नवनियुक्त राजदूत डा. दुर्गाबहादुर सुवेदीकाे अागमन

नवनियुक्त राजदूत डा. दुर्गाबहादुर सुवेदीकाे अागमन


dsc_0037-1024x670लन्डन । बेलायतका लागि नवनियुक्त राजदूत डा. दुर्गाबहादुर सुवेदी आफ्नो कार्य सम्हाल्न आफ्नी श्रीमती पुनम क्षेत्रीसहित बुधवार साँझ बेलायत आइपुगेका छन् । राजदूत दम्पत्तीको स्वागतार्थ बेलायती विदेश मन्त्रालयका विशेष प्रतिनिधि निकोलस ज्यारोल्ड, कार्यवहाक राजदूत शरदराज आरन, थर्ड सेक्रेटरी भूपेन्द्रप्रसाद घिमिरे, अट्याची तेजेन्द्र रेग्मी लगायतका व्यक्तिहरु विमानस्थलमा पुगेका थिए । लगभग ३० वर्ष परराष्ट्रमा सेवा गरिसकेका सुवेदी झापा नेपालका स्थायी बासिन्दा हुन् । झन्डै अढाइ वर्षपछिको प्रतीक्षापश्चात बेलायतले २०औं राजदूतको रुपमा सुवेदीलाई पाएको हो ।

राजदूत सुवेदीले आज २९ सेप्टेम्बरबाट नै आफ्नो पदभार ग्रहण गरिसकेका छन् । आफूले पदभार ग्रहण गर्नेबित्तिकै आउँदो अक्टोवर ३ देखि लागू हुने गरी दूतावासले प्रदान गर्ने भीसा, राहदानी लगायतका कन्सुलर सहज बनाई शीघ्र तवरले जनमैत्री सेवा प्रदान गर्ने निर्णय गरेका छन् । जसअनुसार भीसा सेवा बिहान ०९:१५ देखि अपरान्ह ०३:१५ बजेसम्म र राहदानी तथा अन्य कन्सुलर सेवा बिहान ०९:१५ देखि अपरान्ह ५ बजेसम्म संचालन गरिनेछ । यसअघि उक्त सेवा १२ बजेसम्ममात्र संचालन गरिंदै आएको थियो । यसरी गरिएको थप समय र सेवाबाट जनमैत्री सेवा प्रवाह हुनुका साथै नेपाल भ्रमण गर्न चाहने पर्यटक तथा सम्पूर्ण नेपालीहरुलाई थप सहुलियत पुग्न जाने राजदूत सुवेदीको धारणा रहेको छ ।
-नरेन्द्र बस्नेत