जहाँ लासको बास छ

जहाँ लासको बास छ


capuchin catacombs italy 6

इटलीमा एक यस्तो शवगृह छ जहाँ ८ हजार वर्ष पुरानो शवसमेत सुरक्षित रहेको छ । सदियौँअघि क्याथोलिक सन्तहरूको लास सुरक्षित गर्ने उद्देश्यले निर्माण गरिएको ‘क्यापुचिन’मा पछि अन्य सर्वसाधारणको शवसमेत राख्ने परम्परा सुरु भयो । यस कब्रस्तानमा स्थान मिल्नु सामाजिक प्रतिष्ठाको विषय बन्न थालेपछि रकम लिएर क्यापुचिनमा लास राख्न दिने परम्परा चले पनि नियमित रूपले रकम उपलब्ध नगराइए सम्बन्धित परिजनको शव त्यहाँबाट हटाइन्छ । भूतघर प्रतीत हुने उक्त कब्रस्तानमा महिला, पुरुष, बच्चा, कुमारी कन्या, सन्त, शिक्षक, डाक्टर, सैनिक आदिका निम्ति अलग–अलग कक्ष छुट्याइएको छ । त्यहाँ राखिएका लासहरू यदाकदा ज्युँदो बन्ने गरेको अन्धविश्वासले जरो गाडेकाले आसपासका ग्रामीण बासिन्दा उक्त क्यापुचिननजिक जान डराउँछन् ।