नेशनल एक्टिङ कम्पिडिसनको तयारी

नेशनल एक्टिङ कम्पिडिसनको तयारी


kala-1

‘नेशनल एक्टिङ कम्पिडिसन २०१६’ नामक युवायुवतीको अभिनय कला निखार्ने प्रतियोगिताका अन्तिम प्रतिस्पर्धी प्रशिक्षमा जुटेका छन् । पहिलो र दोस्रो चरणको अडिसन मार्फत देशभरबाट छानिन सफल ५० प्रतियोगी इन्टरनेशनल क्लब सानेपामा प्रशिक्षणमा जुटेका हुन् ।

प्रशिक्षणमार्फत प्रतियोगिका कला निखार्ने काम भने कलाकार अनुप बराल, दिया मास्के, बिक्रम परियार, देव न्यौपानेलगायतले गरिरहेका छन् । अभिनय, नृत्य, संगीत, गायन, ब्यक्तित्व विकाश, फेसन ओरिन्टेसन, सेल्फ मेकअफलगायत विषयमा उनीहरुले ज्ञान हासिल गर्ने आयोजक नेक्स्ट मोडल्स नेपालकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन् ।

युवायुवतीको अभिनय कला पहिचान गरि नेपाली चलचित्र तथा अभिनय जगतमा नयाँ आयाम ल्याउने उदेश्यले नेपालमा आयोजित अभिनयको यो पहिलो प्रतियोगिता हो । ३५ दिनको प्रशिक्षणपछि मात्र प्रतियोगी अन्तिम स्पर्धामा उत्रिने छन् । अन्तिम स्पर्धामा टप २०, टप १०, टप ५ हुँदै उत्कृष्ट एक अर्थात बिजेता छानिने छ ।

आउँदो मंसिर अन्तिम साता आयोजना हुने अन्तिम स्पर्धाका बिजेताले चलचित्र, म्युजिक भिडियो, विज्ञापन चलचित्र अभिनय अवसरका साथै नगद र विभिन्न उपहार पनि प्राप्त गर्ने आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए ।