पत्नीलाई कुकुरसँग सम्पर्क गराएपछि…

पत्नीलाई कुकुरसँग सम्पर्क गराएपछि…


lady-with-dog

६५ वर्षको उमेरमा पनि यौनजन्य अश्लील व्यवहार गर्ने आदतबाट ग्रसित एक बेलायती वृद्धलाई एक वर्षको जेल सजाय दिइएको छ । डेनियल गेलोवे नामक यी पात्तिएका बूढामाथि आफ्नै ६४ वर्षीया पत्नीलाई तीनवटा अलग–अलग नश्लका कुकुरहरूसँग यौनसम्पर्क राख्न उक्साएको अभियोग लागेको थियो । आरोप प्रमाणित भएपछि उनमाथि सजाय तोकिएको हो । डेनियलले आफूमाथिको आरोप स्वीकार गरेका मात्र नभई प्रहरी छानबिनका क्रममा उनको सुत्ने कोठाबाट स–साना बालबालिकाका १२ हजारभन्दा बढी अश्लील तस्बिरसमेत बरामद भएको थियो । अझ आश्चर्यको कुरा त यो छ कि वृद्धा पत्नी केरोललाई कुकुरहरूसँग यौनसम्पर्क गर्न लगाएको अवस्थाका १ सय ९१ वटा थप तस्बिर पनि प्रहरीले डेनियलको घरमा फेला पारेको थियो । डेनियल यसरी प्रहरी फन्दामा कसैको उजुरीका कारण परेका भने होइनन् । कुनै अर्कै घटनाको छानबिन गरिरहेको ब्रिटिस प्रहरी संयोगवश डेनियल र केरोलको गतिविधिप्रति आकर्षित भएका थिए । एक अनौठो सेक्स पार्टीबारे अनुसन्धान गर्ने क्रममा उनीहरू प्रहरीको नजरमा परेका थिए । डेनियलजस्ता थुप्रै व्यक्तिले एउटा यस्तो क्लब खडा गरेका थिए, जुन क्लबका सदस्यहरू विभिन्न महिलालाई पहिले कुकुरसँग सेक्स गराउँथे र पछि ती महिलासँग आफू संसर्ग गर्थे । बुढेसकालमा बेग्लै प्रकारले आनन्द लिन आफूले यस्तो हर्कत गर्ने गरेको डेनियलले प्रहरीसमक्ष बयान दिएका थिए ।