तागत भर्न सर्पको रगत

तागत भर्न सर्पको रगत


Snake final

पोल्ट्री फार्मिङ, माछापालनजस्ता व्यवसायबारे त जो–कोही पनि जानिफकार नै रहेका हुन्छन्, तर हामीमध्ये अधिकांशले सर्पको खेतीबारे सुन्यौँ भने अचम्म नमानीरहन सक्दैनौँ । तर चीन, इन्डोनेसियाजस्ता मुलुकमा सर्पको ठुल्ठूला खेती लगाइने गरेको पाइन्छ । चीनको जिसकियाओ नामक गाउँमा वर्षको तीस लाखवटासम्म सर्प उत्पादन गर्ने स्नेक फार्मिङ सञ्चालनमा रहेको छ । सर्पको मासुका सोखिन चिनियाँका लागि यहीँबाट सर्प निर्यात गरिन्छ । सर्पको मासु खानुका अलावा चिनियाँ औषधि उद्योगहरूले पनि सर्पका विभिन्न अङ्ग औषधि बनाउन प्रयोग गर्छन् । सबैभन्दा अहम् पक्षचाहिँ यो छ कि आफ्नो यौन क्षमता वृद्धि हुने विश्वासमा सर्पको रगत पिउनेहरूको पनि चीनमा कमी छैन । अजिङ्गर, कोब्रा, बाइपरजस्ता खतर्नाक सर्प पाल्ने र त्यसको रगत पिउने परम्परा इन्डोनेसियामा पनि रहेको छ । सर्पको रगत पिउँदा पुरुषको सेक्स पावर बढ्ने र महिलाको छाला मुलायम तथा सुन्दर हुने जनविश्वास पनि चीन र इन्डोनिसयामा व्याप्त रहेको छ । जाकार्तामा साँझ ५ बजेदेखि राति १ बजेसम्म कोब्राको रगत बेच्ने पसल जताततै खुल्छन् । त्यस्ता पसलबाट व्यवसायीहरूले एक रातमै दशौँ लाख कमाइ गर्ने बताइन्छ ।