‘पोलिटिकल सिन्डिकेट’ नतोडे बर्बाद हुनबाट देश जोगिँदैन

‘पोलिटिकल सिन्डिकेट’ नतोडे बर्बाद हुनबाट देश जोगिँदैन


– विनोद सिंह (पूर्वएआईजी)

Binod Singh former AIGP

प्रहरी सङ्गठनभित्र लोकप्रिय रहेको नाम हो– विनोद सिंह । नेपाल प्रहरीमा उहाँ एआईजीसम्म हुनुभयो र सङ्गठनमातहत मुलुकका विभिन्न स्थानमा सेवा गर्ने क्रममा आमनेपाली जनतासँग नजिक रही उहाँले काम गर्नुभयो । सैनिक परिवारमा जन्मिएर प्रहरीको उच्च तहको जिम्मेवारी सम्हाल्ने अवसर पाउनुभएका सिंहले नेपालका विभिन्न शासन–व्यवस्था तथा शासकहरूलाई नजिकबाट नियाल्नुभएको छ । विभिन्न सामाजिक संस्थामा आबद्ध रही समाजसेवा गर्दै आउनुभएका सिंह नेपाल पूर्वप्रहरी सङ्गठनको उपाध्यक्षसमेत हुनुहुन्छ । पछिल्ला दिनमा सिंह पूर्वकर्मचारीहरूद्वारा खोलिएको ‘नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी’को उपाध्यक्ष र प्रवक्ताको जिम्मेवारी निर्वाह गर्दै हुनुहुन्छ । हाल देशले व्यहोरिरहेको दयनीय राजनीतिक परिवेशमा उहाँको व्यक्तिगत तथा दलगत धारणालगायतका सवालमा गरिएको कुराकानी प्रस्तुत गरिएको छ ।

० देशको अवस्थालाई कसरी हेरिरहनुभएको छ ?
– देश बडो दयनीय अवस्थामा पु¥याइएको छ । माया लाग्छ, केही गरौँ भन्ने लाग्छ, तर यो मुलुकमा पुराना भनिएका दलहरूले सेन्डिकेट बनाई सत्ता र स्रोत कब्जा गरेका छन् । मानिस यातायातमा सेन्डिकेट छ भन्छन्, तर वास्तवमा देश नै राजनीतिक डनहरूका सेन्डिकेटको कब्जामा छ । भूभाग टुक्र्याएर, आन्तरिक गृहयुद्ध मच्चाएर, विदेशको हितमा काम गरेर यो मुलुकको अस्तित्व राजनीतिक सेन्डिकेटले खत्तम गर्ने अवस्था पु¥याएको छ ।

० तपाईंको विचारमा यो अवस्थामा देश पु¥याउन को जिम्मेवार छ ?
– पहिलो जिम्मेवार राजा हुन्, किनकि कानुनभन्दा माथिको अवस्थामा राखी भगवान्झैँ मानेर विपन्न नेपालीले कर तिरी–तिरीकन पाल्दा पनि राजाले स्वीडेन, इङ्ग्ल्यान्ड, भुटान, थाइल्यान्डका राजाहरूले जस्तो मुलुक समृद्ध पार्न वा त्यसतर्फ लान सकेनन् । दोस्रो जिम्मेवार नेपाली काङ्गे्रस हो, उसले खालि प्रजातन्त्र रटेर र रटाएर लुटतन्त्र अनि प्रशासनमा अराजकता निम्त्याई देशको व्यवस्था ध्वस्त तुल्याइदियो । तेस्रो जिम्मेवार एमाले, जो आफ्नै बहुमतको सरकार ढाल्दै पूरै मुलुकलाई केवल आफ्नै दलको चस्माबाट हेरी बर्बाद पा¥यो । चौथो– माओवादी हो, जसले गृहयुद्धमा लगेर देशलाई पचास वर्ष पछाडि धकेलिदियो । यी सबै दलरूपी पात्रहरू मिलेर यो सुन्दर मुलुकको स्वाभिमान पातालमा पु¥याइदिएका हुन् । आज नेपालमा जुन गरिबी छ, अस्थिरता र असुरक्षा छ अनि बाहिरी हस्तक्षेप छ, यो यिनै पात्र र दलहरूका कारणले आएको हो । तराईको समस्या पनि उनै पात्रहरूले जन्माएका हुन् ।

त्यस्तो व्यक्ति गाउँदेखि केन्द्रसम्म जताततै देखिरहेको छुु । ती लोकसेवा पास गर्न सक्ने विवेकबुद्धि भएका सेना, प्रहरी, निजामतीमा अनुभव बटुलेका कर्मचारीमा छन्, बैंक र उद्योग–व्यवसायमा अकल्पनीय उत्पादन गरेर देखाएका उद्यमी–व्यवसायीमा छन्, पीएचडीदेखि शैक्षिक संस्थामा विद्वान् भएर बसेका, ज्ञानदायी पुस्तक लेखेका, अध्ययन–अन्वेषण गरेका शिक्षाकर्मीमा छन्, आफ्ना कलमको माध्यमबाट देशलाई दिशा दिन सक्ने पत्रकार र संविधान बनाउन सक्ने कानुन व्यवसायीमा छन्, त्यस्ता व्यक्ति रूपन्देही मणिग्राममा गाई पालेर नमुना देखाउनेमा पनि छन् र बाग्लुङमा मौरी पालेर नमुना देखाउनेमा पनि छन् । यी अन्तर्राष्ट्रिय ख्यातिप्राप्त गरेका समाजसेवीमा छन् । ती जताततै छन् जसले आफ्नो खुबीमार्फत् कैयनलाई नोकरी प्रदान गरेका छन् । देशलाई कर दिएका छन् । ती कलाकारमा छन् अनि खेलाडीमा पनि छन् । हाम्रो काम यति मात्र हो कि तिनलाई एक ठाउँमा ल्याऔँ त्यसपछि अहिलेको सिन्डिकेट सदाका लागि समाप्त हुन्छ ।

० कसरी बचाउने त अब यो देशलाई ?
– अब यी चार दलको सिन्डिकेटबाट देशलाई बाहिर निकाली नयाँ मानिसलाई शासनमा लैजानुपर्छ । बाहिर बसेर दुःख मनाउ गरेर केही हुँदैन । हामीसँग तीनवटा विकल्प छ । पहिलो– यो सिन्डिकेटभित्र चन्दा–चाकडी गरेर छिर्ने अनि यही पुराना असफल, गनाएका र घातक नेताहरूलाई समर्थन गर्दै आफ्नो दुनो सोझ्याउने । दोस्रो– यो सिन्डिकेटको अवस्थासँग दिक्क भएर डिपे्रसनमा जाने वा देश छोड्ने । र, तेस्रो– यिनलाई परास्त गरेर मुलुकलाई आजाद गर्ने र सक्षम व्यक्तिबाट शासन चलाउने । यदि सक्षमबाट शासन चलाई देशलाई उन्नतितर्फ लैजाने हो भने अब नेपालीले नयाँ दल खोल्नैपर्छ र सबै नयाँ दलहरू मिली सिन्डिकेट र राजनीतिक डन भएर बसेकाहरूलाई सत्ताबाट हटाउनैपर्छ । नत्र आगामी दिनमा मुलुक बर्बाद हुनेछ । त्यस्तो मुलुकभित्र बसे हामी र हाम्रा सन्तानले पनि हदैसम्म दुःख पाउने निश्चित छ ।

० मानिसहरू त यही दलले देश विकास गर्छ भन्छन्, तर तपाईंले त फरक कुरो पो गर्नुभयो !
– कुनै पनि कुराको सङ्केत हुन्छ । सात सालदेखि आजसम्म पनि राजनीतिक व्यवस्था कुन ठीक भन्नेमै समय गइरहेको छ । प्रजातन्त्र आए ठीक हुन्छ भनियो, फेरि सक्रिय राजतन्त्र वहाल गरियो, अनि संवैधानिक राजतन्त्र र अहिले गणतन्त्र । आखिर मुलुकले के पायो ? हामी र थाइल्यान्ड उस्तै अवस्थाका थियौँ, आज त्यो देश कहाँ छ अनि हामी कहाँ ? अरबका मुलुकहरू कहाँ थिए ? आज ती देशमा काम गर्न हाम्रो देशका मान्छे जाने भए । यो किन भयो भन्दा यी दलले पटकपटक सत्ता पाउँदा पनि शासन गर्नै जानेनन् । राजनीति समाजसेवा हो, तर यिनले जागिर ठाने । त्यसैका माध्यमबाट सत्ता, पैसा र फेरि सत्ताको भूमरीमा यिनले मुलुकलाई पारे र आउँदो पचास वर्षसम्म ती दलको नेतृत्वमा को–को जानेछन् भन्ने अहिल्यै अनुमान गर्न सकिन्छ । त्यहाँ कुनै यस्ता अनुहार छैनन् जसले मुलुकको मुहार फेर्ने विश्वास गर्न सकियोस् । ती सब यही असफल साबित भएका अनुहारहरू नै हुन् । कमसेकम अहिलेसम्म मुलुक टुक्रेको छैन, त्यसैले यिनलाई छिटोभन्दा छिटो हटाइहाल्नुपर्छ, नत्र नेपाल अरू समस्यामा पर्नेछ । यस्तै हो भने नेपाल टुक्रिने, असफल राज्य घोषित हुने, बाह्य हस्तक्षेपमा पर्ने धेरै सम्भावना छ ।

० कसले चलाउनुप¥यो त देश ?
– देश विज्ञहरूले चलाउनुप¥यो र विज्ञहरू यस्तो सिन्डिकेट चलाएका पार्टीमा झोला बोक्न, कार्यकर्ता हुन वा थैली बोकेर पद किन्न जाँदैनन् । हरेक देशमा हेर्दा कोही काविल व्यक्ति त्यो देशको सर्वोच्च पदमा पुगेर नै मुलुकलाई समृद्ध र सुरक्षित बनाएको छ । ली क्वानले सिंगापुर बनाए । नेपालमा ली क्वानजस्तै मान्छे ल्याउनुपर्छ । यहाँ पनि त्यस्ता मानिस नभएका होइनन्– छन्, तर तिनीहरू राजनीतिमा छैनन् । किनकि, सिन्डिकेट दलहरूले तिनलाई छिर्नै दिँदैनन् र टीका–माला लगाएर छिराए पनि साधारण र सक्रिय अनि गाउँका सदस्यमै जिन्दगी बिताइदिन्छन् । अब गाउँदेखि केन्द्रसम्म शासनमा नयाँ, काविल, ऊर्जावान र मुलुकलाई माया गर्ने मान्छे ल्याउनैपर्छ । त्यो हामी, हाम्रो स्वाभिमान र हाम्रा सन्ततीका लागि अनिवार्य रूपमै गर्नुपर्ने भएको छ ।

० तपाईं कहाँ देख्नुहुन्छ त्यस्ता व्यक्ति ?
– म त्यस्तो व्यक्ति गाउँदेखि केन्द्रसम्म जताततै देखिरहेको छुु । ती लोकसेवा पास गर्न सक्ने विवेकबुद्धि भएका सेना, प्रहरी, निजामतीमा अनुभव बटुलेका कर्मचारीमा छन्, बैंक र उद्योग–व्यवसायमा अकल्पनीय उत्पादन गरेर देखाएका उद्यमी–व्यवसायीमा छन्, पीएचडीदेखि शैक्षिक संस्थामा विद्वान् भएर बसेका, ज्ञानदायी पुस्तक लेखेका, अध्ययन–अन्वेषण गरेका शिक्षाकर्मीमा छन्, आफ्ना कलमको माध्यमबाट देशलाई दिशा दिन सक्ने पत्रकार र संविधान बनाउन सक्ने कानुन व्यवसायीमा छन्, त्यस्ता व्यक्ति रूपन्देही मणिग्राममा गाई पालेर नमुना देखाउनेमा पनि छन् र बाग्लुङमा मौरी पालेर नमुना देखाउनेमा पनि छन् । यी अन्तर्राष्ट्रिय ख्यातिप्राप्त गरेका समाजसेवीमा छन् । ती जताततै छन् जसले आफ्नो खुबीमार्फत् कैयनलाई नोकरी प्रदान गरेका छन् । देशलाई कर दिएका छन् । ती कलाकारमा छन् अनि खेलाडीमा पनि छन् । हाम्रो काम यति मात्र हो कि तिनलाई एक ठाउँमा ल्याऔँ त्यसपछि अहिलेको सिन्डिकेट सदाका लागि समाप्त हुन्छ । अहिलेका नेता भनौँदाहरू खालि ‘बटुल्न’ आएका हुन्, देशलाई दिन होइन । बटुल्न आएकाबाट हामी मुलुक परिवर्तन हुन्छ भनेर कल्पना गर्छौं भने कति गलत छौँ त हामी ? राम्रो मन्त्रालय पाउन मरिहत्ते गर्ने मन्त्रीबाट देश विकास हुन्छ भनी सोच्नु ती गलत होला ?

० तपाईंले भनेजस्ता सक्षम र इमानदार व्यक्तिहरूलाई कसरी एक ठाउँमा ल्याउने नि ?
– सबभन्दा पहिले नयाँ पार्टीहरू खोल्न जरुरी छ । त्यो नयाँ भनेको असफल भएर गएका राजनीतिक पार्टीका नेताले खोलेको पार्टी होइन, नितान्त सिन्डिकेटभन्दा बाहिर मानिसहरूलाई अगाडि बडाउनुपर्छ जसलाई नेपाली जनताले कुनै क्षेत्रमा उत्पादन गरेर देखाएको व्यक्तिको रूपमा चिनुन् । ती पूर्वसेना, निजामती कर्मचारी, पत्रकार, कानुन व्यवसायी, उद्योग व्यवसायी, सामाजिक क्षेत्र वा मनोरञ्जन वा खेलकुदबाट पनि हुन सक्छन्् । हामीले त्यस्ता व्यक्तिलाई एउटा नयाँ पार्टीमा गोलबद्ध गरी गाउँदेखि केन्द्रसम्म परिचालन गर्नुपर्छ । यति गर्न सके सिन्डिकेट बनाएर बसेका मै हँु भन्ने घमण्डले चुर भएका पार्टीहरू तासको घर ढलेझैँ ढलेर जानेछन् । यसका लागि हामीले नयाँ राजनीतिक दल खोली त्यो प्लेटफर्ममा टेकेर नयाँ मान्छे शासनमा पु¥याउनुपर्छ र त्यो सकिन्छ । नसकेर पनि सुखै छैन, अब यो काम देश र जनताका लागि गर्नैपर्छ ।

० तपाईंले पनि पार्टी खोल्नुभयो कि कसो ?
– हामीले यही आवश्यकता महसुस गरी पूर्वनिजामती, सैनिक, प्रहरी, शिक्षकहरू मिलेर नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी भनी निर्वाचन आयोगमा दर्ता गरी पचहत्तरै जिल्लामा सङ्गठन विस्तार गरिसकेका छौँ । हामी राष्ट्रसेवक भन्ने मात्र नाम राख्न चाहन्थ्यौँ, तर निर्वाचन आयोगले मानेन । अरू पनि थुप्रै नयाँ पार्टी खुलेका छन्, अब नयाँहरू क्रमशः एक ठाउँमा आउनुपर्छ ।

० यदि चुनाव भएमा नयाँ पार्टीहरूले कसरी अहिलेका पुराना र देशभर सङ्गठन भएका दलहरूसँग मुकाबिला गर्न सक्छन् त ?
– यदि पैसा र सङ्गठनको आधारमा हेर्ने हो भने यी पार्टीहरूसँग प्रशस्त पैसा छ जुन यिनीहरूले प्रधानमन्त्री, मन्त्री र राज्यका ठूला ओहोदामा आफू या आफ्ना मानिस पठाएर राज्यकोषबाट हडपेका हुन्, वा जनताको काम सीधा ढङ्गले नगरी नजराना लिएर, तर्साएर, काम रोकेर वा आतङ्क मच्चाएर जम्मा पारेका हुन् । पैसाले चुनाव जितिन्छ भने अवश्य यी बलिया छन् । गुण्डा परिचालन गर्न यी काबिल छन् । सत्तामा बसेर यिनले प्रशासन, शासनको दुरुपयोग गरेर वा विदेशीलाई भित्रभित्रै देश बेचेर आशीर्वाद पनि पाएका होलान् । तर, यथार्थ यो पनि हो कि नेपालका कुनै पनि भोटर्स यी सिन्डिकेट पार्टीसँग सन्तुष्ट छैनन् । उनीहरू यिनलाई हटाउन चाहन्छन्, तर बाक्सा थाप्ने बेलामा देशभर यिनै मात्र हुन्छन् । नयाँ बाक्सा थाप्ने हिम्मत नेपालीहरूमा नहुनाले उनीहरूलाई सबैभन्दा फाइदा भएको छ । हामीले यी राजनीतिक सिन्डिकेट ढाल्ने दृढ प्रतिज्ञा गरेर चुनावमा जानुपर्छ । यिनले सत्ता र यिनका अन्धभक्त लगाएर दुःख पनि दिन सक्छन्, हरेस खुवाउन पनि सक्छन्, तर विजय निश्चित छ । यी नेताहरूमा नैतिकता बहुतै कमी छ र नैतिकता कम भएका नेतालाई राजनीतिमा धक्का दिन त्यति कठिन छैन ।

० देशभर त ठूलै पार्टीको चर्चा छ नि ?
– हो, किनकि ती सत्तामा छन् । हेलिकोप्टर चढ्छन् । पैसा छ, तर कुनै राजनीतिक दलले करोडौँ खर्च गरी प्रचार गर्दा हामीले कहिल्यै यो पैसा कहाँबाट आयो भनेर सोधेनौँ । आज पाँच हजार घुस खायो भनी खरदार कारबाहीमा पर्छ, तर करोडौँ खर्च गरेर महाधिवेशन गर्दा हामी प्रश्न उठाउँदैनौँ । गाउँ, नगर, जिल्ला र केन्द्रमा सर्वदलीय भन्दै राज्यस्रोतमाथि सिन्डिकेटकै कब्जा छ । त्यही सिन्डिकेटबाट प्रत्यक्ष लाभ पाएका कार्यकर्ता, नेता र कर्मचारी नै जनतासामु देखिएका हुन् । जनताले पनि यिनलाई देख्नु स्वाभाविकै हो, तर यी सबै पार्टी ‘काले–काले मिलेर खाउँ भाले’ भन्नेवाला हुन् । आफ्नो भत्ता बढाउन र आफ्ना नेतालाई लाखौँ–करोडौँ उपचार खर्च दिन उनीहरू कसरी एक हुन्छन् ! तर, जनताको बाटो खन्ने काममा एक ठाउँमा हुँदैनन् । सिन्डिकेटका कार्यकर्ताहरू पार्टीका जागिरेजस्तै हुन् र तिनले जागिर खान केही नाटक देखाइराख्छन् । त्यसैले मात्र ठूला देखिएका हुन् ।

० सबै जनता त कुनै न कुनै दलमा लागेकै छन्, फेरि नयाँमा को आउँछन् ?
– मान्छेलाई भ्रम छ कि सबै जनता कुनै न कुनै पार्टीमा छन् । वास्तवमा सिन्डिकेट पार्टीहरूमा दुई लाख जति कार्यकर्ता र तिनका परिवारबाहेक अरू कोही छैनन् । तर, जनतालाई बाध्यता के छ भने तिनले भोट हाल्ने ठाउँमा यिनकै मात्र ढ्वाङ छ । तपाई सर्भे गर्नुस् मानिसहरू यी दलहरूलाई पटक्कै मन पराउँदैनन् । तर, हवाईजहाजका खानाजस्तो, दुईवटा खाना हुन्छ, एउटा बाध्यतावश खानैपर्छ । हजाईजहाजबाट निस्केर अन्यत्रै खान जान सकिँदैन । त्यस्तै, नेपालीले अहिले यही काङ्गे्रस, एमाले, माओवादी, राप्रपामध्येमै एक छान्नुपर्ने बाध्यता छ । खाए खाऊ नत्र नखाऊ भनेपछि के गर्ने मन नपरे पनि एउटा खाना त खानैप¥यो । त्यसैलाई यी सिन्डिकेट पार्टीहरूले मेरा मान्छे भनेका हुन् । वास्तवमा यिनीहरूसँग प्रत्यक्ष खान पाएका कार्यकर्ता मात्र छन्, जनता छैनन् ।

० तपाईंले भनेजस्तो नयाँ पार्टीबाट चुनावमा उठ्नेचाहिँ कस्ता पात्र हुनेछन् नि ?
– पहिला चुनाव डिक्लियर होस् । मलाई लाग्छ तराईको सम्बन्धमा कि चित्त बुझाएर वा पेलेर जानेबाहेक सरकारसँग अर्को विकल्प छैन । चित्त बुझाउने नाममा अखण्डतामाथि आँच पु¥याए जनताले त्यो दल र नेताको अस्तित्व खत्तम गरिदिन्छन् । अर्कोतर्फ संविधानमै चुनावको मिति तोकिएको हुँदा सरकारले मिति घोषणा गरेझैँ गर्नुपर्ने बाध्यता पनि छ । एमालेलाई अहिले हाम्रो स्थिति ठीक छ भन्ने भ्रम छ र माओवादीलाई चाहिँ चुनाव भए अहिलेभन्दा तल झर्छु भन्ने चिन्ता छ । सबैले चुनाव मेरा लागि सत्तामा जान अनुकूल छ कि प्रतिकूल भनी क्याल्कुलेसन गर्दै छन् । त्यसैले मलाई स्थानीय चुनाव हुन्छ भन्नेमा अझै विश्वास छैन, तर राज्य सञ्चालनमा जान चुनाव भने हुन्छ । प्रदेशको नाममा अहिले सीमा छुट्याउन सकिन्न । यदि सङ्घीयतामा जाने नै भए पहिलाको पाँच विकास क्षेत्रलाई नै मानेर राज्य बनाए तथा पुरानै गाउँ तथा नगरको मोडलमा गए चुनाव सहज हुन सक्छ र त्यो देशका लागि फाइदाजनक हुन्छ । त्यसैले हामी सरकारको निर्णय हेर्दै छौँ र भित्री तयारी गर्दै छौँ । भित्रभित्र को उठाउनुपर्छ, कस्ता उठाउनुपर्छ भन्ने गृहकार्य भइरहेको छ ।

प्रहरीको गौरवमय इतिहासमा यस्तो दुःखद् स्थिति आएको थिएन, तर यसमा राजनीतिक सिन्डिकेटको साथसाथै दोष पूर्वप्रहरी महानिरीक्षकहरूको पनि छ जसले त्यो पदमा पुग्न प्रतिद्वन्द्वीलाई जेल हाल्न षड्यन्त्र गरे, कृष्णप्रसाद भट्टराईलाई हराई गिरिजालाई माथि ल्याउन प्रहरी सङ्गठन प्रयोग गरे, सङ्गठनलाई राजनीतीकरण गरे, जसले रत्नशमशेरलाई बीचमै हटाउन ३० वर्षे लगाई भएका आईजीपीलाई ‘कु’ गर्ने प्रचलन चलाए, जसले सरकार परिवर्तनसँगै त्यो दललाई पैसा र चुनाव जिताउने वाचा गर्दै थैली चढाई भएका आईजी हटाई त्यो पद हडपे, जसले तस्कर र व्यापारीहरूलाई पैसा तिर्न लगाई त्यो पद हडपी प्रहरी सङ्गठनलाई अपराधीकरण गरे, जसले जातीयता–क्षेत्रीयतालाई अघि सारी त्यो पद हडपे, जसले प्रहरीको कल्याण कोषदेखि खरिद–बिक्रीसम्ममा कमिसन खाई दलहरूलाई रकम बुझाए, जसले सिनियारिटी मिचेर प्रहरीभित्रै गुट बनाई वृत्ति विकास ध्वस्त बनाए र जसले प्रहरीको मर्यादा, इज्जत र ऐतिहासिक परम्परालाई राजनीतिक दलको पाउमा बुझाई अझ विदेशी जासुसी एजेन्ट तथा नेताहरूको शरणमा पुगी प्रहरीलाई जोकर बनाए ।

० तपाईं यो काम अरू पार्टीमा गएर गर्न सक्नुहुन्न ?
– पहिलो कुरा त त्यहाँ पैसा नतिरी कुनै पद नै पाइन्न । दोस्रो, पैसा तिरेर त्यहाँ पद किने पनि ती टुरिस्टजस्तो भई घुम्न र रोवर्टजस्तो भई टेबुल ठटाउन मात्र जाने हो । तेस्रो, तपाईं त्यो दलमा गए साधारण सदस्य र सक्रिय सदस्य भन्दै मर्नुहुन्छ । यो देश बनाउँछु भन्नेले अरू पार्टीमा जानु भनेको आत्महत्या गर्नुजस्तै गल्ती हो । हामीले नयाँ पार्टीबाटै जानुपर्छ । पुराना पार्टीमा कुनै त्यस्तो अनुहार छैन जसलाई हामीजस्ता व्यक्तिले नेता मान्न सकौँ । तीभन्दा त आफैँ सक्षमजस्तो लाग्छ । अहिले केही कर्मचारी, व्यापारी, शिक्षक, पत्रकार कानुन व्यवसायी, शिक्षाकर्मीमध्ये केही यी सिन्डिकेटे दलहरूमा लागेका छन् भने ती त्यहाँ नेता र नीति देखेर नभई जागिर, व्यवसाय जोगाउन, स्वार्थ पूरा गर्न र यिनले कमसेकम शान्तिसँग बस्नसम्म दिउन् भनेर मात्र लागेका छन् । यिनका दलका काम र नीति देखेर स्वाभिमानी मान्छेहरू न यिनका दलमा जान सक्छन् न यिनलाई नेता मान्न नै सक्छन् । काम लिन बाध्यतावश जानैपर्छ किनकि यी सरकारमा छन् । म पुराना दलहरूमा प्रवेश गर्ने कुरा त कल्पना पनि गर्न सक्दिनँ ।

० तपाईं त पूर्वप्रहरी अधिकृत पनि हुनुहुन्छ । हाल प्रहरीमा देखिएको आईजीपी विवादलाई कसरी हेर्नुहुन्छ ?

– यो परिस्थिति पनि राजनीतिक सिन्डिकेटकै स्वार्थ, लापरबाही, अज्ञानता र दुष्कर्मले निम्त्याएको हो । प्रहरीको गौरवमय इतिहासमा यस्तो दुःखद् स्थिति आएको थिएन, तर यसमा राजनीतिक सिन्डिकेटको साथसाथै दोष पूर्वप्रहरी महानिरीक्षकहरूको पनि छ जसले त्यो पदमा पुग्न प्रतिद्वन्द्वीलाई जेल हाल्न षड्यन्त्र गरे, कृष्णप्रसाद भट्टराईलाई हराई गिरिजालाई माथि ल्याउन प्रहरी सङ्गठन प्रयोग गरे, सङ्गठनलाई राजनीतीकरण गरे, जसले रत्नशमशेरलाई बीचमै हटाउन ३० वर्षे लगाई भएका आईजीपीलाई ‘कु’ गर्ने प्रचलन चलाए, जसले सरकार परिवर्तनसँगै त्यो दललाई पैसा र चुनाव जिताउने वाचा गर्दै थैली चढाई भएका आईजी हटाई त्यो पद हडपे, जसले तस्कर र व्यापारीहरूलाई पैसा तिर्न लगाई त्यो पद हडपी प्रहरी सङ्गठनलाई अपराधीकरण गरे, जसले जातीयता–क्षेत्रीयतालाई अघि सारी त्यो पद हडपे, जसले प्रहरीको कल्याण कोषदेखि खरिद–बिक्रीसम्ममा कमिसन खाई दलहरूलाई रकम बुझाए, जसले सिनियारिटी मिचेर प्रहरीभित्रै गुट बनाई वृत्ति विकास ध्वस्त बनाए र जसले प्रहरीको मर्यादा, इज्जत र ऐतिहासिक परम्परालाई राजनीतिक दलको पाउमा बुझाई अझ विदेशी जासुसी एजेन्ट तथा नेताहरूको शरणमा पुगी प्रहरीलाई जोकर बनाए । यस्ता पूर्वआईजीपीहरूकै कारण दलहरू र विदेशले अहिले आईजीपी बनाउँदा तमासा गर्न पाएका हुन् । सिन्डिकेटका दलहरूलाई लागेको छ– हामी प्रहरी, सशस्त्र सेनामा जे मन लाग्छ त्यो गर्न सक्छौँ, किनकि यिनले सुरक्षा इकाइ कमजोर हँुदा राजनीतिक व्यवस्था पनि कमजोर हुन्छ भन्ने बुझेकै छैनन् । यस्ता कुरा बुझ्न र बुझाउन पनि र सक्षम नयाँ दलको माध्यमबाट शासनमा आउनैपर्ने भएको छ । मजस्ता सम्पूर्ण पूर्वकर्मचारी पनि एक ठाउँमा आएर राजनीतिक सिन्डिकेट तोड्न सक्रिय हुनुपर्छ ।

० अन्त्यमा थप केही भन्न चाहनुहुन्छ कि ?
– आर्थिक, सांस्कृतिक, परराष्ट्र र रक्षाजस्ता निकाय कुनै पनि राज्यका महत्वपूर्ण खम्बा हुन् । यी सबै खम्बा वा मुलुकका अहम् शक्ति दिनानुदिन धराशायी हुँदै छन् । यी शक्ति धराशायी हुनु भनेको मुलुक आन्तरिक रूपमा विशृङ्खलित हुनु, गृहयुद्धमा पर्नु, बाह्यजालमा परेर कठपुतली बन्नुपर्ने अवस्था निम्तनु हो । यस कहालीलाग्दो अवस्थाबाट यदि पुराना दलहरूले नेपाल र नेपालीलाई मुक्त तुल्याउन सक्दैनन् भन्ने हाम्रो पार्टीको ठहर छ । यदि तमाम नेपालीलाई पनि यस्तै लाग्छ भने हामीलाई साथ दिन आग्रह गर्दछु । हाम्रो अनुभवी समूहले मुलुकलाई फेरि ट्रयाकमा ल्याउनेछ । स्थानीय निर्वाचनको मिति तय भएको हुँदा अब हाम्रो पार्टीलाई विश्वास गरी मौका प्रदान गर्न म अनुरोध गर्दछु ।