काङ्ग्रेस हराउन केसीलाई सफलता !

काङ्ग्रेस हराउन केसीलाई सफलता !


Arjun

माओवादी केन्द्रका उम्मेदवारलाई काङ्ग्रेस पक्षधरले नै मत हालेका कारण नुवाकोटका अधिकांश गाउँ र नगरमा झिनो मतको अन्तरले काङ्ग्रेस पछाडि परेको पाइएको छ । सदरमुकाम विदुरमा मेयर पदका प्रत्याशी पुराना काङ्ग्रेस नेता ध्रुव अधिकारीलाई हराएर आफ्ना मामा गणेश पण्डितका सहयोगी एमाले उम्मेदवार सञ्जु पण्डितलाई जिताउने अभियानमा राजु थापासहितका ‘काङ्ग्रेसी’ लागेका र एमाले उम्मेदवारलाई सहयोग पु¥याएको सन्दर्भमा यतिबेला विदुरमा अनेक किस्सा चल्न थालेकोे छ । राजु थापा मन्त्री एवम् काङ्ग्रेस नेता अर्जुननरसिंह केसीका निकट एवम् विश्वासपात्र मानिन्छन् । यस्तै, सदरमुकामसँगैको लिखु गाउँपालिकामा नेपाली काङ्ग्रेसका उम्मेदवार ध्रुव श्रेष्ठलाई हराउन विनोद पाठक, रामकुमार उप्रेती ‘ठुटे’, परशुराम अधिकारी, गणेशदास अमात्यलगायतले माओवादी केन्द्रका उम्मेदवार धर्मराज अधिकारीलाई साथ दिएपछि काङ्ग्रेसको गढ मानिने यो क्षेत्र पनि एमालेको हातमा पुग्ने स्थिति बनेको हो । विनोद पनि मन्त्री केसीका अनन्य सहयोगी मानिन्छन् ।

उता काङ्ग्रेस नेता डा. रामशरण महतको गाउँ पन्चकन्या गाउँपालिकामा मन्त्री अर्जुननरसिंह केसीनिकटका भनेर चिनिने मिश्र र कुइँकेल थर भएकाहरूको एक जत्था अपराह्न ३ बजेसम्म मतदान नगरी बसेकोमा मन्त्री केसीले अपराह्न ३ बजे टेलिफोनमार्फत निर्देशन दिएर माओवादी केन्द्रलाई भोट हाल्न लगाएको चर्चा नुवाकोटमा छ । निर्देशानुसार उनीहरूले माओवादी केन्द्रका उम्मेदवारलाई भोट हालेका कारण काङ्ग्रेसको यो गढमा पनि माओवादी केन्द्रको पल्ला भारी हुन पुगेको हो । नुवाकोटमा नेपाली काङ्ग्रेस समाप्त पार्ने यस अभियानमा लामो समयदेखि क्रियाशील ठानिएका केसी बन्धुहरूले जिल्लामा माओवादी केन्द्रसँग सहकार्य गर्दै आएकोमा यसपटकको स्थानीय निर्वाचनमा ठाउँहेरी माओवादी केन्द्र र एमालेलाई समेत मत दिएर ठूलो ‘गुन’ लगाएको उनीनिकट गोविन्द थपलियाले गोंगबुका चिया पसलहरूमा भनेको सुनेर नुवाकोटे काङ्ग्रेसीहरू आश्चर्यमा परेका छन् ।