ड्रग्स व्यवस्थापनको नेतृत्व सरकारले लिनुपर्छ

ड्रग्स व्यवस्थापनको नेतृत्व सरकारले लिनुपर्छ


puja-kunwar

– पूजा कुँवर
(रिह्याव स्पेसलिस्ट, नार्कोनन् नेपाल)

पुरुषप्रधान मानसिकताले जरो गाडेको नेपालको सामाजिक परिवेशमा ड्रग्समा परेकालाई उपचार गर्न र पुनस्र्थापना केन्द्र चलाउन साधारणतया पुरुषहरू पनि त्यति हिम्मत गर्न सक्दैनन्, तर पूजा कुँवर अपवादको रूपमा देखिनुभएको छ । महिला भएर पनि लागूऔषध (ड्रग्सको) उपचार तथा पुनस्र्थापनाजस्तो चुनौतीपूर्र्ण क्षेत्रमा काम गर्नुहुन्छ पूजा । ड्रग्सको उपचार तथा पुनस्र्थापनामा कुँवरले अमेरिका, बेलायत, अस्ट्रेलिया, इजरायल र भारतमा पुगी अध्ययन–अवलोकन गर्नुभएको छ । हाल उहाँ दक्षिण एसियामै चर्चित बनेको नार्कोनन् नेपालका पुनस्र्थापना प्रमुख हुनुहुन्छ ।

० यस्तो चुनौतीपूर्ण कर्ममा कसरी लाग्नुभयो ?
– मेरो जन्म प्रहरी परिवारमै भयो र विवाह पनि प्रहरीसँगै भयो । श्रीमान् वसन्तराज कुँवर प्रहरी अधिकृतका साथै समाजसँग मिलेर प्रहरीले काम गर्नुपर्छ भन्ने मान्यता राख्ने र उहाँले चेलीबेटी बेचबिखन, लागूऔषधजस्ता विकृतिविरुद्ध विभिन्न अभियान चलाउनुभयो । सौभाग्यवश मैले पनि ती अभियानहरूमा प्रहरी श्रीमती सङ्घबाट भाग लिने मौका पाएँ । उहाँले प्रहरीमा आसरा नामको सुधार केन्द्र पनि स्थापना गर्नुभयो । मैले त्यहाँ काम गर्ने अवसर पाएँ । जति–जति दुव्र्यसनले व्यक्ति, परिवार समाज र देशलाई नकारात्मक असर पु¥याएको देखँ त्यति–त्यति नै यो डरलाग्दो समस्याविरुद्ध सक्रिय हुन म भित्रभित्रै प्रेरित हुन पुगँ ।

० कति चुनौतीयुक्त छ यो पुनस्र्थापनाको काम ?
– चुनौतीको त कुरै नगरौँ । ड्रग्स लिएपछि मानिस सामान्य अवस्थामा रहँदैन । एक प्रकारले उसको मानसिक स्थिति असन्तुलित हुन्छ र उनीहरूको शारीरिक, मानसिक स्वास्थ्यमा पनि गम्भीर समस्या आउन सक्छ । अझ डरलाग्दो कुरो त के हुन्छ भने ड्रग्स लिने सिलसिलामा उनीहरू अपराधी र बिलकुलै देश, समाज, घर–परिवारका नियम–परम्परा नमान्ने भइदिन्छन् । उपचार केन्द्रसम्म ल्याउँदा ऊ एकप्रकारले पूर्णतया असामाजिक नै भइसकेको हुन्छ । त्यस्ता व्यक्तिलाई सामान्य स्थितिमा ल्याउने काम कठिन मात्र होइन ज्यादै चुनौतीपूर्ण हुन्छ ।

० नार्कोनन् विधि नेपालमा कसरी आयो नि ?
– नार्को भनेको ड्रग्स र नन् भनेको नलिऊँ भनेको हो । नार्कोनन् भन्ने संस्था सन् १९६६ देखि नै अमेरिकामा सक्रिय थियो । एल.रोन. ह्वर्डस नामका महान् दार्शनिकले ड्रग्स छोड्न नसकेका एक जेलमा बसेका विलियम बेनेटेज नामका युवकलाई सहयोग गर्नका लागि गहन अध्ययन गरी यो विधि तयार गर्नुभएको थियो । यो विधिको सफलताबाट उत्साहित भई अन्य महादेशमा पनि यो विधि पठाइयो र नेपालमा पनि सन् २००६ देखि यो विधि सुरु भयो । एसियामा नार्कोनन् विधि ल्याउन ताइवानमा प्रयास भइरहेको थियो । त्यहीबेला नेपालमा यो विधि भित्र्याउन मेरा श्रीमान् वसन्त कुँवरको महत्वपूर्ण योगदान या ठूलो भूमिका रह्यो । नार्कोनन सञ्चालन गर्न ठूलै सेटअप, तालिमप्राप्त स्टाफ र धेरै आधारभूत प्रक्रिया पूरा गर्नुपर्छ । जापानदेखि भारतसम्ममा नार्कोनन् छैन, तर नेपालमा यो विधि भित्र्याउनु गौरवपूर्ण कुरो हो । यो सेन्टर अहिले पूरै एसियामा सम्मानित र विश्वसनीय भएको छ । संसारमा ड्रग्समा परेका व्यक्तिहरूलाई व्यवस्थापन गर्ने धेरै दर्शनहरू छन् । कतिपय देशमा यस्ता व्यक्तिलाई मार्ने नीति अवलम्बन गरिएको छ भने कतिपयमा जेल हाल्ने । यसबाहेक मानसिक रोगी भनी मनोदीपक औषधिहरू खुवाउने प्रचलन पनि छ भने कतिपय देशमा सरकारले नै लागूऔषध उपलब्ध गराइदिने नीति पनि छ । ड्रग्स एडिक्सनमा परेकाहरूले धर्म नाघेका कारण समस्या आएको हो भनी आध्यात्मिक पद्धतिद्वारा पनि उपचार गरिने व्यवस्था छ भने यसप्रकारका व्यक्तिहरू आफूजस्तै समस्यामा परेकाहरूको सहयोगबाटै बाहिरिन सक्छ भनी सेल्फ हेल्फ दर्शनमार्फत ठीक गर्न प्रयास गर्ने विधि पनि छ, जसलाई एनए÷एए पनि भनिन्छ । तर, नार्कोनन् सेन्टरले भने यसबाहेक बिलकुलै अलग विधि अपनाउँछ जसलाई नार्कोनन् विधि भनिन्छ । संसारमा करिब पचास नार्कोनन् उपचार केन्द्र छन् जसमध्ये पूरै एसियामा ताइवान र नेपाल दुई ठाउँमा मात्र नार्कोनन् सेवा उपलब्ध छ ।

० नार्कोनन् विधिमा ड्रग्समा परेको व्यक्तिलाई कसरी सामान्य अवस्थामा फर्काइन्छ ?
– नार्कोनन् विधिमा ड्रग्सका प्रयोगकर्तालाई एडिक्ट भनी सम्बोधन गरिँदैन किनकि कसैले लागूऔषध लियो भन्दैमा त्यसकै आधारमा उसको परिचय हुन सक्दैन । अर्को कुरा एडिक्ट शब्दले उसभित्र आत्माग्लानि वा म अरूभन्दा कमजोर वा बेग्लै समूह हुँ भन्ने गलत धारणा पनि बस्न सक्छ । त्यसैले उपचारमा आउने व्यक्तिलाई हामी विद्यार्थी भन्छौँ अर्थात् सिक्न आएको व्यक्ति ठान्छौँ । जसरी टाइप सिक्न टाइपिङ इन्स्टिच्युट जान्छन्, कृषि सिक्न कृषि कलेजमा विद्यार्थी भई जान्छन् त्यसैगरी नार्कोनन्मा ड्रग्सबाट निस्कने उपाय सिक्न विद्यार्थी भई यस केन्द्रमा आउँछन् । यो केन्द्रमा ड्रग्सबाट बाहिर निकाल्ने पाठ्यक्रम नै छ । जसअनुरूप पहिला त्यस व्यक्तिलाई ड्रग्स छोड्दा आउने शारीरिक, मानसिक समस्याबाट बाहिर निकालिन्छ, त्यसपश्चात् उसको शरीरमा भएको लागूऔषध र विषालु तत्वहरू बाहिर निकालिन्छ, अनि उसलाई स्थिर र नियन्त्रण गर्न सिकाउने कोर्समा राखिन्छ र अन्तमा खराब साथी छोड्ने, नैतिक बन्ने र उत्पादक बन्ने कोर्समा राखिन्छ । १८० दिनमा ड्रग्सबाट निस्कन गर्नुपर्ने सैद्धान्तिक पक्ष समाप्त हुन्छ त्यसपश्चात् समाजमा फर्किन आवश्यक पर्ने सीप सिकाइन्छ । नर्कोनन्ले कसैलाई पनि घर–समाजमा फर्काउँदा फेरि यो व्यक्ति ड्रग्सकै दलदलमा नफर्कियोस् भन्ने कुरालाई गम्भीरतापूर्वक मनन गरी पुनस्र्थापनाको क्षेत्रमा विशेष काम गर्दछ । नार्कोनन्को विधि पूरा गर्ने र निश्चित पुनस्र्थापनाका चरणहरू पार गर्ने व्यक्ति विरलै मात्र दुव्र्यसनमा फेरि फर्कन्छ । नेपालभन्दा नजिकमा अर्को नार्कोनन् केन्द्रको मद्दत लिनुपरे कि अस्ट्रेलिया कि बेलायत जानुपर्छ । संसारका सबै नार्कोनन् केन्द्रहरूमा एउटै प्रकारको पाठ्यक्रम पढाइन्छ । नेपालको नार्कोनन केन्द्र विश्वमै प्रभावकारी र ठूलो पुनस्र्थापना केन्द्रमा गनिन्छ जसमा प्रशिक्षकहरू उत्पादन गर्ने पनि क्षमता छ ।

० तपाईंले यससम्बन्धी विदेशबाटै तालिम लिनुभएको हो कि ?
– मैले अमेरिका, अस्ट्रेलिया, बेलायत, इजरायल र भारतमा पुगी ड्रग्ससम्बन्धी अध्ययन, अवलोकन र तालिम लिएँ । नेपालमा प्रहरीद्वारा व्यवस्थापन गरिएको आसरा उपचार केन्द्रमा काम गर्दा नै मैले थेराब्युटी कम्युनिटी एप्रोच भन्ने तालिम गरेँ । त्यसपछि भारतको नयाँदिल्लीमा तत्कालीन आईजीपी किरण वेदी संलग्न रहेको नवज्योति नामको उपचार केन्द्रमा अध्यन अवलोकन गरेँ । नार्कोनन् पद्धति नेपालमा लागू गरेपछि म अस्ट्रेलियामा उच्च अध्ययन गर्न गएँ । अस्ट्रेलियापछि बेलायत अध्ययन गरेँ र नार्कोनन् रिह्याव स्पेसलिस्ट हुन गर्नुपर्ने सबैभन्दा ठूलो सीएस भनिने तालिमचाहिँ अमेरिकाको मिसिगनबाट गरेँ । संसारमै सरकारले ड्रग्स रोक्न सरकारी तहबाटै ज्यादै गहन काम भएको एक देश इजरायल हो । म त्यहाँ पनि पुगेँ र त्यहाँको सरकारबाट प्रदान गरिने उच्च तालिम लिएँ । नेपाली समाजमा जन्मिएको–हुर्किएको म जस्ती एक महिलालाई अमेरिका–युरोपका ड्रग्स पुनस्र्थापना केन्द्रमा गएर बस्नु, काम गर्नु ज्यादै कठिन पनि थियो । रातभर ड्युटी हुन्थ्यो । पढ्नु पनि र ड्युटी पनि गर्नु ज्यादै गाह्रो काम थियो । त्यसमाथि युरोप–अमेरिकाका स्वतन्त्र जीवनमा हुर्किएका दुव्र्यसनमा परेका व्यक्तिलाई सम्हाल्न निकै कठिन हुन्थ्यो । कहिले त म गाह्रो भएर एक्लै रुन्थेँ पनि । तर, ती चुनौती पार गरियो ।

० हाल नेपालमा कति सङ्ख्यामा ड्रग्सका दुव्र्यसनी होलान् ?
– ड्रग्समा परेको कुरा परिवारले बाहिर ल्याउन चाहँदैनन् । सरकारले उपचार केन्द्र आएका, अस्पताल आएका, हार्मरिडक्सनअन्तर्गत सम्पर्कमा आएका तथा प्रहरी तथा न्यायको सिलसिलामा आएका व्यक्तिहरूका आधारमा करिब चौरानब्बे हजार नेपाली ड्रग्सको समस्यामा परेको तथ्याङ्क दिएको छ । तर, हामीले गरेको अध्ययनमा यस्ता सम्पर्कमा आउने व्यक्तिहरू सयमा पाँच प्रतिशत पनि छैनन् । हाम्रो अनुमानमा हाल नेपालमा रक्सी सेवनवालाबाहेक दुई लाखजति व्यक्ति त्यसबाट निस्कनै नसक्ने गरी दुव्र्यसनमा परेका छन् । यसबाहेक करिब दुई लाख पचास हजार स्कुल–कलेजका केटाकेटीले पनि लागूऔषध लिन थालेको अनुमान गरिएको छ । लागूऔषध लिनेहरूमा करिब नौदेखि बाह्र प्रतिशत महिला पनि छन् । डाक्टर, इन्जिनियर, पाइलटलगायत उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी र प्रशासक तथा अन्य कर्मचारीसमेत ड्रग्समा फसेको देखिएको छ । नेपालमा ड्रग्सको समस्या भयाभह रूपमा अगाडि बढेको छ ।

० रोकथामको ठोस उपाय पनि त होला नि यसको ?
– यसको रोकथाम हामीजस्ता एनजीओजको प्रयासले हुन सक्दैन । हामी केही व्यक्तिहरूलाई उपचार गर्न सक्छौँ या आफ्नो क्षमताले केही जनचेतनाका कार्यक्रम गर्न सक्छौँ । त्यो एकदमै सानो स्केलमा हुन्छ । मेरो श्रीमान् वसन्तराज कुँवर सधँै नेपालले पनि इजरायलको मोडललाई अपनाउनुपर्ने कुरा गर्नुहुन्थ्यो । जब म इजरायल गएँ मैले पनि देखेँ कि त्यहाँ ड्रग्सको नियन्त्रण तथा व्यवस्थापनको कार्य प्रधानमन्त्रीले सीधै आफ्नैअन्तर्गत राख्नुभएको रहेछ । त्यहाँ रोकथामका लागि शिक्षा, ड्रग्स सेवनकर्ताको पहिचनका लागि स्वस्थ, उपचारका लागि समाजकल्याण, पुनस्र्थापनाका लागि स्थानीय विकास तथा कारबाहीका लागि गृह मन्त्रालय जस्ताले सामूहिक रूपमा काम गर्दो रहेछन् । ड्रग्स कन्ट्रोल अफिस ज्यादै ठूलो र स्रोतयुक्त रहेछ जसले राष्ट्रिय नीति बनाउँदोरहेछ । त्यस स्थानमा ड्रग्स व्यवस्थापनका विशेषज्ञ तथा वैज्ञानिकहरूले सामूहिक रूपमा काम गर्दारहेछन् । उनीहरूले तयार गरेका नीतिलाई प्रधानमन्त्री कार्यालयले विभिन्न मन्त्रालयमार्फत लागू गराउँदोरहेछ । समग्रमा भन्नुपर्दा सरकारले नै ड्रग्सको व्यवस्थापनमा नेतृत्व लिएको रहेछ । नेपालमा पनि त्यस्तैगरी सरकारले नेतृत्व लेओस् र हामीले त्यस योजनालाई सहयोग गर्ने मौका पाऊँ भन्ने हाम्रो अनुरोध छ । यदि सरकारले नेतृत्व लिन सकेन भने र स्रोत दिन सकेन भने त्यसपश्चात् एनजीओहरूको भर पर्नु वा तिनलाई सहयोग गर्नुको विकल्प सरकारसँग हुँदैन । नेपालमा हाल दुवै कुरा भएको छैन त्यसैले यहाँ ड्रग्स अझै बढ्दै जानेछ ।

० उपचार केन्द्रहरू महँगा हुन्छन्, गरिबले उपचार पाएनन् भन्ने गुनासो पनि छ नि ?
– यो सही हो, तर नेपालमा कुनै महँगा सेन्टर छैनन् । युरोप–अमेरिकामा एक महिनाको बाह्र लाख रुपैयाँ घटीमा उपचार केन्द्र पाइन्नन् । बैंककमा पनि मासिक अठार लाखसम्म तिरेर उपचार गर्न जान्छन् । कतिपय देशमा ड्रग्स खाने व्यक्तिलाई नगरपालिका तथा गाविसहरूले कुन सेन्टरमा जाने भनी सोध्छ र त्यहाँ पठाई केन्द्रको खर्च सरकारले व्यहोर्छ । छिमेकी मुलुक भारतमा पनि झण्डै तीन सय उपचार केन्द्रलाई सरकारले पैसा दिएर सञ्चालन गर्छ । केन्द्रहरू महँगा वा सस्ता त्यसमा प्रयोग गरिएको विधि, प्रयोग गरिएको कर्मचारी, भौतिक संरचना तथा प्रविधिका साथै औषधिमूलोको व्यवस्थामा भर पर्छ । तर, नेपालमा उपचार केन्द्रहरू एकदमै सस्ता छन् र नसक्नेहरूलाई सरकारले मद्दत गर्नुपर्छ किनकि जनतासँग कर उठाएको पैसा सरकारसँग छ । जसरी राजनीतिक दलका नेताहरूलाई उपचार गर्न करोडौँ रुपैयाँ व्यक्ति विशेषलाई दिइन्छ त्यसैगरी उपचार गर्न नसक्ने आमाबाबुलाई पनि सरकारले उपचार खर्च दिनुपर्छ । जसरी आर्थिक सहयोग भनी विभिन्न मन्त्रालयबाट कार्यकर्तालाई रकम बाँड्ने काम हुन्छ त्यसैगरी उपचार केन्द्रहरूलाई पनि सरकारले मद्दत गर्नुपर्छ । कुनै सरकारी बजेट नपाएका, कुनै अन्तर्राष्ट्रिय दातृसंस्थाबाट सहयोग नपाएका केन्द्रहरू आफ्नो दैनिक खर्च जुटाउन असमर्थ हुनेबित्तिकै धराशयी हुनेछन् ।

puja-basanta-kunwar