दिनको खानापछि सुत्नु खतर्नाक

दिनको खानापछि सुत्नु खतर्नाक


sleeping-after-eating

दिनको खाना खाएपछि अक्सर गरी निद्रा आउँछ । खाना खाएपछि एक–डेढ घन्टा पल्टिएर निदाउनैपर्ने आदत बोकेका मानिस धेरै भेटिन्छन् । तर, विचार गर्नुस्, यदि तपाईं दिनको समयमा एक घन्टाभन्दा बढी समय सुत्नुहुन्छ भने ज्यानकै खतरा हुन सक्छ । एक रिसर्चले देखाएअनुसार दिउँसो एक घन्टा वा त्यसभन्दा धेरै समय सुत्नेलाई हाइपरग्लाइकेमिया नामक रोग लाग्न सक्छ, जो ‘टाइप–२ डाइबेटिज’सँग मिल्दोजुल्दो हुन्छ । अध्येता समूहले तीन लाखभन्दा बढी जापानी नागरिकमाथि गरेको अध्ययनबाट प्राप्त नतिजाअनुसार अपराह्नमा सुत्ने धेरैजसो व्यक्तिमा अल्छी लाग्ने वा थकित महसुस हुने प्रवृत्ति देखियो, जसका कारण ती व्यक्तिमा शरीर कमजोर हुने र ब्लड प्रेसर कम हुने समस्याले गाँजेको थियो । त्यसैले, खाना खाएपछि सुत्नुको साटो एकछिन टहलिने आदत बसाउनु स्वास्थ्यका दृष्टिले अत्यन्त लाभदायक हुने विज्ञहरूको कथन छ ।