कृष्णप्रसाद कोइराला र खरदार पद

कृष्णप्रसाद कोइराला र खरदार पद


sn-karki-5

स्वयम्भूनाथ कार्की

परिच्छेद २को अन्ततिर कृष्णप्रसादले ल्याएका शिक्षकस“गको एक प्रसङ्ग छ । बनारसको बङ्गाली टोलमा काली मन्दिरनेरको गल्लीबाट एक घरको माथिल्लो तलामा त्यस शिक्षकलाई भेटन कृष्णप्रसाद बीपीलाई लिएर गए । ‘पिताजीलाई देखेर भन्यो– ओहो, खरदार साहेब’ । कृष्णप्रसाद खरदार पनि भएको एकदमै कम चर्चामा आएको छ । यो एक सम्बोधन चन्द्रशमशेरको व्यवहार, कृष्णप्रसादको दन्त्यकथाजस्तो लाग्ने जीवन, उनले भोगेको आरोह–अवरोह आदिमा देखिएको रहस्यको ढोका खोल्ने चाबी हुनसक्छ । राणाहरूको जगजगीमा खरदार, लप्टन, कप्तानजस्ता पदहरू सरकारी मात्र हुँदैन थिए । आफ्नो खेतीपातीको हेरचाह र बन्दोबस्त गर्न खटाइएकालाई जङ्गीजस्तो लाग्ने पद दिइएको हुन्थ्यो भने उनीहरूको बन्दव्यापार, कुनै सुधार वा बिगारका काम गर्न खटाइएकालाई निजामतीजस्तो लाग्ने पद दिइएको हुन्थ्यो । ‘ए’ क्लासका राणाहरूको निजी खेतीपाती तथा बन्दव्यापारमा आवश्यक परेको बेला सरकारी मद्दत पाउन सहज हुने साथै सर्वसाधारणलाई यी त सरकारी मान्छे हुन् भन्ने भ्रम कायम हुने हुनाले सबै कुरा बिना कुनै कठिनाइ चल्ने गर्दथ्यो ।

रहस्य रोमाञ्चले भरिएको कुनै उपन्यास, नाटक वा सिनेमाको कथाजस्तो लाग्ने कृष्णप्रसादका कथा यस किताबमा छन् । उनको जीवन कथाका बुभ्mन कठिन भएको रहस्यको ढोका खोल्ने चाबी अरू पनि अनेक हुन सक्छन्, तर किताबमा अनायासै र केवल एक स्थानमा मात्र उल्लिखित ‘खरदार साहेब’ले यो ढोका सहजै खोल्छ । ब्रिटिस सरकारले वारेन्ट जारी गरेकाले केही समय लुक्नुपर्ने अवस्थामा कृष्णप्रसादले त्यसलाई नेपाल ल्याएका थिए । यस भेटमा उसले नेपाल छोडिसकेको थियो, उसका दुई छोरामा एकलाई फाँसी भएको थियो र अर्कोलाई आजीवन कालापानी । आफूलाई बेलामा मद्दत पु¥याएका कृष्णप्रसादबारे बीपीलाई ऊ भन्छ, ‘तिम्रो पिताजी त बडा ठूला मानिस हुन् । तिमीले कहिले पनि आफ्नो पिताजीको गौरव नबिर्सनू’ । यस्तो मान्छेले कृष्णप्रसादलाई किन खरदार साहेव भन्यो त ? यसको उत्तर त्यति कठिन छैन, शायद पहिलो भेट कृष्णप्रसादले खरदारको हैसियतमा गरेका थिए ।

यी सबै तथ्यको नतिजा दुई जोड दुई चारजस्तै सरल छ, कृष्णप्रसादले खरदार पद पाएका थिए, त्यो पद सरकारी नभएर चन्द्रशमशेरको निजी निजामती पद थियो । हालसम्म उपलब्ध जानकारीले कृष्णप्रसाद कुनै अड्डाको कर्मचारी भएको भन्दैन । कलकत्तामा त्यो शिक्षकसँग उनले झुटो पक्कै बोलेनन् होला, किनभने झुटो बोल्नुपर्ने आवश्यकता नै थिएन । यसको सीधा अर्थ उनी सरकारी होइन चन्द्रशमशेरको निजी कामका खरदार थिए । त्यसैले किताबमा बीपीले पिताजीले बसाउनुभएको भनेको चन्द्रशमशेरलाई ढाक्रेको लुगा पठाइएको भनेको बस्तीको नाम चन्द्रगञ्ज थियो । भन्सारका ठेकेदार भएर पनि कृष्णप्रसाद कचहरी चलाउँथे । परिच्छेद ३को सुरुतिरै बीपी भन्छन्, ‘सडक पार गर्दा धुलो लाग्छ भनी म सडकको छेउमा उभिरहेको हुन्थेँ र त्यताबाट जाने कसैले मलाई कचहरीमा पिताजी नेर पु¥याई दिन्थ्यो ।’ उनको यो हैसियतले उनले चलाएको सबै ठेक्का तथा व्यापारको वास्तविक धनी चन्द्रशमशेर आफैं त थिएनन् भन्ने सोच पनि पलाउन सक्छ ।

कर्णेल जितबहादुरलाई सपरिवार कृष्णप्रसाद भगाउने चटारो परेको थियो । घरसम्म पनि जान दिएनन् । केवल गोलाबाट र एकजना नातेदारबाट केही रुपैयाँ लिन पाए । त्यहाँबाट आफ्नो व्यापार र अफिस भएको कलकत्ता नगएर बनारसतिर लागे । यता उनको सबै सम्पत्ति जफत गर्न सरकारलाई सजिलो भयो । कलकत्तामा भएको सम्पत्ति जफत गर्न राणाहरूको बसको कुरा थिएन र जफत गरेको कुरा पनि हालसम्म आएको छैन । त्यो व्यापार तथा सम्पत्तिले विपत्मा कृष्णप्रसादको साथ दिन नसक्नुको एकै कारण हुन सक्छ, वास्तवमा त्यो सम्पत्तिको मालिक कृष्णप्रसाद थिएनन् कि ? राणहरूको कोपभाजन हुँदा त्यसका सबै नातेदार कोपभाजन हु“दैन थिए, कुनै कारणले संलग्न मात्र लपेटमा आउने गर्दथे । तर, डर पसाउन तीनपुस्ते सबैलाई थुन्छन् भन्ने हल्ला चलाइएको थियो ।

जो पक्राउ पर्दैन थियो त्यसले आफूले निगाह पाएको ठान्थ्यो । स्वयम् बीपी पक्राउ पर्दा पनि पहिलोपटकमा जुटमिल आन्दोलनमा जो जो सक्रिय थियो त्यो त्यो मात्र पक्राउ परेको थियो । अर्कोपल्ट पनि परिवारका अन्य कोही पक्राउ परेका थिएनन् । स्वयम् विजयशमशेरको छोरा पढाउने ठाकुर दाजुलाई बीपीको पक्राउले छोएन । तर, कृष्णप्रसाद मुग्लान पसेपछि उनका एक भाइ (दीर्घराजको बुबा) र श्रीमतीका बाजे पक्राउ परे, तर भागे । सम्भवतः उनीहरू कृष्णप्रसादका जमानी पो थिए कि भन्ने संसय निवारण भने यो किताबमा छैन । स्वयम् चन्द्रशमशेरले पनि सुधारका केही काम गरेका थिए । त्रिचन्द्र कलेज, चन्द्रनहर, चन्द्रनिगाहपुर यसका केही उदाहरण हुन् । बीपीकी आमा सचिव भएको महिला समितिको संरक्षक स्वयम् चन्द्रशमशेरकी रानी थिइन् ।

कृष्णप्रसादसम्म चन्द्रशमशेरको पहुँच थियो र त आफूलाई फाइदा गरेका औषधि तथा नेपालमा प्रकाशित किताबहरू नियमित पठाउँथे । तैपनि कृष्णप्रसादलाई नेपाल आउन अनुमति भने किन दि“दैन थिए । यो कुराको गाँठोमा शायद उनको त्यो खरदार पद नै पो थियो कि ? अर्थात् या त चन्द्रशमशेर उनलाई नेपाल फर्केपछि पहिलेको स्थान दिन तयार थिएनन् वा नेपाल फर्केपछि उनले पहिलेजस्तै आफ्नो काम गरून् भन्ने चाहन्थे, तर कृष्णप्रसाद त्यसमा राजी थिएनन् । यो कुरालाई बल पुग्ने एक प्रसङ्ग किताबमा छ । कृष्णप्रसादले अब अरू सहन सकिन्न भनेर चन्द्रशमशेरलाई चिट्ठी लेखे, नखसाई फर्केर आए । फर्कन पाउने कुराको मिलनबिन्दु कहीँ न कहीँ पक्का थियो भन्ने कुराको यसले पुष्टि गर्दछ । चन्द्रशमशेरपछि भिमशमशेरले उनलाई नेपाल बोलाए ।

भिमशमशेरले बसोबासबारे सोध्दा आफ्नै व्यापार गर्छु भन्ने जवाफ दिएबाट चन्द्रशमशेरको उनले मान्न नचाहेको सर्त फेरि चन्द्रशमशेरको काम गर्नुपर्ने थियो भन्ने छनक पाइन्छ । अर्थात् खरदारी उनलाई कबुल थिएन । त्यसैले धेरैले अहिलेसम्म राणाको मौजा वा व्यापार सम्हालेको पद गर्वले आफ्नो नाममा टा“स्दा उनीले भने स्वनिर्वासनमा जानुपरेपछि नै त्यो पदसँगको साइनो तोडेको हुनुपर्छ । त्यसैले कृष्णप्रसादले खरदार पद पाएका थिए भन्ने कुरा धेरैलाई आज थाहा छैन । यस्तो मोहभङ्ग हुनुको कारण आफ्नोतर्पmबाट हुकुमअनुसारको काम गर्दा पनि कोपभाजन हुनुपरेको हुनसक्छ । अनि आपूmले त्यसरी दण्डित गरेको पछुतोस्वरूप चन्द्रशमशेरले कृष्णप्रसाद जहाँ भए पनि खोजखबर र सम्पर्क राखेको हुनसक्छ । यस दृष्टिबाट हेर्ने हो भने कृष्णप्रसादले चन्द्रशमशेरका कारणले भोग्नुपरेका हरेक अवस्थाको जवाफ सहज हुन्छ ।