एनआरएनए युरोपियन क्षेत्रीय सम्मेलन तथा सातौँ महिला भेला सम्पन्न

एनआरएनए युरोपियन क्षेत्रीय सम्मेलन तथा सातौँ महिला भेला सम्पन्न


13912668_1229215340430144_577593797486199930_nश्रावण १५( जुलाई ३० ) गते डेनमार्कको कोपनहेगनमा शुरु भएको गैर आवासीय नेपाली संघको ९ औँ युरोपियन क्षेत्रीय सम्मेलन तथा सातौँ महिला भेला तेह्र बुँदे कोपेनहेगन घोषणापत्र जारी गर्दै १६(जुलाई ३१ ) गते भब्य रुपमा सम्पन्न भएको छ ।

13907117_1229122907106054_7847915699188109335_nसम्मेलनमा युरोप क्षेत्रका २७ एनसीसी मध्ये २० देशका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । गैरआवासीय नेपाली संघका महासचिव डा. बद्री केसीलद्वारा जारी घोषणापत्रमा रु १ अर्ब बराबरको लगानीका लागि प्रतिवद्धता अनुरुप महासंघले परियोजना छनोट गर्न पहल गर्ने प्रतिबद्धता जनाउँदै सन्कल्प गरिएअनुरुप एक हजार भवन नबनिर्माण लागि आवस्यक कानुनी प्रकृया पूरा गरी निर्माणको चरणमा प्रवेश गरेको अवस्थामा प्रतिवद्धता अनुसारको रकम तत्काल जम्मा गर्ने प्रयास गरिने जनाइएको छ । त्यस्तै गैर आवासीय नेपाली संघको १० औं सम्मेलन जर्मनीमा हुने निर्णयसमेत घोषणा गरिएको छ ।

13900164_1229315063753505_3715299640201749147_nउक्त सम्मेलनको ध्यान तान्न सफल भएकी हाल भरतपुर नगरपालिका बडा नम्बर १४ नारायणपुर निवासी १७ बर्षीषा दृष्टिबिहीन चेली अनुजा गौतमको दृष्‍टिबिहीन अपाङ्गहरुको सहयोगको लागि गरेको अनुरोधले तीस लाख रुपैयाँ भन्दा बढी सहयोग रकम उठेको छ । सो रकम उनले नेपालमा अपाङ्गता भएका व्यक्तीहरुलाई सहयोग गर्ने बताएकी छन् । उनले “अपाङ्गता भएका व्यक्तीहरुले के के गर्न सक्छन् त ?” भन्दै विश्वभर अपाङ्गता भएका व्यक्तिहरुको गरेको महान कार्यको उदाहरण दिँदै सहयोगको अपील गरेकी हुन् ।

13882192_1229315117086833_423805464086672273_nसम्मेलनको अर्को आकर्षण एक स्पेननिस युवती आईना बार्का बनिन् । उनि मात्र अहिले २४ बर्षकी भईन्। ती युवतीले सानो उमेरमा नै नेपाल पुगेर सुस्त मनस्थिति भएका बालबालिकाहरुका लागि हेटौडामा दुई कोठे स्कुल सन्चालन गरेकी छन् । “हेटौडेली परिबार” नामक गैर सरकारी सँस्थाकी संस्थापक समेत रहेकी उनले “आशा” नामको स्कुल संचालन गरेको थाहा हुन आएको छ । बौद्दिक अपांगता भएका वा मानसिक पक्षघात भएका बालबालिकाहरुको सहयोगार्थ एनआरएनए अभियन्ताहरुले उनको संस्थालाई स्कुल बस किन्नका लागि १३ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता जाहेर गरेका छन् ।
-डिल्ली राम अंमाई /१ अगस्त/ कोपन हेगेन,डेन्मार्क