एनआरएन अमेरिका अध्यक्षको जिम्मेवारी हासिल हुनेमा पोखरेल ढुक्क

एनआरएन अमेरिका अध्यक्षको जिम्मेवारी हासिल हुनेमा पोखरेल ढुक्क


Krishna

एनआरएन अमेरिकाको आगामी निवार्चनमा अनिश्चतताको बादल छाउँदै गर्दा निर्वाचन जसरी पनि हुन्छ र जसरी पनि निर्वाचन गराई एनआरएनले आफ्नो गतिविधि विस्तार गर्दै अगाडि बढ्नुपर्ने कुरामा जोड दिँदै हिंडेका एनआरएन अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्ण पोख्रेल अमेरिकी नेपाली समुदायमा मन, मस्तिस्कमा रहदै आएको नाम हो। सधै असहज परिस्थितीमा चुनाबी मैदान मा उत्रने यिनी यस पटक पनि यस्तै परिस्थिमा प्रवेश गरेका थिए, तर समयले कोल्टो फेर्छ भने जस्तै उनको माहोल यस्तो बन्दै गरेको छ कि वर्तमान अध्यक्ष केशव पौडेल चुनावी प्रतिस्पर्धाबाट बहिरिने प्रायः निश्चित मानिएको छ। पौडेलका अत्यन्त मिल्ने मित्र मध्यका कृष्ण पोख्रेल आगामी अध्यक्ष बनेमा केशव पौडेलको लागि केन्दिय महासचिव ओहदा सहज र सुरक्षित हुने, तर प्रतिष्पर्धाबाट परजय बेहोरे अहिलेसम्म कमाएको ख्याति समाप्त हुने तथा केन्दिय महासचिव पनि कुनै हालतमा बन्न नसकिने देखेर आहिले पोख्रेललाई अध्यक्ष बनाउन पौडेल आँफै लागिपरेका छन्। केशव पौडेल आफू चुनाबी मैदानबाट बहिर हटे अध्यक्षका सबै प्रतिस्पर्धीहरुले केन्दिय महासचिवका लागि सहयोग गर्ने बुझिएको छ, अन्यथा केशव पौडेलको सपना चक्नाचुर हुने विश्लेषकहरु बताउँछन् ।

आम नेपालीको भावनाको सदैव कदर गर्दै निवार्चनको माहोल बनाउन लागिपर्ने जुझारु नेताको रुपमा आफ्नो परिचय स्थापित गर्न सफल युवा अभियन्ता कृष्ण पोख्रेल एनआरएन अमेरिकाका योग्य र सक्षम उम्मेद्वार हुन्। सबैसँग राम्रो सम्बन्ध कयम राख्न सक्ने यिनी सबैको साझा उमेद्वार पनि हुन्। निवार्चनलाइ स्वतन्त्र र सहज बनाउनु पर्ने कुरा औंल्याउदै यी अभियन्ता जस्तोसुकै परिस्थितिमा पनि नेपाल र नेपालीको हितमा उभिँदै आएका छन् । चाहे त्यो नेपालमा गएको भूकम्पको अवस्थामा होस् वा भारतीय नाकाबन्दीको असर होस् एनआरएन अमेरिकाको निर्वाचन नजिकिँदै गर्दा अध्यक्ष पदका केही प्रतिस्पर्धीहरुले समयको दुरुपयोग गर्दै नक्ल्ली सदस्य बनाएको भनी प्रचार भैरहएको अवस्थामा यिनीले सदैव नक्कली सदस्यताले संस्थालाई दिर्घकालीन असर गर्ने कुरामा सचेत गराउंदै सँस्थालाई दुइ कार्यकाल सम्म नेतृत्वदायी भूमिका दिन सफल यिनी प्रतिष्पर्धीमध्येका सबैभन्दा अनुवभी र दक्ष उम्मेद्वारको रुपमा चिनिन्छन् । सँस्थाको महासचिव र वर्तमान वरिष्ठ उपाध्यक्षको सफल कार्यकालपछि अध्यक्ष पदको स्वाभिक उम्मेद्वारीमा उनको जित निश्चित छ। उनले अध्यक्ष केशव पौडेल को कार्यकाल सफल बनाउन अहम भूमिका निर्वाह गर्दै निर्वाचनमा होमिदै आएका यिनी आगामी एनआरएन अमेरिकाको निर्वाचन आफूले हात पार्ने कुरामा ढुक्क देखिन्छन्।