एनसेल र नगरपालिका जुध्दा नागरिक मर्कामा

एनसेल र नगरपालिका जुध्दा नागरिक मर्कामा


ncell

सिद्धार्थनगर नगरपालिकाको बर्मेलीटोलदेखि पवन होटलसम्ममा एनसेल कम्पनीले अप्टिकल फाइबर बिछ्याउँदा खनेको सडक पेटी मर्मत नहुँदा उक्त सडकमा आवतजावत गर्न अत्यन्त कठिनाई भएको छ । डेढ महिना अघिदेखि खनिएको सडकपेटी समयमा सम्पन्न हुन नसक्दा पैदल यात्रुलाई हिँडडुल गर्नदेखि व्यापरीहरुलाई व्यवसाय गर्न समेत असहज भएको भन्दै स्थानीय आक्रोशित भएका छन् । नगरभित्र नगरपालिकाको अनुमतिबिना कुनै काम गर्न पाईँदैन तर एनसेल कम्पनीले सिद्धार्थनगरपालिकाभित्र नगरको अनुमति बिना आफ्नो अप्टिकल फाइबर (तार) बिछाएको छ ।

एनसेल कम्पनी भैरहवाका क्षेत्रको कन्ट्रक्सन लिएका धुब्र खड्का नगरपालिका लागि आफूहरुले पटकपटक लिखित रुपमा पत्र एक वर्ष अगाडिदेखि दिँदा पनि कुनै प्रतिक्रिया नआएकोले आफूहरुले सेवा बिस्तारका लागि तार बिछाएको बताउँछन् । नगरपालिका लागि लिखित रुपमा पटक पटक तथा मौखिक रुपमा अनुमति माग्दा आफ्ना कुरा नमानेर जनतामा सेवा पु¥याउने सञ्चार क्षेत्रमा खेलवाड गरिएको र हामीले के गर्नुपर्छ भनी सोध्दा पनि जवाफ नदिएपछि काम अगाडि बढाएको उनको कथन छ ।

तर सिद्धार्थनगर नगरपालिका योजना शाखा टिम लिडर ज्ञनलाल चौधरी भन्छन्– हामीले अनुमति दिएका थिएनौं एलसेल कम्पनीले मनोमानी रुपमा नगरको सडकपेटी भत्काएर तार बिछ्ययो, अब हामी त्यो खाडल पुर्दैनौं । जसले भत्काएको छ उसैले बनाउँछ । नगरभित्र आएर दादागिरी देखाएर काम गर्छ भने हामीले के गर्ने ? नगरपालिकामा २५ लाख धरौटी जम्मा गर्न भनेका थियौं, नगरपालिका प्रशासन प्रमुखले त्यो धरौटी तिराउनु पर्ने हो ।

नगरपालिकामा इन्जिनियर यमलाल पाण्डे भन्छन्– एनसेल कम्पनीले मनोमानी नगरको सडक भत्काउने काम ग¥यो । हामीले अनुमति दिएका थिएनौं । नगरपालिकाभित्र काम गर्दा नगरले तोकेको ठाउँमा गर्नुपर्छ तर एनसेल कम्पनीले मनोमानी गर्नु गलत कार्य हो ।

स्थानीय बुद्धिजिबी भन्छन्– नगरपालिकाले बेवास्ता गरेका कारण सर्वसाधारण जनताले सास्ती खेप्नु परेको छ । नगरभित्र यति लामो पेटी खन्दा समेत नगरपालिका मुखदर्शक बनेर बस्नु नगरपालिकाले जनतामाथि गरेको खेलवाड हो । नगरपालिकाले एडिविको लगानीमा बनेका ढल तथा नाला निर्माणमा पनि गैरजिम्मेवारीपना देखाएर कतै नाला साँगुरो बनाउने ? कतै गुणस्तरहीन सामाग्री प्रयोग गरेर सडक तथा पुल निर्माण गर्ने कार्य गरेका कारण जनताले समस्या भोग्नु परेको छ । बर्षादको समयमा नगर डुबानमा पर्छ नालाबनाउँदा ध्यान दिनुपर्ने त्यसमा नगरपालिकामो चरम लापरवाही रहेको छ ।
सडकको दुवैतिर खानेपानी पाइप बिछ्याउने योजना नगरपालिकाको हो । एनसेल कम्पनीलाई धरौटी जम्मा गर्न अनुरोध गर्दा धरौटी रकम जम्मा नभएपछि इजाजत दिएका थिएनौं । एनसेलले बिना इजाजत कार्य गरेपछि कम्पनीका सामान र मानिसलाई पक्राउ गरि धरौटी जम्मा गर्न लगाएका थियौं अहिलेसम्म कम्पनी बेखबर छ सिद्धार्थनगर नगरपालिकाका वरिष्ठ अधिकृत गणेश क्षेत्रीले बताए ।

एकिकृत सहरी विकास अन्तर्गत नारायणपथ सडक खण्डको दायाँ बायाँ दुवैतिर खानेपानीको पाइप बिछ्याउने योजना नगरपालिकाको रहेको छ तर योजना भए पनि नगरपालिकाले सो कामले गति लिन सकेको छैन । अहिले एनसेल कम्पनी र नगरपालिकाले एक आपसमा आरोप प्रत्यारोप लगाउने गरेका छन् । नगरपालिकाले अनुमति मागेपछि उचित ठाउँमा विकास निर्माणका कार्यमा सघाउनु पर्ने ? वर्ष दिन बित्दा सम्म काम हुन्छ हुन्छ भन्ने तर कहिले हुन्छ ? वा हुँदैन भन्ने समेत निश्चित नगर्ने गर्दा नगरभित्र यस्ता विकास निर्माणका कार्य सम्पन्न गर्न सकेको छैन ।

– पुनहरि बेल्बासे