तीस करोड लुटाएका कपिलदेव तीस लाख उठाउन प्रशासनको शरणमा

तीस करोड लुटाएका कपिलदेव तीस लाख उठाउन प्रशासनको शरणमा


कुनैबेला ‘लिभिङ टुगेदर’को नाताले व्यावसायिक पार्टनर बनाइएकी महिलामाथि बढ्ता विश्वास गर्दा तिसौँ करोड गुमाउने हैसियत भएका काभ्रेका कपिलदेव थापा यतिबेला उनै महिलाका भाइबाट धोका खाएर तीस लाख असुल्नका लागि प्रहरी–प्रशासनको ढोका घच्घच्याउनु पर्ने अवस्थामा पुगेका छन् । लामो समयदेखि जापानमा ब्यवसाय गर्दै आए पनि स्वदेशसँग उत्तिकै जोडिएका तथा व्यवसायिक एवम् सामाजिक क्रियाकलापलाई समानान्तर रूपले अघि बढाइरहेका थापा गैरआवासीय नेपाली हुन् ।

मानकामना पावर नेट कं. नामक म्यानपावर एजेन्सीमार्फत् चार सय भन्दा बढी नेपाली युवालाई रोजगारीका लागि जापान पु¥याइसकेका कपिलदेव थापा यतिबेला आफूले दुःख गरेर खडा गरेको उक्त कम्पनीबाट त वेदखल पारिएकै छन्, कम्पनी हस्तान्तरण गरेपछि पाउनुपर्ने रकमको हिस्सासमेत नपाएपछि प्रशासनको शरणम पुगेका हुन् ।

rita-khanal

सन् २००६ देखि २०१३ सम्म मनकामना पावर नेट ब्यवस्थित ढङ्गबाटै चलेको तर त्यसपछि आफूलाई महिला नेतृ र समाजसेवी भन्न रुचाउने मकवानपुरकी रीता खनाल नामक महिलाको षड्यन्त्रको शिकार बनेको बताउँछन् कपिलदेव थापा । खनालसँग ‘लिभिङ टुगेदर’को सम्बन्धमा जोडिएकोले कपिलले उनमाथि अत्यन्त विश्वास मात्र गरेनन्, उनको आर्थिक, सामाजिक एवम् राजनीतिक कद बढाउनका लागि समेत भरपुर सहयोग गरे । तर, अति महŒवाकाङ्क्षी तथा स्वार्थी स्वभावका कारण खनालले आफूलाई सबै कोणबाट धोका दिएको दाबी थापाको छ । आफू जापान बस्ने र नेपालतर्फको कारोबारको समस्त जिम्मेवारी रीताको मुठीमा रहेकोले उनको बोलवाला चल्दथ्यो । यस्तैमा तीन–चार वर्षअघि रीताले कुटिलता प्रयोग गरी आफूबाट मनकामना पावर नेट हत्याएको कपिलको भनाई छ । ‘म नेपाली काङ्ग्रेसको राजनीतिमा दिनानुदिन माथितिर लम्किरहेको छु र तपाईं पनि एनआरएन अभियानमा लागिपरेको मान्छे, भोली केही तलमाथि भएमा बदनाम होइन्छ, त्यसैले यो कम्पनी आफ्नो नाममा नराखी भाइलाई हस्तान्तरण गरिदिउँ’ भन्दै रीताले सन् २०१३ मा रघु भनेर चिनिने रीताका भाइ ताराप्रसाद खनाललाई कम्पनी हस्तान्तरण गरिदिए । पत्नी भएको नौटङ्की गरेर कपिलको घरजग्गा, व्यवसाय र सामाजिक काम गर्ने सङ्घ–संस्था, स्कुल, कलेज, सवारीसाधन र ग्लोबल आइएमई बैकको संयुक्त खातामा रहेको दुई करोड रकमलगायत सबै हत्याएकी खनालले त्यसरी उक्त कम्पनी समेत फुत्काउन सफल भएपछि आफ्नो वास्तविक चेहरा उदाङ्ग तुल्याएको कपिलको भनाई छ । सम्पति आफ्नो हात परेको र कपिलकै सहयोगबाट केही उच्च तहका राजनीतिक व्यक्तिहरूसँग पनि पहुँच पुगेको अवस्थालाई भजाउँदै रीताले कपिललाई एसएमएसमार्फत हिंसा गरेको कथित आरोप लगाएर दुःख दिने र प्रशासनिक झमेलामा फसाउने काम समेत गरिन् । आफूले पत्नीसरह मानेको व्यक्तिले यत्रो धोका दिए पनि प्रमाण पु¥याउन नसक्दा गुमेको सम्पति फर्काउन आफू असफल रहेको कपिलदेवको दुःखेसो छ ।

kapildev

उता दिदीसँग सम्बन्ध बिग्रिए पनि कपिलदेवसँग रीताका भाइ ताराप्रसादले कमिसन लिएर मानिस जापान पठाउने काम गर्दै आएका थिए । त्यसका लागि कपिलले ताराप्रसादलाई कागजी प्रक्रिया पु¥याएर ३० लाख रकम प्रदान गरेका थिए । तर, २–४ महिनामै ताराप्रसादले पनि धोका दिएपछि थापाले आफूले पाउनुपर्ने तीस लाख फिर्ता मागे, तर रकम तिर्नुको साटो खनाल लुकीछिपी गर्न थाले । कपिलदेवलाई रकम फर्काउनुको साटो जालझेलमा उत्रिएका ताराप्रसादले मनकामना पावर नेटको नाम नै परिवर्तन गरी ‘ध्वनी इन्टरनेशनल’ बनाएर सो कम्पनी नै ९५ लाखमा बेच्न भ्याएको थापाको दाबी छ ।

यतिबेला ठगीमा संलग्न ताराप्रसाद खनाल प्रहरी नियन्त्रणमा छन्, तर तिर्नुपर्ने रकम इमानदारीसाथ फिर्ता नगरी उनी आफ्नी दिदी रीताको आडमा उम्कने असफल प्रयत्न गरिरहेका छन् । पूर्वराष्ट्रपति र रामवरण यादव र उनका छोरा चन्द्रमोहनसँग आफ्नो विशेष सम्बन्ध रहेको बताउँदै आएकी रीताले आफ्नो भाइलाई विनाकारवाही छुटाउन यादवहरूलाई समेत प्रयोग गरेको समेत बुझिएको छ । रीताले आफ्ना निकटका केही महिलाहरू प्रयोग गरी गृहमन्त्री विमलेन्द्र निधिसम्म पु¥याएको तर निधिले कानुनसम्मत ढङ्गले प्रहरीले आफ्नो काम गर्ने जवाफ दिँदै खनालद्वारा प्रायोजित महिला–टोलीलाई बिदा गरेको गृहस्रोतको भनाई छ । अब हेर्नु छ, आफ्नै ‘लिभिङ टुगेदर’बाट पटक–पटक ठगिएका कपिलदेव थापालाई खनालको ठगी–जालोबाट मुक्ति मिल्ने हो कि होइन !