क्याटवाकमा देखिए गजित र मरिस्का

क्याटवाकमा देखिए गजित र मरिस्का


naya-cover

नायक गजित बिष्ट, चलचित्र चपली हाइटकी अभिनेत्री मरिस्का पोखरेल विश्वकै कान्छा निर्देशक सौगात बिष्टलगायतका कलाकारले फिटनेश र्याम्पमा क्याटवाक गरेका छन् । ‘जुम्वाण्डु फिटनेश क्लब’ले राजधानीमा आयोजना गरेको कार्यक्रम ‘जुम्बा एण्ड डिजे डान्स पार्टी २०१६’ उनिहरुले र्याम्प वाक गरेका हुन् । र्याम्प वाकका क्रममा उनिहरु विभिन्न फिटनेश प्रशिक्षण समेत लिएका छन् ।

जुम्वाण्डु फिटनेश क्लब भिमसेन गोलाले आफ्नो प्रथम वार्षिक उत्सवको अवसर पारेर आयोजना गरेको कार्यक्रममा यी कलाकारका जुम्बा प्रशिक्षक र युवा युवतीले पनि र्याम्प शो गरे । र्याम्पमा स्वस्थ रहन आवश्यक विभिन्न फिटनश कला समेत प्रस्तुत गरिएको थियो ।

स्वस्थ्यका लागि जुम्मा फिटनेशको महत्व बुझाउने उदेश्यले नेपालमै पहिलो पटक फिटनेश र्याप्प आयोजना गरिएको क्लब प्रबन्धक अर्जुन रखाल मगरले बताए । वैज्ञानिक तवरले रेगुलर एक्सरसाइज गरे अस्पताल र औसधिबिना नै स्वस्थ्य रहन सकिन्छ भन्ने सन्देश कार्यक्रममार्फत दिन खोजेको उनले बताए ।

आनन्द इभेन्ट भिमसेन गोलामा भब्य पार्टीसहित आयोजित कार्यक्रममा डान्स पार्टी, वेलकम डिक्स, बफेट डिनरलगायतका प्याकेजका कार्यक्रम समेत राखिएका थिए ।