दाहसंस्कारमा पोलडान्स

दाहसंस्कारमा पोलडान्स


27-last-duty

मृत्युको मलामी जाने बेला पोलडान्सर भेला गरी डान्स प्रदर्शन गरेको सुन्दा अनौठो नलाग्ने कुरै भएन । घटना ताइवानको हो । हालै त्यहाँका एक लोकल तहका नेता ७६ वर्षीय तुङ स्याङको मृत्यु भयो । उनको शवलाई दाहसंस्कारको निम्ति लैजाने क्रममा पचास पोलडान्सर युवतीलाई उतारियो । रङ्गीचङ्गी पारेर सिँगारिएका जिपहरूमाथि उभिएर उनीहरूले बाटोभरि धुमधामका साथ पोलडान्स प्रदर्शन गरे, मानिसहरूले उक्त नाच हेरेर आनन्द उठाए । ताइवानमा अन्तिम संस्कारको क्रममा नृत्य गर्नु अनौठो नभए पनि तुङको दाहसंस्कारका क्रममा दिइएको प्रस्तुतिचाहिँ ऐतिहासिक नै रहेको ताइवानी समाचार एजेन्सीहरूले उल्लेख गरेका छन् । ती नेता निकै रङ्गीन स्वभावका र मर्ने बेलासम्म पनि युवतीहरूसँगको रोमान्टिक सम्बन्धका कारण चर्चामा रहेकाले उनको आत्माशान्तिको निम्ति उनका छोराले त्यस्तो रोमान्टिक दाहसंस्कारको व्यवस्था मिलाएका स्थानीय मिडियाले जनाएका छन् ।