जुडो सङ्घका उपाध्यक्ष महर्जन अब मेयर

जुडो सङ्घका उपाध्यक्ष महर्जन अब मेयर


Sport Meyor

कीर्तिपुर नगरपालिकाको मेयरमा विजयी नेपाल जुडो सङ्घका उपाध्यक्ष रमेश महर्जनलाई सङ्घले बधाई ज्ञापन गरेको छ । जुडो सङ्घका अध्यक्ष दीपकहर्ष बज्राचार्यले महर्जनको जितले सारा जुडोकर्मीलाई खुसी तुल्याएको बताउँदै उनको कार्यकालमा खेलकुदले विशेष प्राथमिकता पाउने विश्वास व्यक्त गरेका छन् । अध्यक्ष बज्राचार्य, जुडो सङ्घका महासचिव धर्मकुमार श्रेष्ठलगायतका पदाधिकारीले महर्जनलाई सफल कार्यकालका लागि शुभकामनासमेत दिएका थिए । महर्जन नेकपा एमालेबाट उम्मेदवार बनेका थिए ।

स्वर्ण विजेता अशोक सम्मानित

एनआरएनए, अस्ट्रेलियाले गोल्डकोस्ट खुला अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपका स्वर्ण विजेता नेपाली खेलाडी अशोक खड्कालाई गत साता सम्मान गरेको छ । अस्ट्रेलियाको सिड्नीमा आयोजित एक कार्यक्रमबीच एनआरएनए अस्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देल, ग्लोबल युथ को–ओर्डिनेटर विजय पोखरेललगायतले अशोकलाई प्रशंसापत्र प्रदान गरी सम्मान गरेका थिए । सोही अवसरमा अशोकलाई करिब १ लाख नगद प्रदान गरिने घोषणा गरिएको थियो ।