निर्देशकले दिइन् कलाकारलाई यस्तो आदेश

निर्देशकले दिइन् कलाकारलाई यस्तो आदेश


film-555

चलचित्र ‘तँ म र ऊ’ को नयाँ प्रोमो तथा गीत सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा प्रोमो तथा दुई गीत सार्वजनिक गरिएको हो । प्रोमो चलचित्रका महत्वपुर्ण दृश्यहरु राखेर आकर्षक बनाइएको छ । सार्वजनिक गीत ‘त म र उ ..र बोलर तिम्रो घरमा.. ’ बोलको रहेको छ । प्रोमोमा चलचित्रका कलाकार आमेश भण्डारी, सुदिन प्रसाईं र निता ढुङ्गाना देखिएका छन् । चलचित्र महिला निर्देशक लछु गौतमले निर्देशन गरेकी हुन् ।

कार्यक्रममा चलचित्र निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठले पछिल्लो समय महिला निर्देशनमा देखिनु सकारात्मक रहेको बताइन् । उनले महिला निर्देशकलाई महिलाको रुपमा भन्दा पनि श्रृजनका आधारमा स्थान दिनुपर्ने जोड दिइन् ।

त्यस्तै चलचित्रकी निर्देशक लछु गौतमले कलाकारको दायित्व पैसा लिएर चलचित्र खेल्ने मात्र नभएर प्रचार प्रसारमा पनि हिँड्नुपर्ने रहेको बताइन् । आफ्नो चलचित्रको मुख्य कलाकबार आमेश र निताले चलचित्रको प्रचार प्रसारमा साथ नदिएको गुनासो समेत उनले गरिन् । भनिन् ‘रिलिजको बेला कलाकारले साथै दिदैनन् अनि कसरी चलचित्रको लगानी उठ्छ ।’ कलाकारका कारण निर्माणको लागि अहिलदे धरासाहिमा पर्ने गरेको उनको भनाई थियो । चलचित्रका नायक तथा निर्माण सुदिन प्रसाइले चलचित्रको बिषयमा बताउँदा नेफ्टाका पुर्वअध्यक्ष मनोज केसीले पनि कलाकार चलचित्रको प्रचारमा साथ नदिनु सबैका लागि हानिकार हुने मन्तब्य राखेका थिए ।

श्रद्धा फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र ‘तँ म र ऊ’ त्रिकोणात्मक प्रेमकथामा आधारीत चलचित्र हो । एक प्रेमीजोडी बीच अर्काे एक युवकको प्रवेशले ति जोडीको जिवनमा कस्तो उतार चढाव ल्याउछ भन्ने चलचित्रमा देखाउन खोजिएको छ ।

जोमसोम, कागबेनी, मुक्तिनाथ, काठमाडौंलगातका विभिन्न रमणिय स्थानमा छायाँकन गरिएको चलचित्रमा नीता ढुङ्गाना, आमेश भण्डारी, सुदिन प्रसाई, कविन्द्रराज पुरी, दिनेश डि.सी., प्रभाकर श्रेष्ठ, अञ्जना आर.सी., पुर्णीमा क्षेत्री र बालकलाकारहरु राजेन्द्र बस्नेत, रोजिना अधिकारीलगायतको अभिनय रहेको छ ।

सेन्सर बोर्डबाट सबैले हेर्न मिल्ने प्रमाण पत्र अर्थात युनिभर्सल सर्टिफिकेट पाएको ‘तँ म र ऊ’ अगामी मंसिर १७ मितिमा देशभरका चलचित्र भवनमा एकसाथ प्रदर्शनमा आउँदैछ । नवराज प्रसाई, पदम प्रसाई र रविन्द्र पराजुलीको निर्माण र सुदिन प्रसाईको लेखन, प्रस्तुति रहेको चलचित्रमा आमेश भण्डारी र सागर गौतमको संगीत रहेको छ ।