‘काठमाडौंको जीवनमा एक दिन’ सार्वजनिक

‘काठमाडौंको जीवनमा एक दिन’ सार्वजनिक


book-lauch-jawed-ashraf-1

जावेद असरफको प्रसिद्ध कफी टेबल बुक ‘काठमाडौंको जीवनमा एक दिन’ (अ डे इन द लाइफ अफ काठमाण्डु)को राजधानीमा आयोजित एक कार्यक्रमबीच परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत र नेपालका लागि भारतीय राजदूत रणजीत रायले संयुक्त रूपमा लोकार्पण गरेका छन् । एक सय तीसवटा तस्बिर सङ्ग्रहित उक्त पुस्तक गत वर्ष नेपालमा गएको भूकम्पमा ज्यान गुमाउनेहरूप्रति समर्पित गरिएको छ । पुस्तकबारे आफ्ना अभिव्यक्ति दिँदै मन्त्री डा. महत र राजदूत रायले जावेद असरफलाई ‘विश्वकै लागि नेपालको राजदूत’को संज्ञा दिए ।

फ्र्याङ्फर्ट, बर्लिन र वाशिङ्गटन डिसीमा रही काम गरिसकेका डिप्लोम्याट जावेद सन् २००४–२००७ मा काठमाडौंस्थित भारतीय दूतावासमा थिए भने भारतीय विदेश सेवाको सन् १९९१ ब्याचका अफिसर उनी सिंगापुरका लागि भारतको तर्फबाट राजदूत प्रस्तावित छन् । ‘अ डे इन द लाइफ अफ काठमाण्डु’ त्यही पुस्तक हो जुन भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रधानमन्त्री नरेन्द्र मोदीले उपहार प्रदान गरेका थिए ।

book-lauch-2