पूर्वअध्यक्ष रेग्मी अमेरिकामा सम्मानित

पूर्वअध्यक्ष रेग्मी अमेरिकामा सम्मानित


regmi

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलाई अमेरिकाको सामाजिक संस्था ‘वि केयर फर ह्युम्यानिटी’ले ‘एसिया डिग्निटेरी म्यान अफ द इयर’ नामक अन्तर्राष्ट्रिय सम्मान प्रदान गरेको छ । चुनौतीपूर्ण परिस्थितिमा नेपालको संविधानसभाको निर्वाचन सम्पन्न गर्न २०७० सालमा सरकारको नेतृत्व गरी निर्वाचन सम्पन्न गरेको योगदान तथा न्याय सेवामार्फत जनता र समाजलाई पुर्‍याएको योगदानसमेतको मूल्याङ्कन गर्दै सो सम्मान प्रदान गरिएको बताइएको छ ।

अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्र्रसङ्घ भवनमा अगस्ट १७ देखि १९ सम्म आयोजित मानवतासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीलगायत विश्वका विभिन्न देशका सरकारप्रमुख, पूर्वसरकारप्रमुख, पूर्वराष्ट्र्रप्रमुख तथा प्रसिद्ध सामाजिक अभियन्तालाई आयोजकले उहाँहरूको योगदानको कदर गर्दै सम्मान गरेको हो ।