कांग्रेसमा को कता ?

कांग्रेसमा को कता ?


congress

नेपाली कांग्रेसभित्र अधिकांश नेताले महाअभियोग प्रस्तावलाई लोकमानसिंह कार्कीविरुद्धको कदमभन्दा पनि नेकपा एमालेको कुटिल राजनीतिक चालबाजीका रूपमा लिएका छन् । सभापति शेरबहादुर देउवा यस सम्बन्धमा हालसम्म तटस्थ भूमिकामा देखापर्नुभएको छ भने कृष्णप्रसद सिटौला, प्रदीप पौडेल, गगन थापा, विश्वप्रकाश शर्मा र धनराज गुरुङ एमाले–माओवादीको प्रस्तावमा सहमति जनाउनुपर्ने धारणा प्रकट गर्दै छन् । तर, कांग्रेसका उपल्लो स्तरका नेताहरू रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, खुमबहादुर खड्का, कुलबहादुर गुरुङ, डा. रामशरण महत, विमलेन्द्र निधि, पूर्णबहादुर खड्का, गोपालमान श्रेष्ठ, डा. प्रकाशशरण महत, डा. शेखर कोइराला, शङ्कर भण्डारी, पुष्पा भुसाल, नवीन्द्रराज जोशी, अजय चौरसिया, एनपी सावद, डा. नारायण खड्का, चन्द्र भण्डारी, मोहनबहादुर बस्नेत, दीपक खड्का, इन्द्रबहादुर बानियाँ, कमला पन्तलगायतले ‘महाअभियोग प्रकरण’लाई एमालेको कपटपूर्ण चालबाजीका रूपमा लिएका छन् र कुनै पनि हालतमा उक्त प्रस्तावप्रति सहमति जनाउन नहुने अडानमा रहेका छन् । यस प्रकरणमा कांग्रेसभित्रको दुई खेमाको रेखा पनि मेटिन पुगेको छ । एक बेग्लै उपगुट खडा गरेर बस्नुभएका कृष्णप्रसाद सिटौलालाई यस प्रकरणले निकै ओझेलमा पार्न सक्ने देखिएको छ । विगतमा देउवा र पौडेल पक्षका भनेर चिनिएका नेताहरू धेरैपछि एकै ठाउँमा उभिन आइपुग्नुलाई कांग्रेसभित्र अत्यन्त सकारात्मक रूपमा लिइएको छ ।