किन पलायन हुँदैछन् नारायण श्रेष्ठ र प्रेम बानियाँहरु ?

किन पलायन हुँदैछन् नारायण श्रेष्ठ र प्रेम बानियाँहरु ?


pecimismनेपालीमा एउटा भनाइ छ ” बूढी त मरी मरी, काल पल्क्यो भन्ने डर ।” हो, वास्तवमा हिजो नारायण श्रेष्ठ पलायन भए, आज प्रेम बानियाँ अनि भोलि रविन्द्र मिश्र, विद्या चापागाईं, भुषण दाहाल, दिल भुवन पाठकहरु पनि पलायन हुन् के बेर ? मानिसको जीवनमा परिस्थितिअनुरुप विभिन्न चरणहरु आउने गर्दछन र ती चरणहरुका आ-आफ्नै मूल्य र मान्यताहरु हुने गर्दछन् । शुरुमा स्थान चाहिन्छ, त्यसपछि इज्जत, मान, प्रतिष्ठा अनि आर्थिक सम्पन्नता । हुन त भन्ने गरिन्छ, इज्जत र प्रतिष्ठाको अगाडि धन सम्पति नगन्य हुन्छ, हुन् सक्ला मूल्य र मान्यताका अगाडि नगन्य होला तर आफ्नो घर परिवार र समाजका अगाडि एकदिन महशुस हुन्छ कि अब भने इज्जत, मान, सम्मान र प्रतिष्ठाले मात्र नहुँदो रहेछ भनेर, अनि त्यसपछि बाध्य भएर रहरले हैन करले नचाहँदा नचाहँदै त्यसको विकल्प खोज्न बाध्य हुनुपर्दछ ।

यहाँ नारायण श्रेष्ठ र प्रेम बानियाको मात्र कुरा गरिएको हैन, थुप्रै नारायण श्रेष्ठ अनि प्रेम बानियाँहरुको बारेमा भन्न खोजिएको हो । बरु अहिलेको ताजा प्रसङ्ग पत्रकारिता क्षेत्रको मात्र प्रसङ्ग कोट्याउन खोजेको भने पक्कै हो । हुन् सक्छ, उनीहरु पलायन नभई आफूलाई अझ प्रखर र धुरन्धार बनाउने अभिलाषाहरु लिएर शैक्षिक योग्यता हाँसिल गर्ने उद्देश्यले पनि गएका हुन सक्छन, तर स्वदेशको तुलनामा त्यहाँ पाइने बिभिन्न सुख सुबिधा र सम्पन्नताले गर्दा पक्कै पनि मन दोधार पर्न सक्छ । हो, उनीहरुले नेपालको लागि वर्षौंसम्म थुप्रै योगदानहरु दिएका छन् । आफ्नो खुबी र प्रस्तुति देखाएर थुप्रै दर्शक स्रोताहरु बटुलेका छन् उनीहरुले । आफूले पाउने माया, ममता र हौसलामा कुनै कमि थिएन होला । तर त्यसको प्रतिफलमा उनीहरुले देशबाट केही पाए कि पाएनन् त ? मलाई लाग्छ, सायद यदि यो प्रश्नको सही उत्तर आउने र पाउने हो भने पक्कै पनि देशमा अहिले कैयौं नारायण श्रेष्ठ र प्रेम बानियाँहरुको कमी हुने थिएन । यहाँ त खाई नखाई अनि अरुसँग गुहार मागेर आफ्नो प्रतिभाको प्रदर्शन गरेर देशको इज्जत बढाउनुपरेको छ । विदेशी मुलुकले चिन्न सक्छ तर आफ्नो देशले चिन्न सक्दैन । यहाँ सरकारद्वारा प्रतिभाशाली व्यक्तित्वहरुको कुनै लेखाजोखा हुँदैन बरु हुन्छ त केवल व्यक्ति र समाजबाट । यहाँ देशको लागि केही गर्छु भन्नेहरुका लागि भन्दा देशका लागि केही गर्नु पर्दैन भन्नेहरुले बढी अवसर पाउने गर्दछन् जुन कुरा प्राय सबै क्षेत्रमा लागू हुने गर्दछ । यहाँ देशको लागि मर्नेहरु हैन, देशलाई मार्न खोज्नेहरु शहीद बन्ने गर्छन् । तसर्थ जबसम्म सरकारले रास्ट्रिय प्रतिभाको सम्मान गर्दैन र दुरदर्शिता अपनाउँदैन, तबसम्म राष्ट्रिय स्वाभिमानले मात्र व्यक्तिगत सम्मानलाई जोगाउन पकै गाह्रो पर्नेछ ।

जबसम्म देश र सरकारले कुनै पनि क्षेत्रका महान व्यक्तित्व र प्रतिभाशील व्यक्तित्वको सम्मान गर्न सक्तैनन् तबसम्म यस्ता थुप्रै प्रतिभाहरु चामलसँग पिठो साटेझैं साट्न बाध्य हुनुपर्ने छ । राम्रालाई हैन, हाम्रालाई अनि बुद्धिलाई हैन, बललाई मात्र प्रश्रय दिदैं जाने हो भने भ्रष्टाचार, लुटपिट र आन्दोलन जस्ता कार्यहरुको लागि नेपाल पक्कै पनि सक्षम बन्दै जानेछ । चाहे जुनसुकै क्षेत्रबाट किन नहोस्, देश र जनताको लागि कसैले केही गरेको छ भने उसलाई सरकारबाट हौसला, प्रेरणा, सहयोग र सुविधा प्रदान गर्न सक्नुपर्दछ । 10256736_10152478136509282_7998965706417022856_oत्यत्ति मात्र हैन, उसलाई त्यससम्बन्धी अझ बढी तालिम र विकासको अवसर प्रदान गर्न सक्नुपर्छ । थुप्रै सामाजिक कार्य गर्नेहरु छन्, सडकमा फालिएका बालबालिकादेखि लम्पसार परेका बूढाबूढीहरुलाई टिपेर लगेर उनीहरुको स्याहार सुशार गर्ने थुप्रै समाजसेवीहरु व्यक्तिगत पहलमा अघि बढिरहेका छन् । उनीहरुको वास्तविकता पहिचान गरी आवश्यक सरसल्लाह तथा सुझाव दिन सकेमा सरकारका नजरमा नपरेका थुप्रै बेवारिसे जीवनहरुले मानवीयताको महशुस गर्न पाउनेछन् । यदि सरकारले बेलैमा यसतर्फ आवश्यक कदम नचाल्ने हो भने अशिक्षित र सोझासाझा जनता नेताहरुको भाषणमा आल्मल्लिरहने छन् भने शिक्षित र टाठाबाठाहरु दैनिक रुपमा पलायन हुनु शिवाय कुनै बिकल्प रहने छैन ।

-नरेन्द्र बस्नेत लण्डनबाट,