चियापान र शुभकामना आदानप्रदान कार्यक्रम

चियापान र शुभकामना आदानप्रदान कार्यक्रम


tea-4लण्डन । नेपाली जनसम्पर्क समिति बेलायतले बडा दशैं, शुभ दिपावली र छठ पर्बको उपलक्ष्यमा भेटघाट,चियापान र शुभकामना आदानप्रदान कार्यक्रम नर्थोल्टस्थित ब्लु ओर्किड रेस्टुरेन्ट, वेस्ट लण्डनमा १६ अक्टोबर आइतबारका दिन सम्पन्न गरेको छ ।

नेपाली काँग्रेस तथा नेपाली जनसम्पर्क समिति बेलायतका नेता तथा कार्यक्रमका संयोजक शान्त बिनोद लामिछाने को संयोजकत्योमा सम्पन्न कार्यक्रममा जनसम्पर्क समिति बेलायतका नेताहरु चेतनाथ खनाल, महेश दाहाल, कुमारी गुरुङ्ग, प्रवेश केसी, विश्व घिमिरे, क्षेत्रीय सभापतिहरु किरण राई, नारायण आचार्य, सूर्य नेम्वांगहरुको उपस्थिति थियो । त्यसैगरी इन्जिनियर रामजी पहारी, घनश्याम गिरी, सुन्दर ढकाल, पत्रकार एभरेस्ट गौतमज्युहरु पनि कार्यक्रममा उपस्थित थिए । सोही दिनमा लण्डनमा विभिन्न कार्यक्रमहरुको आयोजना भएकोले नेपाली काँग्रेस बेलायतका नेता कार्यकर्ताहरुको एपोलोजी पनि आएको थियो ।

भिन्न र आधुनिक माहौलमा सम्पन्न उक्त कार्यक्रममा एक आपसमा शुभकामना आदानप्रदान गरिएको थियो भने सबै बक्ताहरुले नेपाली जनसम्पर्क समिति बेलायतको आगामी अधिबेशन कसरि एकीकृत, भब्य व्यबस्ठित तरिकाले सम्पन्न गर्ने भन्ने बिषयमा चासो राखिएको थियो भने विभिन्न विकल्पहरु पनि प्रस्तुत गरिएको थियो !

शुभकामना कार्यक्रम पश्चात जनसम्पर्क समितिका पूर्व र बर्तमान पदाधिकारीहरुको छलफलले जनसम्पर्क समिति बेलायतको आर्थिक हिसाबकिताब सम्बन्धमा उठेको अनियमितताको प्रस्न र नेपाली काँग्रेस पार्टीको तेर्हौ महाधिबेसनमा प्रतिनिधि छनौट प्रक्रियामा भएको आर्थिक घोटालाको छानबिन गर्नका लागि आगामी बैठकमा एक शक्ति सम्पन्न कार्यदल बनाउने निर्णय गरियो । तत्कालीन सभापति र नेतृत्वमा रहेका व्यक्तिहरुले महाधिबेशन प्रतिनिधि तथा महाधिबेशन समिति सदस्य बनाएर लैजाने झुटो आश्वासन दिदै विभिन्न व्यक्तिहरुबाट पैसा उठाएर लगेको, कतिपयलाई छनौट नभएमा फिर्ता दिने भनेर सापटी मागेर पैसा फिर्ता नगरेको, क्रियाशील सदस्य बनाउँदा सिमित कोटा तोकेर नेपाली काँग्रेसका साधारण सदस्यहरुलाई क्रियाशील सदस्यता बन्नबाट बन्चित गरिएको, स्वयम् पदाधिकारीहरुलाई नै यसमा फसाउने काम गरिएको, संस्थाको रकम व्यक्तिगत खातामा सारी खर्च गरिएको, जनसम्पर्क समिति बेलायतको स्थापनाको तेह्र बर्षको इतिहासमा यसरि घिनौना कार्य गरी संगठनलाई सबभन्दा कमजोर पारिएकोले सो सम्बन्धमा छुट्टै समिति गठन गर्ने, क्षेत्रीय समितिहरुसंग समन्वय गर्दै नेपाली काँग्रेस केन्द्रीय कार्यालय र केन्द्रीय नेतृत्वलाई स्थलगत विवरण पेश गर्ने निर्णय लिइएको छ ।

साथै आगामी आदिबासी जनजाति महासंघ नेपालको महाधिबेशनमा सबै क्षेत्रीय समितिहरुसंग समन्वय गरेर लोकतान्त्रिक पद्दतिबाट छनौट गर्नका लागि अक्टोबर ३० मा बस्ने बैठकमा एक कार्यदल गठन गर्ने निर्णय गरियो ।

भर्खरै सम्पन्न नेपाल तरुण दल यूकेको अधिबेशनबाट निर्बाचित सभापति विश्व घिमिरेलगायत सम्पूर्ण नब निर्बाचित कार्यसमिति लाइ हार्दिक बधाई प्रदान गरियो ।
-मिलन शर्मा