बच्चा जन्माउन महिला नचाहिने

बच्चा जन्माउन महिला नचाहिने


baby-with-out-mother

के महिलाको डिम्बबिना बच्चा जन्मन सम्भव होला ? वैज्ञानिकहरूले त भविष्यमा महिलाको अण्डाणुबिना नै बच्चा जन्माउन सक्ने सम्भावना दर्शाएका छन् । यससम्बन्धी प्रयोग गरिरहेका वैज्ञानिक समूहले मुसामा यसको सफल प्रयोग गरिसकेका छन् । केवल शुक्राणुको मद्दतबाट बच्चा जन्माउन सफल भएपछि उनीहरू भविष्यमा बच्चा जन्माउने प्रक्रियाबाट महिलालाई टाढै राख्न सकिने निचोडमा पुगेका हुन् । बाथ युनिभर्सिटीका वैज्ञानिकहरूले एक अनिषेचित अण्डाद्वारा यस प्रयोगको सुरुवात गरेका थिए । उनीहरूले विभिन्न रसायन प्रयोग गरी एक नक्कली भ्रुण बनाए । अनुसन्धानकर्ताहरू यो मान्यतामा पुगे कि यदि मुसाको नक्कली भ्रुणमा शुक्राणु राखेर स्वस्थ मुसाका बच्चा पैदा गर्न सकिन्छ भने मान्छेमा पनि यो प्रयोग सफल हुन सक्छ । यसरी बच्चा पैदा गर्ने प्रक्रियामा अण्डाणुको भूमिका समाप्त हुने अर्थात् पुरुषले आफ्नो शुक्राणु र आफ्नै शरीरको कुनै कोसिकाको मद्दतबाट बच्चा पैदा गर्न सक्ने भएपछि सामाजिक सम्बन्धमा अनेक दुष्प्रभाव पर्न सक्ने अनुमान गर्दै अध्यताहरूले चिन्ता पनि व्यक्त गरेका छन् ।