जीवनभर ननुहाउने सुन्दरीहरू !

जीवनभर ननुहाउने सुन्दरीहरू !


Ramailo 1

विश्वमा अनौठा रीतिरिवाज भएका स्थानको कमी छैन । यस्तै आश्चर्यलाग्दो चलन भएको ठाउँ अफ्रिकाको उत्तरी नामिबियास्थित कुनैन प्रान्त पनि हो, जहाँ हिम्बा नामक एक आदिवासी समुदायमा महिलालाई कहिल्यै नुहाउने इजाजत दिइन्न । अनौठोचाहिँ के भने यसरी जीवनभर नुहाउन नपाउने समुदायका महिला नै समस्त अफ्रिकी मुलुकका सुन्दर महिला कहलिएका छन् । कुनैन प्रान्तमा हिम्मा जनजातिका जम्माजम्मी पचास हजार मानिसमध्ये आधाजसो महिला छन्, जसलाई नुहाउन मात्र नभई पानीले हातसम्म धुन नपाइने नियममा बाँधिएको छ । आफूलाई सफा राख्न उनीहरू एक खास तरिका अवलम्बन गर्छन् । स्थानीय क्षेत्रमा पाइने विशेष जडीबुटीहरूलाई पानीमा उमाल्दा निस्कने वाफबाट हिम्बा महिलाले आफूलाई तरोताजा पार्छन्, जुन जडीबुटीको प्रभावले तिनको शरीरबाट कुनै दुर्गन्ध निस्कन पाउँदैन । छालालाई घामबाट बचाउन पनि उनीहरू त्यसैगरी एक खास लेप शरीरमा लगाउँछन् । पशुको बोसो र हैमाटाइटको धुलोद्वारा उक्त लेप तयार गरिन्छ । हैमाटाइटको धुलोले छालाको रङ्ग रातो देखिने हुँदा हिम्बा महिलालाई ‘राता मानिस’ भनेर पुकारिने चलन पनि छ ।