अभिभावकले सोच्ने कि ?

अभिभावकले सोच्ने कि ?


face-book-case

आफ्ना छोराछोरीका तस्बिर फेसबुक या कुनै पनि सामाजिक सञ्जालमा पोस्ट गर्नुअघि अभिभावकले सोच्नैपर्ने भएको छ । छोराछोरीका तस्बिर जथाभावी पोस्ट गरिदिँदा उनीहरू कुनै पनि बेला नसोचिएको समस्यामा पर्न सक्ने या अभिभावकको लापरबाहीले सन्तानलाई अनावश्यक तनाव पर्न सक्ने विज्ञहरूले सुझाव पनि दिँदै आएका छन् । अस्ट्रेलियामा यस्तै एक मामला प्रकाशमा आएको छ । आफ्नो बाल्यकालका तस्बिर बाबुआमाले फेसबुकमा अन्धाधुन्ध पोस्ट गरिदिँदा आफू भयङ्कर समस्यामा परेको भन्दै एक १८ वर्षीया युवतीले आमाबाबुविरुद्ध नै मुद्दा हालेकी छिन् । छोरीप्रति प्रेमका साथ गरिएको कर्मबापत मुद्दा खेप्नुपर्ने अवस्था निम्तिएपछि सम्बन्धित दम्पती दुःखदाश्चर्यमा परेका छन् । आफू सानै हुँदा ट्वाइलेट बसेकोलगायत अनेक अवस्थाका तस्बिरहरू फेसबुकमा पोस्ट भएपछि अप्ठ्यारो परेको तर्क गर्दै छोरीले मुद्दा दायर गर्ने जानकारी पाएपछि बाबुआमाले त्यसो नगर्न आग्रह गरेका थिए, तर युवतीले मानिनन् । बिनाअनुमति सन्तानका तस्बिर पोस्ट गर्ने अभिभावकका लागि यो घटना एउटा पाठ बन्न सक्छ ।