चैत २१ देखि सुरु हुन्छ रणसङ्ग्राम

चैत २१ देखि सुरु हुन्छ रणसङ्ग्राम


Jyotish 2

– ज्यो. शिवदत्त ढकाल

० देशले यो दशकमा धेरै दुःख पायो, अन्यायीहरूको हातमा मुलुक गयो, न्याय म¥यो, अब यस्तो अवस्था कहिलेसम्म रहला ?
– सुख–दुःख, न्याय–अन्याय परिपन्थी (शत्रु) हुन्, एक–अर्काका प्रतिद्वन्द्वी हुन् । दिनरात पनि देवासुरजस्तै असुरको बल रातमा हुन्छ, दक्षिणायनमा हुन्छ, विनाशमा हुन्छ भने सुर (देवता)को बल दिनमा हुन्छ, उत्तरायनमा हुन्छ । २०३१ देखि २०६० संवत्सरको पूर्व भागभन्दा २०६१ देखि २०९० सम्म नराम्रो भए पनि संसारको व्यवस्थाको लागि यही समय उत्तम हो । २०३१ देखि २०५० सत्वगुण थियो, २०५१ देखि रजोगुण अज्ञानीको समय आयो । यो समय निष्फल रह्यो । २०९० सम्म तमोगुणको प्रवृत्ति छ, यदि बुद्धि पुगेन भने धेरै ठूलो विनाशको समय हो । विवेकीका लागि मल पनि बल हो । तमोगुणलाई सदुपयोग ग¥यो भने भौतिक विकासको अवसर पनि हो । २०१० सालपछि तीन दशकलाई श्री ५ महेन्द्रले सदुपयोग गरे, रचनात्मक काम भयो भने यस कुसमयमा बीपीले विद्रोह गरेर समयको दुरुपयोग गरेकाले उनले अवसर गुमाएका हुन् । फेरि २०३० पछि राजा र बीपीले पनि समयको सदुपयोग गरेर देशमा आशा पलायो । परन्तु, २०५० पछि रजोगुणी अज्ञानीहरूले समय बर्बाद गराए, निष्फल पारीकन यस अन्ध समयमा आँखा चिम्लेर सर्वत्र हस्तक्षेप बढाए ।

२०५० देखि तमोगुण बढेको छ, नासोन्मुख भएको छ । १९९० सालदेखि २०१० साल र २०५० देखि २०७० सालको समय हिंसा प्रवृत्तिको रह्यो । १९६० देखि १९९० सम्म मानिस युगीन थिए, चन्द्रशमशेर चलाख शासक थिए । एवम् पृथ्वीनारायण, जंगबहादुर चौपट्टै ज्ञाता थिए । उनीहरूको समयका सबै मानिस योद्धा थिए । रामकृष्णको पाला पनि सबै योद्धा थिए । रावण पनि योद्धै थियो । बीपी शिशुपाल भए भने महेन्द्र विजयी बने । दुबै योद्धा थिए । श्री ५ वीरेन्द्र पनि असाधारण थिए, उनी मरेरै पनि अमर बने । किनकि, नेपाल नागवर्गी हो, इन्डिया गरुडवर्गी र अङ्ग्रेज पनि । पृथ्वीनारायण मुसावर्गी र श्री ५ वीरेन्द्र पनि, त्यसैले यी दुवै राजा गरुडको छायाबाट भयभीत भए । त्यसकारण इन्डिया, भारत, हिन्दुस्तान– यी तीनवटा नाममध्ये नेपालले दोस्रो, तेस्रो नाम रोजेर सम्बन्ध बढाउनुपर्छ, दुःख धेरै हुँदैन, अन्धकार जति भए पनि एउटा सानो टुकीको उज्यालोले भाग्छ । दुःख पनि त्यस्तै हो, क्षणिक हो । सुखको आँकुरो पलाउन धेरै पर्खनुपर्दैन । भनिएको पनि छ– वर्षाको बिदो वैरीको हाँसो ।

अन्यायी–दुराचारीको लामो जीवन हुँदैन, तर उसले छाडेको पीडा कहिल्यै हराउँदैन । दुःखको प्रतीक शनि हो, यदि त्यसलाई रिस नउठाउने हो भने संसारभरिको भौतिक उन्नति शनिले गराउँछ । ०६९÷७० साल शनिको उच्च बल थियो यदि त्यस समयलाई सदुपयोग गरेको भए नेपाल संसारभरिको चक्रवर्ती अति नै सम्पन्न मुलुक बन्थ्यो । नेपाल स्वस्थानी कथामा आउने जालन्धर पात्रको हातमा प¥यो, किनकि कर्कट राशिको गुरु तुला राशिको शनि दुराचारीले खेर फाले, अब तिनको १२ बज्यो, त्यो समय फर्कन्न । शनि ओरालो लागेको छ धन मकर कुम्भ मीनको शनि बल आगन्तुकले पाउने छैनन् अनि स्थायी शक्ति राजालाई प्राप्त छ– यदि राजाले चाहे भने ०७४ वैशाखमै राज्यारोहण हुन्छ र बक्र शनिको प्रभावले गर्दा वर्तमान सत्तासीन फिर्ता हुन्छन् ।

फागुन ५ गते शनि धनराशिमा जान्छ, चैत २१ गते बक्री हुन्छ, त्यस दिनबाट सुरु हुन्छ रणसङ्ग्राम । जेठ ६ गते पुनः वृश्चिकमा शनि फर्कंदा नेपालका अगुवा दलहरूको सर्वनाश अवश्यम्भावी छ र आउने वसन्त ग्रीष्मकाल संहारक छ । गुरु शनि, शुक्र सबै ग्रहका कारणले गर्दा २०७४ कात्तिक मार्ग शीर्ष पुस–माघ पनि अनुत्पादक छ । यस समयमा सकिने व्यवस्थापिका–संसद्को आयु पनि कुसमयका परेको छ । वक्र अस्तादि ग्रहदोष राज्य सञ्चालनका लागि घातक हुन्छन् । यही ०७३ माघ २५ गतेदेखि जेठसम्म गुरु वक्री दोष छ । यो पनि सत्ताधारीको व्यवस्थापनका लागि प्रतिकूल समय हो । वृश्चिक राशिको शनि गतिलो हुँदैन, यसकारण ०७३ को तथा अन्त ०७४ को प्रारम्भ राजा–महाराजा तथा राजनेताको घम्साघम्सीको समय हो ।

० इतिहासमा देशको सबैभन्दा खराब समय कहिले थियो र अब कहिले खराब समय आउँदै छ ?

– तपाईंको प्रश्न कुण्डली यस्तो छ–
Kundali

बुध गुरु चन्द्र राहु शनि मंगल अनि शुक्र पनि अति प्रबल छन् । यस प्रश्नको उत्तर उत्तम छ, मनोरथपूरक छ । शुक्र मंगल क्रियाशील ग्रह्युति दशमा भएको सूर्यका सबै ग्रह मित्र बनेका छन् । यसको अर्थ हो– राजाको महत्व बढेको छ । सूर्य आठौँ शनि छैटौँ शनि मंगलका घरमा बीच बुधचन्द्र खलान्तर छन् तापनि पञ्चमस्य गुरुले लाखौँ दोष दहन गरेर उत्तम परिणति ल्याउँछ । वृहस्पतिले एक महिनाभित्र अर्थात् फागुनको अन्तिम सातामा नेपालको राजनीतिक एवम् धर्मको पनि नयाँ अध्याय सुरु हुन्छ । नक्षत्र चक्रमा आद्र्रा पुनर्वसुतिष्यमा नेपाल पर्छ भने राशि वृश्चिक हो । नामाक्षरका हिसाबले नेपाल नागवर्गको हो, गरुड वर्ग शत्रु पर्छ । यसकारण नारायण अवतार राजा, शिव अवतार त्यागी–सन्न्यासीप्रतिको भक्तिभाव जति–जति हराउँछ उति–उति नेपालमा सङ्कट पर्छ । स्त्रीनायक, बालनायक, बहुनायक जहिलेसम्म रहन्छ गतिलो हुन्न । वृहस्पति विद्यापति राजा र मन्त्री सचिव वा गुरु हुन्छन्, यिनको ह्रास हुँदा श्री ५ राजेन्द्रका पालामा देश सङ्कटमा थियो । संसारमा नारी जाति शक्ति हुन्, चन्द्र शुक्र ग्रह बलको साथ सूर्यलाई चाहिन्छ । राष्ट्रमा एक मात्र राजा पुरुष हुन्, क्षत्रीय हुन् अरू सबै जति जन छन् नारी हुन्, वैश्य वा शुद्र हुन् । चन्द्रमा मन हो, मनोबल २०२८ सालपछि गि¥यो । योगी नरहरिनाथ जस्तालाई पनि जेलनेल भयो । भारत पनि चिढियो, त्यसपछि नेपालको दशा लाग्यो । राणा राजा बन्न सक्थे–बनेनन्, तिनले राजा नै मान्थे । राष्ट्रको दशा लाग्यो भने गाई, ब्राह्मण र राजाको विरोध गर्न थाल्छ । योगी सन्न्यासीको पनि अपमान गर्न थाल्छ, देवदेवताको पनि निन्दा हुन्छ । यस्तो स्थितिको सुरुवात २०४५ मा प्रारम्भ भएर २०७५ सम्म पुग्दै छ । एक शनिचक्र पूरा हुँदै छ । २००१ सालदेखि नेपालमा राकस पस्यो, अन्तिम समयमा राणा शासकको बुद्धि बिग्रियो । राणाले सय वर्ष शासन गरेका थिए । देशको रक्षा गरेका थिए । किन्तु नेपाली देशभित्र भन्दा देशबाहिर लोकप्रिय बने, नेपालका लागि यो दुर्भाग्य भयो । पृथ्वीनारायण शाहको कुण्डलीमा पाँच ग्रह एक साथ छन्, उनी सम्राट थिए । नेपालमा राजतन्त्र कायम रह्यो, देश पनि कायम रह्यो, नेपालीले राजालाई विश्वास गरेका थिए २००७ सालअघिसम्म पनि, परन्तु सबभन्दा खराब समय आए पनि मान्छे मरेका थिएनन्, मारिएका थिएनन्, ९० सालको भूकम्पले मरे पनि २०७२ साल पनि त्यो प्रकृति प्रकोप थियो । १९०३ को कोतपर्व, २०५८ जेठ १९ गतेका नारायणहिटी काण्ड पनि राष्ट्रका लागि हो वा केका लागि हो– सुनियोजित घटना थियो त्यो । तर, २०५२ पछि साठीको दशक नेपालको सबभन्दा भयानक राष्ट्रद्रोही जनद्रोही समय आयो । साठीको दशक प्रारम्भमा क्षति प्रबल ग्रहयोगले बनेको थियो । त्यसबेला सदुपयोग गरेको भए अति राम्रो हुन्थ्यो । यमराज पल्टेर नरहिंसामा लाग्दा अब २०९० सालसम्म पर्खिनुपर्ने भएको छ ।

Jyotish 3

० प्रचण्डहरूबाट देशलाई राम्रो भएको महसुस गर्न पाइएन, उनीहरूले कुनै खास समयमा दण्डको भागी हुनुपर्ला कि नपर्ला ?
– आफूले गरेको कर्मको फल अवश्यमेव भोग्नुपर्छ । चाँडो–ढिलो मात्र हो, सत्कर्म वा दुष्कर्मको फल प्राप्त नगरी सुख छैन । जति पनि ग्रहस्थिति छ त्यसले नै सब बताउँछ कसले के–के गरेको थियो । गरेको नदेखे पनि परिणामले बताउँछ । परिणाम कसैले पनि लुकाउन सक्दैन । सुख–दुःख त्यत्तिकै आएको होइन, परिणाम हो । छविलाल, पुष्पकमल, प्रचण्ड अर्को पनि नाम राख्दै हिँडेपछि जसको एउटा नाममा विश्वास छैन उसले विश्वास गर्ने, विश्वास पाउने केही अर्थ रहन्न । त्यस्ताले गरे–भएका कार्यको पनि केही अर्थ छैन । जो आत्मानुशासनमा छैन त्यसलाई बाबु, गुरुले अनुशासन सिकाउन सकेनन् भने राजा शासनले अनुशासन सिकाउने हो । राजशासन पनि अनुशासन काम गर्न नसकेर हिँडे पनि यमराजले अर्थात् कुनै अदृश्य शक्तिले अवश्य तह लगाउने मात्र होइन, ठूलो यातना दिन्छ । बाबु दाजुले भन्छन्, मित्रले सल्लाह दिन्छ । अलि परेकाले धम्क्याउँछ, कोर्रा लगाउँछ, अर्काको प्राण नै लिन्छ । यही ८० को दशकभित्र प्रचण्डको पनि अन्त हुन्छ, किनभने छविलालको मिथुन राशि प्रचण्ड वा पुष्पकमलको बुध राशि कन्या हुन्छ । बुध नपुङ्सक ग्रह हो । प्रचण्डको सिर्जनात्मक फल शून्य हुन्छ । सिंह वर्ग र मुसा वर्ग विषम जोडी हो । विनाशबाहेक सिर्जना नहुने र अहंकार र ग्लानिका कारण आत्महत्या गर्न पनि तयार हुने व्यक्ति प्रचण्ड पञ्चम मंगल सन्तान सुखशून्य केन्द्रमा ग्रहरहित कङ्काल कोसी रिक्त राख्ने बाबुरामबीच चलेको द्वन्द्व अर्थबाहेक अरू होइन । लोभी र पापीको मित्रता बाबुराम भट्टराई र प्रचण्डबीच भएको हो । प्रचण्ड, मोहन, बाबुराम एकै वर्गका एउटै मरणका भागीदार हुन् । अब यिनको समय सकिँदै गएको छ । धन, मकर, कुम्भ, मीन गत शनि २०७४ मार्ग २०८४–२०८४÷८ को दशक अपराधीले दण्ड पाउने समय हो, यो समयलाई छले पनि सञ्चित अपराध कुनै न कुनै बेला नभोगी सुख छैन ।

० प्रचण्ड नेतृत्वको वर्तमान सरकार कहिलेसम्म रहने देखिन्छ ?
– २०७२ वैशाख १२ गते ११ः५५ बजे भुइँचालो गयो । आश्विनसम्म अशुभ समयमा संविधान ल्याउन हुन्थेन, संविधान ल्याउने कार्यकारिणी व्यक्तिको निधन भइसक्यो भने त्यसको डोबमा प्रधानमन्त्री बन्ने व्यक्तिको पाला नाकाबन्दी नै लाग्यो । त्यही सरकारलाई निरन्तरता दिने व्यक्तिले आफ्नै पार्टनरलाई पल्टाएर प्रधानमन्त्री पद हात पा¥यो । त्यो पनि नपत्याउने सङ्कटकालीन बेला जस्तो प्रकृति भिन्न समूहको साथमा नौ महिना, नौ दिन, नौ वर्ष जावतआवतको समय शुभ मानिन्न भने त्यस्तै महिना समयको सम्झौता गरिएको छ । एमाले त नौमहिने शासनलाई आफ्नो उदय मान्छ भनेपछि यिनीहरूका सन्धिपत्र पनि ३ बुँदे, ८ बुँदे तथा बाह्रबुदे हुँदारहेछन् जो कि गणनामा घातक सङ्ख्या मात्र पर्छ । वृहस्पति शनि वक्रमुडमा प्रवेश गर्दै छन्, नववर्ष पनि नजिकिँदै छ । वर्ष अयन तीन महिना ४५ दिनको माने राख्ने हो भने वैशाखभित्र समाप्त नभए पनि साउन महिना त धेरै पर हो ।

० प्रचण्डपछिको सरकारको नेतृत्व कस्तो प्रकारको होला ?
– प्रचण्डलाई जसले कार्यकारिणी पदमा पु¥यायो अपराधीलाई अनुसन्धाता बनाएपछि अपराध पत्ता लाग्ला भनेर अथवा अपराध नहोला भनेर हो भने ‘मुखपिण्देन पुरितेको वंश याति’, मुखमा बुझो लगाएपछि वशमा पार्ने दाउ खोजेको हो भने ‘डुबते को तिनके का सहारा’ भन्ने हिन्दी कथन चरितार्थ भएछ भने बेग्लै कुरा हो । अब प्रचण्ड बाठो भएर काङ्गे्रसलाई सरकार प्रमुख दिए पनि नदिए पनि काङ्गे्रस पुरानो बाटोमा फर्केन, इतिहासको स्मरण गरेन र शेरबहादुर, रामचन्द्र लडिरहे पनि यिनको शनि शुक्र बल पनि आउने मङ्सिरदेखि राजतन्त्रको व्यवस्थामा समाहित हुनेछ र सबै दलले राजाको साथमा साझेदारी गर्ने निश्चित छ । किनभने मंगल सेनापति ग्रहको राशि, वृश्चिक नेपालको राशि हो । मंगल ग्रहको राशि वृश्चिकबाट चन्द्रसूर्य राशि नवौँ, दशौँ पर्छ, राज्य स्थान पर्छ । मेष राशि मंगलको घरबाट कर्कट सिंह, चन्द्रसूर्य राशि चौथो पाँचौँ हो । चन्द्र सूर्य मंगल शनि वृहस्पति पनि शुभग्रह स्थानमा विचरण गर्दै छन् जस्तै वृहस्पति कन्या तुला, बुध शुक्रको घर शनि धन वृहस्पतिको घर राहुसमेत कर्कटमा गएपछि उग्रपन्थी शिथिल बन्छन् । हतियारका बलशालीको विनाश हुन्छ । अपराधीले सजाय पाउने दशकका रूपमा आगामी दश वर्ष चल्छ । काङ्गे्रस, एमाले, माओवादी गौण बन्छ ।

० शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सम्भावना ग्रह गोचरीय दृष्टिमा देखिन्छ कि देखिँदैन ?
– शेरबहादुरलाई राजसत्ताले नछाडे पनि शेरबहादुरको हातमा शासन किन टिक्दैन भने १२ वृहस्पतिको कारण असल दाता भएकोले उदार भएर राज्य पनि दान गरिदिने फेरि अनुदार भएर समस्या खडा गर्ने हुनाले शेरबहादुर स्वयम् निर्णेता बनेर प्रधानमन्त्री खान सक्दैनन् । फागुनदेखि जेठको पहिलो हप्तासम्म शेरबहादुरको कुम्भ राशिमा शनि वक्र दृष्टि पनि थपिन्छ र शेरबहादुरको ठूलो सङ्घर्षका दिन सुरु हुन्छ । फेरि तुलाको वृहस्पतिको पनि दृष्टि पर्नाले शेरबहादुरको सफलता वक्र गुरुका कारणले गर्दा पनि हैरानी बढी लाभ कम छ, त्यति सजिलो देखिन्न । केही उपायहरू हुन सक्छन् ।

० कुन दशाका कारणले राजसंस्था गएको हो र अब कुनै बेला राजसंस्था पुनर्वहाली हुने सम्भावना देखिन्छ कि देखिँदैन ?
– महत्वपूर्ण कुरा के हो भने मरेको सम्बन्ध हराउँदैन, त्यागेपछि रहँदैन । श्री ५ वीरेन्द्र सपरिवार नारायणहिटी दरबारभित्रै अस्ताए । जंगबहादुरका साथै वीरशमशेरले पनि हिंसा गरेर शासन हत्याए, कालगति सहज गतिले होइन अकाल गति, अस्वाभाविक गतिमा परेर श्री ५ वीरेन्द्रको अन्त भयो । वृष राशिका सूर्य उत्तरायण सूर्यबल नभएको होइन, शनिचक्र पनि उच्चतम नै थियो । श्री ५ ज्ञानेन्द्रसमेत लाचार छायाजस्तै भएर निस्के जसरी युद्धशमशेर पनि योगीजस्तो बनेर अर्गलीतर्फ लागेका थिए । वृहस्पति बल पनि थियो राजदरबारमा घटना घट्यो २०३१ साल फागुनको १३।१२।१३ राज्यभिषेक मंगलबारको प्रमुख र वृहस्पति बल क्षीण थियो । कुभ्म राशि शनिका अंशमा सूर्य थिए । यसरी सूर्य वृहस्पति बल राज्याभिषेकमा हेरिएनछ । पछि पनि त्यसको शान्ति समाधान भएनछ । मैले यस्ता कुरा भन्न पनि मिल्दैन । म कुनै राजज्योतिषी पनि होइन एवम् राष्ट्रको भविष्यवाणी गर्न पनि मिल्दैन । तैपनि मैले गो, ब्राह्मण, राज निन्दा नगर्ने हुनाले राजा जाने र आउने समयको निधो नगरे पनि भन्न सकिन्छ– अब आउने दिन महिना वर्ष मात्र होइन शताब्दी पनि राजाको यदि यो देशको राजा नारायणको रूपमा रहेनन् भने नेपाल नागबेली देश हो गरुड वर्गको छायामा म¥यो भने शंकर भगवान नारायणले पनि राख्ने छैनन् । शंकरका गलाको नागले पनि गरुडलाई लखेट्छन् भने भूमिमा अलपत्र परेको नागलाई गरुडले बाँकी राख्दैनन् ।

Jyotishi

० नेपाल हिन्दूराष्ट्र वैधानिक रूपले बन्न सक्ने सम्भावना छ कि छैन ?
– हुँदै नभएको भनिन्न सञ्चित प्रारब्ध र क्रियमाण तीन प्रकारको सम्भावना हुन्छ । बीचको प्रारब्धचाहिँ अवश्यम्भावी हुन्छ, प्रारम्भ नभईकन पूर्ण हुँदैन । ऋष्यति पश्यति देख्छ, देख्ने द्रष्टा हो, मनन गर्ने मुनि हो । जसले हुने कुरा थाहा पाउँछ त्यो ऋषि हो जसले जे भन्यो त्यही हुन्छ त्यो महर्षि हो महर्षिको वचन जे छ त्यही हुन्छ । श्रीमद्भागवतगीता महर्षि व्यासको वाणी हो । जातस्यहि धु्रवो ध्रुवं जन्म मृतस्वच । जो जन्म्यो त्यो मर्छ जो म¥यो त्यो जन्मन्छ । राम कृष्ण जन्मे फेरि पनि जन्मछन्, लोक जान्छ, फेरि आउँछ । गतानुगतिको लोक छ, गएको फर्किन्छ आउँछ, गएको गई हुँदैन । चाणक्यका अनुसार राजा दुई प्रकारका हुन्छन् परम्परागत र निर्वाचित । परम्परागत राजा नेपालमा टुटेको छैन, छुटेको छैन । राजा चन्द्रगुप्तलाई हटाइयो नन्द वंश आए फेरि चन्द्रवंश नै आए भारतवर्षमा । नेपालमा पनि कतिपटक राजा दरबारबाट बाहिरिए, त्रिभुवन पनि बाहिरिएका थिए । राजा हट्दैन जोगिन्छन् । नेपालबाट राजा हटाउन सात पुस्ता लाग्छ । अन्यथा सात पुस्ताभित्रका आफन्तले कुनै सत्ता शक्तिलाई सफल हुन दिँदैनन् या त राष्ट्र समाप्त हुन्छ या त राजा वैधानिक रूपमा आउँछन् । अन्तर्राष्ट्रिय दबाब किन आयो भने ०२८ सालमा बंगलादेश बन्दा राजाको भूमिका तटस्थ रह्यो । जंगबहादुर राणाले त्यसै अङ्गे्रजसित मित्रता राखेनन्, देश जोगाए, परन्तु राजा मानेर चोखिए । राजाले किन अनुचित काम गर्न मानेनन् ? राजतन्त्रविरोधी बाहिरियासित मिलेर खुनी व्यक्तिले, राष्ट्रद्रोहीले देशमा कालो सर्प भित्र्याए अब राजा आएनन् । राजालाई वैधानिक मान्यता मिलेन र यिनै लथालिङ्गेको पछि जनमत लाग्यो भने राष्ट्र नै रहँदैन, राष्ट्र नै नरहेपछि कताको राजा रहने ? राष्ट्र नै नरहेपछि राजा नै नरहेपछि हिन्दूराष्ट्र वैधानिक रूपले पनि कसरी रहने ? तैपनि नेपाल राष्ट्र भनेर नरहे पनि नेपाल हिन्दूराष्ट्रको मूल केन्द्र हुनेछ । नेपाल रहेसम्म हिन्दूराष्ट्र हराउँदैन किनकि यस खण्डलाई विश्वका हिन्दूले आँखा चिम्लेर छाड्ने छैनन्, नत्र भारत वर्षमा ठूलो सङ्ग्राम मच्चिनेछ । महाभारत पनि हुन सक्छ ।

० अन्त्यमा भन्नैपर्ने केही छन् कि ?
– ज्योतिषशास्त्र, धर्मशास्त्र विज्ञानसम्मत छ । शास्त्रसम्मत संविधान कानुन पनि धर्मशास्त्रभित्रै पर्छ । अर्थशास्त्र पनि धर्मशास्त्रकै अङ्ग हो, धर्मबाहेक अर्को छैन । खगोलको प्रभाव, भूगोलको प्रभाव ग्रहको प्रभावभन्दा माथि ईश्वरको प्रभाव छ । ईश्वरको विधान छ । १०१ उल्कापात कतिखेर कहाँ हुन्छ ईश्वरबाहेक अरू कसैलाई थाहा हुँदैन । त्यसकारण समस्त नेपालीले ईश्वरलाई स्मरण गरेर राजा राष्ट्र वैदिक सनातन हिन्दू राष्ट्रप्रति आस्था, विश्वास र भरोसा गरौँ, पशुपतिनाथ अर्थात् प्राणीजगत्का उद्धारक साक्षी छन् ।