तेरिया मगरलाई “झलक दिखला जा” को उपाधि

तेरिया मगरलाई “झलक दिखला जा” को उपाधि


10682292_10152728225979282_1079128711026621124_o (1)लण्डन । नेपालको रुपन्देही जिल्लाको रुद्रपुर निवासी १४ वर्षीया तेरिया फौजामगर भारतीय सिनियर डान्स स्टार बीचको प्रतिस्पर्धामा उपाधि हात पार्न सफल भएकी छिन् । एसएमएसमा सबै प्रतिष्पर्धीलाई पछि पार्दै उनी ट्रफीको हकदार बनेकी हुन् ।
भारतीय टेलिभिजन कलर्सको ‘झलक दिख्ला जा’ भन्ने रियालिटी शोमा उनले विजय प्राप्त गरेकी हुन् । उनी फाइनलका तीनजनामध्य तेरिया नै अगाडि थिईन्, गत शनिवारको एपिसोडमा उनले ४० मा ४० नै अंक प्राप्त गरेकी थिईन् । ‘झलक दिख्ला जा’ भारतीय टीभी शोमा अत्यधिक पुरस्कार राशी भएको कार्यक्रम हो । उक्त शोबाट विजय प्राप्त गरेपछि तेरिया फौजा मगरले ३० लाख भारतीय रुपैयाँ र रोनाल्ड डस्टर ब्रान्डको कार पनि पाउने छिन् उनलाई आधिकारिक विजयको घोषणा भने भोलि शनिबार मात्र हुने छ ।
सन् २०१४ मा जी टीभीको ‘डीआईडी’ मा उनले ४० हजार प्रतिष्पर्धीहरुलाई पछि पर्न सफल भएकै आधारमा यसपटकको प्रतिष्पर्धामा पनि उनले प्रवेश पाएकी हुन् । उनको विजयको लागि देश विदेशका सम्पूर्ण नेपालीहरुले महत्वपूर्ण भूमिका निभाएका थिए । उनको यो विजयले नेपाल र नेपालीको नाम अझ उच्चो बन्न पुगेको छ ।
-नरेन्द्र बस्नेत