ताजमहललाई उछिन्ने तयारी

ताजमहललाई उछिन्ने तयारी


tajmahal-2

भनिन्छ, सुन्दरतामा ताजमहललाई जित्ने अहिलेसम्म विश्वमै कुनै महल छैन । तर, यो मान्यता अब तोडिनेवाला छ । भारतको आगरास्थित सुविख्यात ताजमहलको सुन्दरताको रेकर्ड तोड्ने ढङ्गले सोही स्थाननजिकै अर्को बिल्डिङ निर्माण भइरहेको छ । राधास्वामी मतका अनुयायीहरूले निर्माण गर्न लागेको उक्त भवनको अनौठो पक्ष के छ भने यो भवन विगत एक सय १२ वर्षदेखि लगातार निर्माणाधीन छ । सन् १९०४ मा निर्माण सुरु भएको यस महल निर्माणमा हालसम्म लगभग साढे ६ अर्ब खर्च भएको बताइन्छ भने निर्माण सम्पन्न हुन अझै १० वर्ष लाग्ने अनुमान गरिएको छ । निर्माणकर्ता पक्षले ताजमहलभन्दा निकै सुन्दर बन्ने दाबी गरेको उक्त महल राधास्वामीका प्रथम गुरु पुराण ढाणी महाराजको समाधि रहेको ताजमहलकै सामुन्ने दयालवागमा निर्माणाधीन छ । महलको स्थायित्वका लागि जमिनमा ६० फिट गहिरो भागदेखि पत्थर राखेर त्यसमाथि पिलर उठाइएको छ भने महलको टुप्पामा बनाइएको गुम्बजलाई पनि शक्तिशाली भूकम्पले समेत क्षति पु¥याउन नसक्ने दाबी गरिएको छ । निर्माणका लागि कुनै विदेशी वा स्वदेशी दाताको सहयोग नलिइएको, केवल राधास्वामी मतका अनुयायीहरूले मात्र खर्च गरेको यस मन्दिरको नक्साचाहि“ उसैबेला इटालीको एक कम्पनीले बनाइदिएको थियो । एक सय बाह्र वर्षदेखि लगभग दुई सय मजदुरले लगातार यो मन्दिर निर्माणमा सहभागिता जनाएका छन् भने मजदुरका चौथो पुस्ता यतिबेला निर्माणकार्यमा क्रियाशील रहेको छ ।