गरी कुल ८२ इभेन्ट प्रतिस्पर्धा हुनेछ । दशरथ रंगशालाको कभर्ड हलमा तीन दिनसम्म चल्ने उक्त प्रतियोगितामा ८२ स्वर्ण पदक राखिएको संयोजक ईश्वर थापाले जानकारी गराएका छन् । अघिल्लो संस्करणमा नेपाल टिम च्याम्पियन र भारत दोस्रो भएको थियो ।