उप तथा परराष्ट्र मन्त्री थापा बेेलायतमा

उप तथा परराष्ट्र मन्त्री थापा बेेलायतमा


tasteonnepalलण्डन । उप तथा परराष्ट्र मन्त्री कमल थापाले हिजाे लण्डनस्थित बेलायतकाे परराष्ट्र तथा कमलवेल्थकाे कार्यालयमा वैदेशिक राज्य मन्त्री ह्युगाे स्वायर दैदेशिकसँग भेटवार्ता गरेका छन् । उक्त भेटवार्तामा भर्खरै राजकुमार ह्यारीबाट भएकाे एेतिहासिक नेपाल भ्रमणकाे बारेमा चर्चा गरिएकाे थियाे । त्यस्तै, हिजाे नै हाउस अफ कमनमा वैदेशिक विकास राज्य मन्त्री देशमाेण्ड स्वायनसँग भेटवार्ता गरेका उप तथा परराष्ट्र मन्त्री थापाले राजकुमार ह्यारीकाे साे भ्रमणप्रति नेपाल सरकारलगायत नेपाली जनताहरूबाट देखाइएकाे अभूतपूर्व चाखकाे बारेमा विशेष चर्चा गर्दै नेपाल र बेलायतबीचकाे दुर्इ सय वर्षीय सम्वन्धकाे अवसरमा दुर्इ देशबीच मनाउँदै अाइरहेकाे खुशियालीलार्इ दीगाे राख्नका लागि अटल सम्वन्धलार्इ अझ बलियाे बनाउँदै नेपाललार्इ साथ र सहयाेग गर्नकाे लागि अनुराेध गरेका थिए भने स्वायर र स्वायनले निश्चय नै नेपालकाे अान्तिरक विकासका लागि, महाभूकम्पपछिकाे पुनर्निमार्णहरूलगायत अन्य विकासका कार्यहरूमा बेलायतले सदैव पूर्ण रूपमा साथ दिने विश्वास दिलाएका थिए । परराष्ट्र मन्त्री थापाकाे कमनवेल्थकाे कार्यालयमा वैदेशिक मन्त्री ह्युगाे स्वायरसँगकाे भेटमा बेलायतका लागि नेपालका का.वा. राजदूत तेजबहादुर क्षेत्री र दूतावास सहचारी भरत कुमार रेग्मीकाे उपस्थिति रहेकाे थियाे ।

image-ef7d08368f739bb128fffab009c02ac0183a7761aa3b918c7fd8481ba4894b45-Vनेपाल र बेलायतमा दुर्इ देशहरूबीचकाे २०० वर्षकाे सम्वन्धलार्इ विविध कार्यक्रमहरू गरी खुशियाली मनाउने कामहरू भइरहेका छन् । त्यसैमा बेलायतका विभिन्न स्थानहरूमा स्थापित नेपाली रेष्टुरेन्टहरूका संस्था, नेपलिज क्याटरिङ एस्साेसिएसन यूकेले बेलायतस्थित नेपाली दूतावाससँगकाे संयुक्त अायाेजनामा टेस्ट अफ नेपाल नामकाे एक निर्देशिका पुस्तककाे प्रकाशन गरेकाे र त्यसैकाे उद्घाटन गर्नकाे लागि विशेषरूपमा अामन्त्रित उप तथा परराष्ट्र मन्त्री थापाले दूतावासमा एक विशेष कार्यक्रममा साे बुककाे उद्रघाटन गरेका छन् । साे अवसरमा उप तथा परराष्ट्र मन्त्री कमल थापा, बेलायती सांसद विरेन्द्र शर्मा र कार्यवाहक राजदुत तेजबहादुर क्षेत्रीले संयुक्त रुपमा Taste of Nepal-UK को संयुक्त रूपमा उदघाटन गरेका छन् । साे निर्देशिकामा दर्ता भएका बेलायतका १२५ वटा नेपाली रेस्टुरेन्टहरूमा नेपाली खानाका परिकारहरू निक्कै लोकप्रिय हुँदै गएका छन् ।

withswireउप तथा परराष्ट्र मन्त्री कमल थापा स्वदेश फर्किँदैछन् ।
-नीर, तस्वीर- एभरेष्ट र दूतावास